प्रस, पर्सा, १६ चैत/
नेपाल सञ्चारकर्मीहरूको छाता संङगठन नेपाल पत्रकारको ५६ औं स्थापना दिवसको अवसरमा आज पत्रकार महासङ्घ पर्सा शाखाले प्रभात र्याली कार्यक्रम सम्पन्न गर्यो।
घण्टाघर चोकबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रममा गरी पुन: घण्टाघरमैं आएर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा महासङ्घका पूर्व केन्द्रीय पदाधिकारी, शाखाका पूर्व सभापति एवं वर्तमान पदाधिकारी, विभिन्न सञ्चार माध्यमका पदाधिकारी र स्थानीय सञ्चारकर्मीको सहभागिता थियो।
सभालाई महासङ्घ पर्सा शाखाका सभापति अशोक तिवारीले सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, स्थायी शान्ति र नयाँ संविधान निर्माणका लागि सञ्चारकर्मीहरूले अझै दबाबकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
कलैया/
नेपाल पत्रकार महासङ्घको ५६ औं स्थापना दिवसको अवसरमा बुधवार कलैयामा महासङ्घ बाराको अगुवाइमा शान्ति सहमति र संविधानको पक्षमा पत्रकारहरूले प्रभातफेरी गरेका छन्। महासङ्घ बाराका कार्यवाहक अध्यक्ष राकेश पाण्डेयको नेतृत्वमा महासङ्घ बाराको भवन अगाडिबाट निस्केको र्यालीले कलैया बजार परिक्रमा गरेको छ। यसै अवसरमा आयोजित शान्ति सहमति र संविधान विषयक अन्तक्र्रियामा रोशनराज अर्याल, रमेश सुवेदी, रमाकान्त साह, सुभाष साह, सत्यप्रकाश श्रेष्ठ एवं लुकेश सिंहले मन्तव्य व्यक्त गरे। राकेश पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जयनारायण यादव एवं स्वागत सन्तोष पाण्डेयको थियो।
हेटौंडा/
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ मकवानपुरले बुधवार हेटौंडामा ‘शान्ति, सहमति र संविधान, नेपाल पत्रकार महासङ्घको अभियान’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रताप बिष्टको प्रमुख आतिथ्य एवं जिल्ला अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा सहभागी पत्रकारहरूले राजनैतिक अस्थिरताका कारण शान्ति, सहमति र संविधान तीनै कुरा ओझेलमा परेकोले सञ्चारकर्मीहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए। उनीहरूले तोकिएकै समयमा शान्ति प्रक्रिया टुङगोमा पुर्याउन र नयाँ संविधान निर्माणका लागि दबाब दिनुपर्ने आवश्यकता रहेको औंल्याएका थिए।
कार्यक्रममा साहित्य सङगम मकवानपुरका अध्यक्ष श्यामकुमार बानियाँ, सञ्चारकर्मी जीवन शर्मा, खेम बोलखे, रामशरण पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए।