$type=ticker$count=12$cols=4$cate=0

विश्वकप क्रिकेट ‘गर कि मर’

SHARE:

    भारतीय उपमहाद्वीपमा जारी आइसिसी विश्वकपको लिग चरणका सम्पूर्ण खेलहरू विधिवत सम्पन्न भइसकेको छ र अब सुपर ८ अर्थात् क्वाटरफाइनलका खेलहरूको रोमाञ्च चरम हुनेछ। यसमा कुनै पनि राष्ट्रले दोस्रो मौका नपाउने हुँदा अबका खेलहरूमा गर या मरको स्थिति रहने छ। यसै क्रममा भारतको अहमदाबाद स्थित मोटेरा रङगशालामा आयोजक राष्ट्र भारत र चारपटक विश्वकप उचालिसकेको अस्ट्रेलियाबीच खेलमा सबै खेल प्रेमीहरूको आँखा रहने छ। भारतमा क्रिकेटलाई धर्मको रूपमा लिइन्छ। त्यसमा पनि विश्वकपमा आफ्नो टोली फाइनलमा पुगी आफ्नै घरमा विश्वकप उचाल्ने सौभाग्य प्राप्त गरोस् भन्ने चाहना सम्पूर्ण भारतीयको मनमा रहेको छ। तर भारतले लिग चरणमा देखाएको उतारचढावपूर्ण खेल कौशलको कारण कतिपय भारतीय क्रिकेट प्रेमीहरूको मन आजको खेलले गर्दा अलि हच्किएको हुन सक्छ। यद्यपि भारतसँग क्रिकेटको भगवान मानिने सचिन तेन्दुलकर र कुनै पनि खेललाई आफ्नो धुवाँधार ब्याटिङले मोड्न सक्ने क्षमतावान खेलाडी वीरेन्द्र सहवागको साथले गर्दा भारतीय टोली अपेक्षाकृत यस विश्वकपमा बलियो मानिएको छ। मध्य क्रममा विराट कोहली, युसुफ पठान, युवराज सिंह र क्याप्टेन महेन्द्र सिंह धोनिको ब्याटबाट रन निस्केमा जस्तोसुकै टोलीको बलिङको धारमा खिया लाग्न सक्छ। तर भारतीय टिमले आफ्नो बलिङमा सुधार ल्याउन नसक्नु यस विश्वकपको ठूलो चिन्ताको विषय भएको स्वयं क्याप्टेन महेन्द्र सिंह धोनीले स्विकार्दै आएका छन्। इङ्गल्यान्ड सँगको खेलमा बलिङले गर्दा नै भारतीयहरूले बराबरीमैं चित्त बुझाउनु परेको कटु यथार्थ विद्यमान नै छ। यद्यपि अस्ट्रेलियाको लय बिगार्दै आइरहेको टर्वनेटरका नामले परिचित हरभजन सिंहजस्ता स्पिनरको साथ भारतीयसँग छ। यस्तै आर.आसविनको स्पिनको धारले पनि अस्ट्रेलियन क्रिकेट टीमलाई केही गार्‍हो पुर्‍याउन सक्ने संभावना रहेको भए पनि ओपनिङ बलिङमा जहिर खानलाई साथ दिने फास्ट बलर कोही पनि जम्न नसकेकोले भारतीय खेमा केही चिन्तित छ। तर क्रिकेटको अनिश्चिततालाई मनन गर्ने हो भने यस खेललाई मिनी फाइनलको रूपमा लिइने कुरा क्रिकेट पण्डितहरू बताउँछन्।
