-संजय साह "मित्र"
संसारका पेशा र कर्महरूमध्ये शिक्षण ज्यादै पवित्र कर्म हो। जतिसुकै पढेलेखेको भए पनि, आफू अन्य जुनसुकै पेशामा लागेको भएपनि वा जतिसुकै आम्दाजी गर्ने भएपनि, शिक्षक बन्नु पहिले र शिक्षक बनिसके पछि निकै फरक जिम्मेवारी बोध हुन्छ।
एउटा बेपारीले आफूले बेच्ने सामानमा मिसावट गर्छ, म्याद गुज्रेको सामान बेच्छ, तौलने–जोख्ने कार्यमा कमीबेसी गर्छ, भाउमा वृद्धि गर्छ, कृत्रिम अभाव सिर्जना गर्छ अर्थात् चारैतिरबाट आम्दाजी गर्न मात्र खोज्छ। बढीभन्दा बढी नाफा कमाउने सोच राख्ने व्यापारीभन्दा शिक्षकको कार्य बढीभन्दा बढी शुद्धतातिर हुन्छ। धेरैभन्दा धेरै लेखकका पुस्तकहरू पढेर नित्य–नवीन ज्ञान दिलाउने सत्कार्यमा मिसावटको कल्पना गर्ने शिक्षक विद्यार्थीबाट पलायन हँुदै जान्छ।
कतिपय शिक्षकमा पनि दुव्र्यसन पाइन्छ। यस्ता दुव्यसनी शिक्षकहरूको आदर्श वाक्य हुन्छ ‘म जे भन्छु त्यो गर र म जे गर्छु त्यो नगर’। वास्तवमा यस्तो भन्नु प्रयोगमा विश्वास नगर र अन्धविश्वासको पछि लाग वा व्यवहारबाट केही पनि सिख्न सकिंदैन, कसैले भनेका कुरकहरू नै सिकाइको ठूलो माध्यम हो भनी गलत शिक्षा विद्यार्थीलाई दिनु हो। प्रयोगात्मक शिक्षाको महत्त्व बढिरहेको, सैद्धान्तिक कोरा ज्ञान विस्तारै पछाडि परिरहेको वर्तमान वैज्ञानिक युगमा गरेकोभन्दा भनेकोमा विश्वास गर भन्नु शिक्षालाई पछाडि धकेल्नु मात्र नभई अँध्यारो युगतर्क अगाडि बढ्न आदेश दिनु बराबर ठहरिन जान्छ।
सरकारले सार्वजनिक स्थल (तथा कार्यालय) लाई धूमपान निषेधित क्षेत्र मानेको छ। तर कतिपय शिक्षकहरू कार्यालयमैं खैनी खान्छन्। खैनी खाँदा धूमपान नहुने ‘खैनीबाज’ शिक्षकहरू तर्क दिन्छन्। कतिपय श्क्षिकहरू विद्यार्थीकै अगाडि पान पराग, गुट्काजस्ता चीजहरू खान्छन्। देखासिकी वा बलजफ्ती नै गरी अरू शिक्षकहरूमा पनि यस्तो बानी सर्छ। दशैं वा होलीजस्तो खानपानकै लागि प्रसिद्ध मानिएको चाडपर्वहरूको पूर्वार्धमा ‘गेट–टुगेदर’ को नाउँमा कतिपय शिक्षकहरू खुल्लमखुल्ला मदिरा सेवन गर्छन्। यो ज्यादै नराम्रो र खतरनाक प्रवृत्ति हो।
शिक्षकहरू नौलो ग्रहको नागरिक नभए पनि अन्य पेशाकर्मीभन्दा निकै भिन्न हुन्छन्। हो, शिक्षकको पनि निजी जीवन हुन्छ, यस यथार्थलाई सबैले स्विकार्नुपर्छ। पहिलेजस्तो शिक्षक पूर्णरूपमा आदर्श बन्न नसक्ने केहीको भनाइलाई पूर्णरूपमा अस्वीकार गर्न सकिन्न तर यसको अर्थ यो कदापि होइन कि शिक्षक सामान्य पेशाजस्तै हो। शिक्षकले गर्ने प्रत्येकजसो कार्यबाट कुनै न कुनै रूपमा कुनै न कुनै विद्यार्थी अवश्य पनि प्रभावित हुने गर्दछ। झन् अहिलेको समयमा सकारात्मक गतिविधिबाट चाँडै प्रभावित नहुने भए पनि नकारात्मक कामको प्रभाव चाँडै विस्तार हुँदो रहेछ। शिक्षकले खाने बिडी, चुरोट, खैनी, पान पराग, गुटखाजस्ता हानिकारक पदार्थले ठूलो सङ्ख्याको विद्यार्थीमाझ त्यस्ता दुव्र्यसनको विज्ञापन भइरहेको कुरा शिक्षकभन्दा अरू कुन सचेत वर्गले बढी बुझ्न सक्छ।
बिडी–चुरोट, खैनी–सुर्ती, पराग–गुटखालाई लागू पदार्थ मानिन्न। गाँजा– चरेसलाई भने लागू पदार्थ मानिन्छ तर गाँजा–चरेसजस्तो खैनी–पराग हानिकारक नभए पनि खैनी–परागको बानी परिसकेकाहरूले यस्तो बानी छाड्न नसक्ने हुनाले यसलाई पनि दुव्र्यसनको सज्ञा दिंदा अत्युक्ति हुँदैन।
कति प्रतिशत शिक्षक दुव्र्यसनको शिकार छ भनेर अध्ययन गरिएको छैन। यसको अध्ययन गरिनु आवश्यक छ। शिक्षकले गर्ने धूमपान तथा दुव्र्यसनबाट विद्यार्थीमा कस्तो असर देखिन्छ भनेर पनि अनुसन्धान गरिनुपर्छ तर मधेसका अधिकांश शिक्षकहरू विभिन्न दुव्र्यसनमा फसेका छन्। एउटा सामान्य अनुमान अनुसार साठीदेखि असी प्रतिशत शिक्षकहरू दुव्र्यसनमा संलग्न छन्। अधिकांश शिक्षकहरू विद्यार्थीलाई देखाएर वा विद्यार्थीले देख्नेगरी अम्मल सेवन गर्छन्।
कतिपय शिक्षक त विद्यार्थीसितै अम्मल मगाएर सेवन गर्छन्। मेला, हाट–बजार तथा चोक–चौबाटोमा मन मिल्ने विद्यार्थीलाई सँगै राखेर पनि कतिपय शिक्षकहरू बसेर वा बसाएर माथि उल्लिखित दुव्र्यसनका साथै अनियन्त्रित हुनेगरी जाँड–रक्सी खाने गर्छन्। खान हुने र नहुने कुरालाई शुभ कार्य वा उत्सवहरूमा आकर्षणको वस्तु बनाउँदै लैजानु र यस्तोमा शिक्षकको संलग्नता देखिनु कदापि शोभनीय होइन।
मानवलाई शिक्षित, सभ्य बनाई मानव समुदायलाई सभ्यता र समुन्नतिको बाटोमा डोर्याउने शिक्षकहरू आफैं दुव्र्यसनको शिकार भई आफ्नो जीवनलाई रोगको श्किार बनाउने तर्क धकेल्दै लगेर विद्यार्थीलाई प्रत्यक्ष परोक्षरूपमा दुव्र्यसनको लागि उक्साउनु राम्रो होइन। शिक्षकहरू विचार तथा उमेर दुवै दृष्टिले परिपक्व हुन्छन् र विद्यार्थीहरू दुवै दृष्टिले अपरिपक्व हुन्छन्। एउटा गुटखाले परिपक्व आन्तरिक अङगमा जति हानि गर्छ अपरिपक्व भित्री अङगमा निश्चय नै बढी हानि गर्छ। विद्यार्थीले पनि आफ्नो आलोकाँचो अङगहरूलाई पराग–गुटखाको सेवनले कमजोर बनाई आफ्नो स्वास्थ्यलाई जानीजानी कमजोर बनाउने कार्यमा अग्रसर हुनुहुँदैन।
विद्यार्थी अवस्थामा दुव्र्यसनको शिकार हुँदा उसले आफ्नो दुव्र्यसन सम्बन्धी बानीलाई सपार्न वा सम्हाल्न सक्दैन जसले गर्दा उसको व्यक्तित्व नै प्रभावित हुने खतरा रहन्छ। कलिलो अवस्थामैं शरीरलाई अनेक सुर्तीजन्य पदार्थको प्रयोगशालाको रूपमा विकास गर्नुहुँदैन। दुव्र्यसनको शिकार भएकालाई गाउँ–समाज, घर–परिवार कसैले राम्रो दृष्टिले नहेर्ने हुनाले अरूले सिकाउँदा पनि आफू बच्ने प्रयास गरिरहनु वा नफस्नुमा आफ्नो विजय ठान्नुपर्छ।
‘खैनी त गधाले पनि खाँदैन, तपाई के खानुहुन्छ ?’ भनी कसैले व्यङ्ग्य गर्दा खैजीबाजहरूले शानपूर्वक ‘गधाले मात्र खैनी खाँदैन’ भनी गधाले नखाने जति सम्पूर्ण कुराहरू आफूले खानैपर्ने कुतर्क दिन्छन्। शिक्षकहरूको मुखबाट यस्तो कुतर्क सुनिन्छ। यस्तो कुतर्कबाट विद्यार्थीमा कस्तो प्रभाव पर्छ भन्ने कुराबाट बेखबर शिक्षकहरू दुव्र्यसनमुक्त हुनु जरुरी छ। राज्यले पनि दुव्र्यसन गर्ने शिक्षक तथा विद्यार्थीलाई सत्मार्गमा ल्याउन विद्यालय हाताभित्र दुव्र्यसनयुक्त सामग्री प्रवेश तथा प्रयोगमा पूर्ण रोक लगाई कडा अनुगमन गर्नुपर्छ। शिक्षक र शिक्षालयलाई दुव्र्यसनमुक्त बनाउन सरकारद्वारा अभियानकै थालनी गर्नुपर्ने आवश्यकता देखिएको छ।