$type=ticker$count=12$cols=4$cate=0

आफ्नो भविष्य र चरित्र स्वयं निर्माण गरौं

SHARE:

    मानिस आफ्नो भाग्यको निर्माता हो। आफ्नो उत्थान–पतन उसको वशको कुरा हो। यो तथ्य जति साँचो छ त्यति नै साँचो के पनि हो भने वातावरणको प्रभाव मानिसमाथि पनि पर्दछ र उसको व्यक्तित्वबाट परिवार एवं समाजको वातावरण    पनि प्रभावित हुन्छ। नराम्रो वातावरणमा रहेर कदाचित कसैले आफ्नो विशिष्टता साँच्न सक्छ, साथै यो सत्य हो कि वातावरणको प्रभाव पनि नपरी रहन सक्दैन।
    धेरै मानिसको–समर्थ मानिसको क्रियाकलापले नै वातावरणको निर्माण हुन्छ। बहुसङ्ख्यक भएर एकैनासको गतिविधिहरू अँगाल्दा दुर्बल स्थितिका व्यक्तिहरूले पनि आफ्नो एउटा विशेष प्रकारको अवस्था सिर्जना गर्दछन्। व्यसनी, अनाचारीहरूको समुदायले पनि यस्तो प्रभाव उत्पन्न गर्दछ जसबाट सामान्यस्तरका मानिसहरू प्रभावित हुन्छन्। यसकारण राम्रो वातावरणमा रहनु र नराम्रो वातावरणबाट जोगिनु त्यति नै आवश्यक छ, जति स्वच्छ हावामा रहने र फोहर–दुर्गन्धबाट जोगिने प्रयास गरिन्छ। त्यो प्रसिद्ध कथा जसमा एउटा गुँडबाट झिकिएका सुगाका दुई चल्लालाई दुई भिन्न ठाउँमा पालिएको थियो। त्यहाँको परिवेशअनुसार तिनीहरू पालिए। सन्तकहाँ पालिएको सुगाले ‘सीताराम–राधेश्याम’ भन्न सिक्यो भने चोरको घरमा पालिएको सुगाले ‘लुट–मारकाट’ भन्नमात्र सिक्यो। दोष सुगाको होइन, उनीहरू जुन वातावरणमा पालिए, जे सुने त्यही बोल्न सिके। मानिसको सम्बन्धमा पनि यही कुरा सत्य हो। ऊ जस्तो मानिसको सङगतमा रहन्छ, जस्तो परिस्थिति भोग्दछ, जुन कुरा समीपवर्ती व्यक्तिहरूले गरेको देख्दछ, त्यसै अनुसार आफ्नो स्वभावको निर्माण गर्दछ। मानिसको स्वभाव बाँदरजस्तै अनुकरणप्रिय हुन्छ।
    यस्तो पनि देखिएको छ कि मनस्वीहरू आफ्नो आदर्शवादितामा अडिग रहेर अनेकौं मानिसको ध्यान आफूतिर आकर्षित पार्न सफल हुन्छन् ।  कैयौंलाई अनुकरण गर्ने प्रेरणा दिन्छन् । आफ्नो औचित्यले गर्दा त्यस मार्गमा हिंड्न अरूलाई आकर्षित गर्छन्। आवश्यक छैन त्यो मार्ग सरल अथवा परम्परागत नै होस्, नवीन विचार पनि आफ्नो औचित्यका कारण प्रतिभाशाली व्यक्तिहरूले अँगालेपछि एउटा मार्गको रूप धारण गर्दछन्। सर्वसाधारणलाई त परम्पराहरू नै सबैथोक प्रतीत हुन्छ, तर विचारवान मानिस औचित्यलाई हेर्छन्, कसीमा घोट्छन् र त्यसको चुनाव गर्छन्, अँगाल्छन्। शीशाको मोती गरीबले पनि किन्छन् र लाउँछन्, तर असल बहुमूल्य मोतीको पारखी हुँदैन भन्ने कुरा होइन । बुद्धको गाँधीको मार्ग सर्वथा नयाँ थियो, तर तिनको प्रामाणिक व्यक्तित्व र औचित्यपूर्ण प्रतिपादनले गर्दा असङ्ख्य व्यक्ति उनका अनुयायी बने र एउटा नयाँ वातावरण निर्माण गर्न सफल भए । तर यो तबमात्र सम्भव हुन्छ जब कोही प्रतिभावान व्यक्ति अग्रगामी बनेर कुनै उपयुक्त मार्ग अँगालोस् र आफ्नो कुरा तर्क, तथ्य, प्रमाण, उदाहरणसमेत सम्झाओस्। स्वयं आफू त्यस मार्गमा सुदृढ भएर अन्यान्यमा मनोबल उत्पन्न गरोस्।