    उता पन्टरका नामले परिचित रिकि पोन्टिङको टिम पनि भारतसँग नकआउट चरणमा खेल्न धेरै उत्साहित छ। अस्ट्रेलियन टिमका सशक्त खेलाडी माइक हसीको कुरा मान्ने हो भने हामीसँग ग्लेन मेग्रा, सेन वार्नजस्ता खेलाडी नभए तापनि हामीले भारतलाई हराउने क्षमता राख्छौं। तर क्याप्टेन रिकि पोन्टिङको चिन्ता सचिन तेन्दुलकरमैं आएर अडिन्छ । उनी जस्तो महान ब्याट्सम्यानलाई रोक्नु धेरै कठिन हुन्छ तर पनि उनको लागि एउटा उत्कृष्ट योजनाको साथमा हाम्रो टोली उत्रने छ, जसमा हामी सफल हुने छौं उनी भन्छन्। स्पिन आक्रमणलाई कमै झेल्न सक्ने खेलाडीहरूको बाहुल्य रहेको अस्ट्रेलियन टिमको ब्याटिङको लय बिगार्न भारतीय क्याप्टेन महेन्द्र सिंह धोनी तीनजना स्पिनरको साथमा उत्रिन सक्ने सम्भावना रहेको छ। यद्यपि हरभजन सिंह आफ्नो क्षमताअनुसार बलिङ गर्न सकिरहेका छैनन् भने पियुष चावला पनि विगत दुई खेलदेखि बेन्चमैं छन्। यस्तोमा धोनीको रणनीति कस्तो हुने हो त्यो भने उनले आफ्नो फाइनल ११ टोलीको घोषणापछि नै थाहा हुनेछ। यता पाकिस्तानसँग १९९९ पछि पराजित भएको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया एकाएक अत्तालिएको छ। पाकिस्तानको कसिलो बलिङका अगाडि घुँडा टेकेको अस्ट्रेलियन टिमले यस्तै परिदृश्य भारतसँग पनि देख्न नपरोस् भन्ने चाहना अस्ट्रेलियन फ्यानहरूको छ। अस्ट्रेलियासँग सेन वाट्सन, ब्राडन हेडिन, माइकल क्लार्क, माइक हसी र स्वयं रिकि पोन्टिङजस्ता ब्याट्सम्यानहरूको साथ रहेको छ भने बलिङतर्फ ब्ेरट ली अहिलेसम्म उत्कृष्ट लयमा छन्। यस्तै उनलाई साथ दिन मिचेल जोन्सन, स्मिथ र अलि महँगो साबित भए तापनि सोन टेटको पेसको अगाडि भारतीय खेलाडीहरू केही आत्तिन सक्ने सम्भावना भने पक्कै छ। १९८३ मा कपिल देवले विश्वकप उचाल्दा सचिन तेन्दुलकर मात्र १० वर्षका थिए। त्यसपछि भारतीयहरू विश्वकपको कहिल्यै नजिक पुग्न नसकेको कटु यथार्थलाई यसपटक पर सार्दै सम्भवत: अन्तिम विश्वकपमा पदार्पण गरिरहेका क्रिकेटका मिथक सचिन तेन्दुलकर आफ्नै घरमा भइरहेको क्रिकेट ट्रफी उचाल्ने मन बनाइसकेका छन्। त्यसले गर्दा पनि नकआउट चरणमा कुनै पनि टोली आए आफूलाई कुनै फरक नपर्ने तेन्दुलकर बताउँछन्। हामीले अबको खेलमा आफ्नो सुधारिएको प्रदर्शन गर्नु आवश्यक रहेको बताउँछन् सचिन तेन्दुलकर। आयरल्यान्ड र इङ्गल्यान्ड बीचको म्याच यस्तै साउथ अफ्रिका र भारतबीचको म्याचको रोमाञ्चलाई फर्केर हेर्ने हो भने आज भारतीय समय अनुसार २:३० मा हुने यस म्याचमा विश्वभरकै क्रिकेट प्रेमीको नजर रहनेमा कुनै शङका नहोला।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विश्वकप क्रिकेट ‘गर कि मर’
विश्वकप क्रिकेट ‘गर कि मर’
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/03/blog-post_3600.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/03/blog-post_3600.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy