प्रस, पर्सा, १३ चैत/
प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको इजलासले हातहतियार मुद्दामा एकजनालाई ५ वर्ष कैद र एक लाख जरिवाना गरेको छ। मकवानपुर चित्लाङ निवासी राजेश बलामीलाई सो दण्ड सजाय सुनाइएको हो। ०६७/३/२ गते काठमाडौंबाट टैक्सी चढी वीरगंज हतियार बेच्न आएका बलामीलाई पुन: काठमाडौं फर्कने क्रममा गण्डक चोकमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको साथबाट एक थान पेस्तौल र ५ वटा गोली बरामद भएको थियो।
त्यसैगरी खरखजाना मुद्दामा सोनी यादवलाई एक वर्ष कैद र रु. २० हजार जरिवाना भएको छ। प्रहरीले यादवको खल्तीबाट २ वटा गोली बरामद गरेको थियो। त्यस्तै सार्वजनिक अपराध मुद्दामा १० जनालाई जिल्ला प्रशासनले दण्डित गरेको छ।
मुद्दा फाँटका ललित झाका अनुसार वीरगंज–१९ नगवा निवासी शत्रुघ्नप्रसाद यादवलाई रु. ४ हजार, वीउमनपा–१५ का सुदर्शन महतोलाई रु. २५ हजार बिगो र रु. ७ हजार, वीरगंज–१४ निवासी मनोज नेपालीलाई रु. १० हजार जरिवाना गरिएको छ। त्यसैगरी वीउमनपा–१६ का भोला अन्सारी, औरंगजेब अन्सारी, शेख रुस्तम, नसीम अख्तर र नाजिर मियाँलाई जनही रु. १० हजार दण्ड गरिएको झाले बताए।
त्यसैगरी सार्वजनिक अपराध मुद्दा अन्तर्गत काभ्रेका विष्णु सापकोटाको धरौटी जफत र रु. १० हजार जरिवाना र वीरगंज बहुअरीका सुनील पटेललाई पनि रु. १० हजार जरिवाना प्रजिअको इजलासले गरेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।