    यो सत्य हो कि मानिस बुद्धिमान प्राणी हो। ऊसँग सोच्ने–विचार गर्ने शक्ति छ। यति हुँदा पनि ऊ परोक्षरूपमा प्रथा–परम्पराहरू अनुरूप आफूलाई त्यसै रुढि अनुसार ढाल्दछ, जसमा समीपवर्ती मानिसहरू हिंड्दछन्। त्यसैलाई वातावरण भनिन्छ। यो नराम्रो पनि हुन्छ र राम्रो पनि। जुन पनि प्रवाहमा बग्न थालिन्छ मानिसको व्यक्तित्व अथवा स्तर पनि प्राय: त्यही ढाँचाको बन्न पुग्छ। वातावरण बनाउने मानिस त बिरलै हुन्छन्। अधिकांश त्यस्ता हुन्छन् जो प्रवाहमा बग्छन्, जे भइरहेको छ त्यसैको अनुगमन गर्न थाल्छन्। परिणति त क्रिया अनुरूप नै हुन्छ। मूढ–मान्यता र अवाञ्छनीयताको प्रवाहमा बगेर मानिस यस्तो अवस्थामा पुग्दछ, जहाँ रल्लिनु उसको पूर्व निश्चय नै थिएन। त्यसैले जहाँसम्म आफ्नो भविष्य निर्माणको सम्बन्ध छ, त्यहाँ आफ्नो पुरुषार्थ र दिशा निर्धारणको महत्त्व देखिन जान्छ। त्यहाँ यो पनि कम महत्त्वपूर्ण तथ्य होइन कि कुन समुदायसँग हिंड्ने अवसर जुर्‍यो, कस्ता मानिसको गतिविधिले उसलाई कुन सीमासम्म प्रभावित पारिरहयो।
    मानव समाज यस्ता मानिसहरूले भरिएको छ जहाँ असल मानिस पनि छन् नराम्रा पनि छन्। यहाँ आदर्शवादिता र सेवाका अनेकौं उदाहरण देखिन्छ भने बहुदुव्र्यसनी, अपराधी र अबुझस्तरका व्यक्तिहरूको पनि कमी छैन। दुई प्रवृत्ति सँगसँगै हुन्छन् र मिसिएका पनि हुन्छन्। त्यस्तो वातावरणमा पनि दूरदर्शी, विवेकवान व्यक्तिले आफ्नो रुचिअनुरूप विवेक चयन गर्दछ। जसको मनोबल अथवा स्वतन्त्र चिन्तन छैन, ती हावाको वेगसँग उड्ने सुकेका पातझैं हुन्छन्। सामान्यजनलाई वातावरणले नै घिसार्दै र त्यस प्रभावबाट प्रभावित भएर उनीहरू अनिश्चित भवितव्यताको जालोमा फस्न पुग्छन्। त्यसैले वातावरणको प्रबलतालाई स्वीकार गर्दागर्दै पनि के निश्चित छ भने मानवी विवेक र मनोबल सर्वोपरि हुन्छ । त्यसले वातावरणको प्रभावलाई ग्रहण त गर्छ नै तर यो पनि सम्भव छ कि ऊ त्यो प्रभावलाई अस्वीकार गरिदेओस् र  जे उचित त्यही गरोस्। यो स्वतन्त्र चिन्तन नै वस्तुत: भाग्य निर्माता हो अन्यथा जुन नियति सामान्यजनद्वारा अँगालिन्छ, त्यही उसको खप्परमा पनि टाँसिन्छ।
    सामान्यतया मानिस परम्परागत प्रवाहमा नै बग्दछ र त्यसै परिणामलाई भोग्दछ, जो परम्परावादीहरू भोग्छन् ।  चिर पुरातनकालदेखि सामयिक परिस्थितिअनुसार प्रचलनहरूमा ठूलो परिवर्तन भइरहेको छ। त्यसको ध्वंसावशेष अहिले पनि विद्यमान छ। यद्यपि ती खण्हर भएका कारण उपयोगी रहेनन्। व्यर्थ पृथ्वीको हिस्सा ओगटेका छन्। तिनलाई  हेर्न र नमन गर्न त जान सकिन्छ तर त्यहाँ बस्न सकिंदैन। रहन–बस्नका लागि यस्तो घर चाहिन्छ जुन आजको परिस्थितिअनुकूल आफ्नो काम गर्ने स्थानको निकट  होस्।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आफ्नो भविष्य र चरित्र स्वयं निर्माण गरौं
आफ्नो भविष्य र चरित्र स्वयं निर्माण गरौं
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/03/blog-post_5583.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/03/blog-post_5583.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy