देशमा व्याप्त सङ्क्रमण, असुरक्षा, लोडसेडिङआदि समस्या झेल्दै आइरहेको औद्योगिक क्षेत्रमा अहिले पुन: अव्यवस्थाको अवस्था सिर्जना भएको छ। उद्योगहरूमा कार्यरत मजदुरहरूले तलब–भत्ता तथा अन्यान्य मागहरू तेस्र्याएर काम बन्द घोषणा गरेका छन्। दुई दिनदेखि यस क्षेत्रका समस्त उद्योगहरूमा हडताल जारी छ। काम गर्न चाहने मजदुरहरूलाई जबर्जस्ती रोकेर उद्योगहरूमा तोडफोड गर्ने अवस्थासमेत सिर्जना भएको छ। यस क्रममा पहिलो दिन पोलिप्लास्ट उद्योग र दोस्रो दिन हेमन्त इन्डस्ट्रिज र शिवशक्ति उद्योगमा हडताली मजदुरहरूले काममा जान लागेका मजदुरहरूलाई रोक्दै उद्योगमा तोडफोड मचाएका छन्। एकातिर मजदुरहरू आफ्नो मागको पूर्णताका लागि हडतालमा उत्रेका छन् भने अर्कोतिर उद्योगहरूको छाता सङगठन वीरगंज उद्योग वाणिज्य सङ्घले अनधिकृत बन्दमा सामेल मजदुरहरू चैत १५ पनि काममा नफर्के ‘नो वर्क नो पे’ सिद्धान्त लागू गर्दै उद्योगहरूमा तालाबन्दी गर्ने निर्णय गरेको छ।
मजदुरहरूको मागका सम्बन्धमा यस अगावै मजदुरका तीन आधिकारिक ट्रेड युनियन तथा नेपाल उद्योग वाणिज्य महासङ्घबीच बढोत्तरी हुने तलबभत्ताबारे सम्झौता भई उद्योग सञ्चालन गर्ने सहमति भएको थियो र तत्सम्बन्धमा तीनवटै आधिकारिक ट्रेड युनियनले संयुक्त विज्ञप्ति पनि जारी गरिसकेका छन्। तर मजदुरहरू ट्रेड युनियनले गरेको सम्झौता मान्ने पक्षमा देखिएनन्। उनीहरूले उक्त द्विपक्षीय सम्झौतालाई मजदुर हितविपरीत भनी आन्दोलनमा उत्रेका छन्। मजदुरहरूकै आधिकारिक ट्रेड युनियनले सम्झौता गर्ने र आम मजदुरहरूलाई सम्झौता मान्य नहुने अवस्था विडम्बनापूर्ण हो। यसको निक्र्योल कि त ट्रेड युनियनका राजनीतिक मातृ संस्थाहरूले गर्नुपर्यो कि मजदुरहरू काममा फर्केर आफ्ना नेताहरूमाथि अविश्वास प्रकट गरेर अर्को नेता चुनेर पुन: कानुनी रीतले सम्झौता गर्नेतिर लाग्नुपर्यो। दुवै काम नगरेर हजारौं उद्योगहरू बन्द गर्नु तत्काल मजदुर हितमा देखिएपनि यसले न मजदुर, न उद्योग, न मुलुक कसैको भलो गर्ने छैन।
हामीकहाँ जति पनि मजदुर हडतालहरू हुन्छन् तिनमा मजदुरको हित गौण र राजनीतिक दलहरूको स्वार्थ प्रखर हुने गरेको देखिएको छ। कहिले राजनीतिक दलहरूले मजदुर सङगठनमा आफ्नो पकड बनाउनका लागि, कहिले दलहरूको आन्तरिक विवाद भएर व्यक्तित्व टकराकटमा आफ्नो हैकम देखाउनका लागि, कहिले मजदुर नेताहरूको आपसी वैमनस्य आदि प्रत्यक्ष कारण देखिए तपानि मजदुर हितको आडमा हडतालहरू हुने गरेका छन्। मजदुरहरू अशिक्षित तथा यस्ता हडतालबाट तत्कालीन फाइदा पाउने देखेर हडतालमा होमिन पुग्छन्। तर यसले समग्रमा सबैलाई हानि पुर्याएको तथ्य न मजदुरहरूले बुझेका छन् न कसैले बुझाउने चेष्टा नै गरेको छ। उद्योगीहरूको पनि सुगा रटान हुन्छ ‘नो वर्क नो पे’स जबकि प्रत्येक पाइलामा उद्योगीहरू पनि तत्कालीन स्वार्थलाई विचार गरेर आफ्नो अडानबाट पछि हट्ने गरेका छन्। समर्थ उद्योगले मजदुरलाई उनको जीवनस्तर उचाल्ने कार्यक्रम ल्याउनुपर्छ भने मजदुरहरूले पनि कसैको लहैलहैमा होइन, आफ्नै विवेकको आधारमा आफ्नो हितका लागि माग अघि सार्न सक्नुपर्छ।