उमाशङकर केशरी
नेपालमा ०४६ सालको जनान्दोलनपश्चात् अपनाइएको उदार अर्थनीतिको परिणामस्वरूप पूँजीबजारको विकास भएको पाइन्छ। सोपूर्व नेपालमा शेयर कारोबारको लागि दोस्रो बजार थिएन। पूँजी बजारको विकास भएको दुई दशक भइसक्दासमेत सम्बन्धित निकायले यस क्षेत्रबारे सर्वसाधारण जनतालाई जानकारी दिन नसकेकोले लहैलहैमा शेयर कारोबार गर्नाले शेयर बजारमा अस्वाभाविक उतार–चढाव हुने गरेको देखिन्छ। नेपालमा अधिकांश लगानीकर्ताले कुन कम्पनीले कति प्रतिफल दिन्छ भन्ने उक्त कम्पनीको वित्तीय अवस्था अध्ययन नै नगरी अरूको लहलहैमा शेयरमा लगानी गरिरहेका छन्। प्राथमिक शेयर निष्कासनको क्रममा अन्य व्यक्तिको नागरिकता र बैंक खाता प्रयोग गरेर शेयर आवेदन दिने प्रवृत्ति अझै पनि नियन्त्रित हुन सकेको छैन। स्टक एक्सचेन्जमा शेयर लिस्टिङ हुनुअघि नै अनुमानको भरमा ठूलो मात्रामा शेयर कारोबार हुने गरेको देखिन्छ।
नेपाल राष्ट्र बैंकले २०६३ चैत १३ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूको न्यूनतम चुक्ता पूँजी बढाएपश्चात् नेप्से सूचकाङक उकालो लाग्न सुरु गर्यो र पहिलो सातामैं ८८० बिन्दु छुन सफल भयो। २०६४ असोज महिनासम्म ८९९.४२ पुगी केही दिनसम्म स्थिर रह्यो। तर उक्त वृद्घि उत्पादकत्वमा आएको वृद्घिका कारण नभई बैंक तथा वित्तीय संस्थाहरूको पूँजीमा भएको वृद्घिको परिणाम हो। बैंक तथा वित्तीय संस्थाहरूले बोनस शेयर दिने तथा हकप्रक शेयर जारी गर्ने गरेकाले बैंकिङ सूचकाङक बढ्न गएको हो। यसरी वृद्घि हुने क्रममा रहेको शेयर बजारमा उतार–चढाव हुँदै २०६५ भदौ १५ गते नेप्से सूचकाङक ११७५.३८ को बिन्दुमा पुग्यो तर उक्त बिन्दु धेरै दिनसम्म कायम हुन सकेन। उच्च बिन्दुमा पुग्नुको मुख्य कारण आम्दानीमा वृद्घि भई परिणामस्वरूप प्रतिफलमा वृद्घि हुनुपर्नेमा सोविपरीत अवस्था रहेको बुझिन्छ। व्यवस्थापनको सर्वव्यापी मान्यतालाई ध्यान दिने हो भने हरेक वस्तु वा सेवाको जीवनचक्रबमोजिम नै परिपक्वतामा पुगेपछि शेयर बजारमा र्हास आउनु स्वाभाविक नै हो।
बोनस शेयर र हकप्रद शेयरको हल्लाले गर्दा बढेको बजार देशमा व्याप्त राजनीतिक अस्थिरता, जिम्मेवार व्यक्तिहरूले शेयर बजारलाई जुवाघरको रूपमा दिएको उपनाम, माओवादी सरकारले पूँजीगत आयकरमा गरेको वृद्घि, राष्ट्र बैंकले मार्जिन लेन्डिङमा गरेको कडाइ, शेयरको तुलनामा रियल स्टेटमा अत्यधिक लाभको लोभमा भएको अत्यधिक लगानीका कारणहरूले गर्दा शेयर बजारमा शिथिलता आएको हो भने शेयर विश्लेषकहरूको भनाइ रहेको छ। नेपाली शेयर बजारमा बैंक तथा वित्तीय क्षेत्रको बाहुल्य रहेकोले पूँजी वृद्घिको तुलनामा निक्षेप तथा कर्जा लगानीमा वृद्घि हुन नसकेको कारण बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने लाभांशमा समेत कमी आएकोले शेयर सूचकाङकमा र्हास आएको हो। केही शेयर विश्लेषकहरूको भनाइलाई मान्ने हो भने नेपाल राष्ट्र बैंक एक सक्षम नियमनकारी निकायको रूपमा चिनिएकोले वित्तीय क्षेत्रमा देखिएको समस्यालाई सफलतापूर्वक समाधान गरी निक्षेपकर्ताको हित गर्ने काम गर्दै आएको छ। तर पनि नेपाल राष्ट्र बैंकले यसै काममा ध्यान केन्द्रित गर्नुको साटो पूँजी बजारका शेयरधनीको हकहितको लागि पनि काम गर्न थालेको छ। कहिले हकप्रद शेयर त कहिले संस्थापक शेयरलाई साधारण शेयरमा परिवर्तन गर्ने कार्यमा नेपाल राष्ट्र बैंकको हस्तक्षेपकारी भूमिकालाई जोडेर हेर्न सकिन्छ। उपर्युक्त कारणहरूबाहेक अन्य जुनसुकै कारणले भए पनि शेयर सूचकाङक ११७५ को बिन्दुबाट ४०० भन्दा तलको बिन्दुमा आउनु सानो लगानीकर्ताका लागि सुखद समाचार नरहे पनि पूँजीबजारमा दीर्घकालसम्म खेल्न चाहने लगानीकर्ताको लागि यो सुनौलो अवसर बनेको छ।
शेयर परिसूचक घट्नुमा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा भएको ब्याज वृद्घिलाई मान्न सकिन्छ। हाल दोस्रो बजारको मूल्यसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले आ.व. २०६६/०६७ मा प्रदान गरेको लाभांशलाई तुलना गर्ने हो भने लाभांशभन्दा बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने ब्याज दर अत्यधिक रहेकोले लगानीकर्ताहरूले शेयरमा लगानी गर्नुभन्दा बैंक खातामा रकम जम्मा गर्नुलाई लाभदायी हुने व्याख्यासमेत गर्न थालिएको छ। उदाहरणको लागि स्टैन्डर्ड चार्टर बैंकको हालको बजार मूल्य रु.१८०० को हाराहारीमा रकेकोमा उक्त बैंकले अङिकत मूल्य रु.१०० को ७० प्रतिशत (नगद लाभांश तथा बोनस शेयर) का दरले लाभांश वितरण गरेकोमा उक्त लाभांश हालको बजार मूल्यको ४ प्रतिशत मात्र हुने देखिन्छ। अर्कोतर्फ हाल बैंक तथा वित्तीय संस्थाहरूले झन्डै १० देखि १२ प्रतिशतको हाराहारीमा निक्षेपमा ब्याज प्रदान गर्ने गरेकाले लगानीकर्ताहरू शेयर बजारप्रति उदासीन भएकाले पनि सूचकाङकमा र्हास आएको हुन सक्छ। यसरी शेयर बजार ओरालो लागिरहेको बेला प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमा ‘आर्थिक उदारीकरण’ को सट्टा ‘स्वाधीन मिश्रित व्यवस्था’ राख्ने तथा बैंकमा व्यवसायी, उद्यमी, उद्योगपति वा व्यापारीको सेयर ५ प्रतिशतमा झार्नुपर्ने जस्ता प्रावधानबाट वियरिस ट्रेन्डमा गइरहेको सेयर सूचकाङकको लागि आगोमा पेट्रोल हाल्ने काम भएकोले गर्दा बिहीवार नेप्से ३७८.६३ मा सीमित हुन पुगेको छ।