नेपालमा इमानदार व्यक्ति अब इतिहासमा मात्र पाइने छ, भएका केही इमानदारहरुलाई राजनीतिबाजहरुले धपाउने प्रक्रिया थालेका छन्। इमानदार व्यक्ति यदि क्रियाशील ठाउँमा छ भने उसले धपिने क्रियालाई छिटै भोग्नुपर्छ। अर्थसचिव रामेश्वर खनालसँग त्यही भएको छ। व्यक्तिको रुपमा रामेश्वर खनाललाई यस प्रक्रियाबाट दु:ख वा पीडाभन्दा खुशीकै अनुभूति भएको भान हुन्छ, किनकि उनले राजीनामा दिएलगत्तै फेसबूकमा स्वतन्त्रता निकै मूल्यवान् हुन्छ भन्ने सन्देश दिएका छन्। इमानदारहरुको ठूलो निधि भनेकै आफ्नो ‘स्व’ जोगाउनु हो। तर यस प्रक्रियाबाट देशलाई कति हुनेछ त्यसको लेखा यहाँ शायद नै गरिएला। यस देशलाई, यहाँको जनताको सोच कुन दिशामा अग्रसर गराउने भन्ने निर्देशन राजनेताहरुले दिने हो। यो अलग कुरा हो नेपालमा राजनेता छैनन्, राजनीतिबाजहरु मात्र छन् भन्ने कुरा स्थापित सत्य हो। तर पनि देशले एउटा न दिशा त नै रोज्छ नै, किनभने गतिशीलता यस संसारको नियम हो, त्यो गतिशीलता उज्ज्वल दिशा उन्मुख होस् अथवा अन्धदिशातिर।
हिजोआज उद्योग क्षेत्रमा हडताल चलिरहेको छ। यसले गर्दा नागरिकलाई केही होलो भएको छ। सोमवारका दिन विद्युत् प्राधिकरणले दिनभरि विद्युत् प्रवाह छेकेन, किनकि उद्योगहरु बन्द हुँदा विद्युत्को अभाव थिएन। हडतालमा परेका उद्योगहरु बाहेक सबैमा एउटा त्रासयुक्त खुशी थियो। हडताल लम्बिरहे विद्युत् लोडसेडिङको पीडा भोग्नुपर्ने थिएन भनेर। तर जीवनका लागि विद्युत् मात्र सबैथोक होइन। लामो समयसम्म उद्योग बन्द भए महँगीको मार झेल्न नागरिकलाई निकै गार्हो हुन्छ। देशको सम्पूर्ण विकास नै रोकिन्छ। तसर्थ विद्युत् पाइरहनु यस देशमा त्रासपूर्ण खुशी हो। यस्तै सोच नागरिकमा विकसित भइरहेको छ, र सोच्न बाध्य हुनुपर्दछ, हाम्रा राजनीतिबाजहरुले यस देशलाई कता लगिरहेका छन्, यस देशका नागरिकको सोच कुन किसिमले विकसित भइरहेको छ। अर्काको अभावबाट खुशी हुुनुपर्ने, अर्काको दु:खबाट आनन्द लिनुपर्ने, उद्योगहरुमा हडताल चलिरहोस् भन्ने कामना गर्नुपर्नेजस्तो संस्कारलाई कुन सभ्यताको नाम दिने, यसलाई कुन संस्कृति भन्ने ?
यो सोच नागरिकमा स्वस्फूर्तरुपमा उत्पन्न भएको होइन, राजनीतिबाजहरुको क्रियाकलापले विकसित भएको हो। राजनीतिको अर्थ कुर्सी हत्याउनु र सत्तामा बस्नुमात्र हो भन्ने सङकीर्ण तथा सर्वथा व्यक्तिवादी, निन्दनीय र अधम सोचका कारण आज देशले स्वाभाविक विकासको बाटो पहिल्याउन सकेको छैन। सारा देशको आयआयस्ता सोहोरेर आफ्नै पोल्टामा हाल्ने कुप्रवृत्तिले गर्दा दरिद्र मुलुकमा ६०१ जना सभासद्हरु खडा गरेर विद्युत् आयोजनाहरु निर्माण गर्ने बाटो थुनियो। ६०१ जनालाई आफ्नो चोचोमा चोचो मिलाउन १० लाखका दरले राज्यकोष रित्याइयो, जसको आजसम्म ठोस उपलब्धि देश र देशवासीले पाउन सकेको छैन, तर राज्यले गर्नुपर्ने विभिन्न विकास आयोजनाहरु भने यसैगरी मासिएका रकमले गर्दा आरम्भ हुन सकेको छैन वा पूर्णतामा पुर्याउन सकिएको छैन। जस्तोसुकै इमानदार समाज र जतिसुकै इमानदार व्यक्ति होस् उपयुक्त वातावरण भएन उद्योगमा हडताल चलिरहोस् भनेर नागरिकले कामना गर्नुपर्छ।