प्रस, पर्सा, १५ चैत/
वीरगंज–पथलैया करिडोरका उद्योगहरू आज तेस्रो दिन पनि बन्द रहे। माओवादी सम्बद्ध दुई ट्रेड युनियन र मधेसी कारखाना फोरमको आह्वानमा गत आइतवारदेखि बन्द गरिएको उद्योगहरू आज पनि खुलेनन्।
करिब एक हजारको सङ्ख्यामा रहेका उद्योगहरू आइतवारदेखि बन्द भएको कारण दैनिक ५० करोडभन्दा बढी घाटा भइरहेको छ। तीन ट्रेड युनियन र उद्योग वाणिज्य महासङ्घबीच भएको सहमति नमानेका ए. माओवादी सम्बद्ध दुई ट्ेरेड युनियन र मधेसी कारखाना फोरमको आह्वानमा आज पनि बिहानैदेखि मजदुरहरूले कोरिडर क्षेत्रमा प्रदर्शन तथा नाराबाजी गरेका थिए।
बारा–सिमरामा बिहान निकालिएको जुलुसपछि आन्दोलनरत अखिल नेपाल क्रान्तिकारी ट्ेरेड युनियनका अध्यक्ष बद्री बजगाईंले मजदुरको माग पूरा नहुन्जेल आन्दोलन यथावत् रहने बताए। उनले माग पूरा नहुन्जेल कुनै शर्तमा आन्दोलन स्थगित नहुने प्रतिबद्धता जनाए। उनले मजदुरको हकमा आन्दोलन गरेको तर आन्दोलनलाई विभिन्न किसिमले बदनाम गर्न खोजिएको भन्दै मजदुर आन्दोलनलाई भड्काउने दुष्प्रयास नगर्न चेतावनी दिएका थिए।
आज पनि दिनभरिजसो मजदुरहरू वीरगंज–पथलैया औद्योगिक करिडोरमा जुलुस प्रदर्शन गरिरहे। उनीहरूले अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष शालीग्राम जमरकटेलको पुतला पनि दहन गरेका थिए। जमरकटेलले मजदुर विरोधी सहमतिपत्रमा हस्ताक्षर गरेको उनीहरूको ठम्याइ थियो। यसैगरी आन्दोलनरत तीन ट्रेड युनियनको आयोजनामा बाराको छातापिपरामा सभा भएको थियो। सभालाई बद्री बजगाईं, लालध्वज नेम्वाङ र मधेसी कारखाना फोरमका अध्यक्ष बिन्देश्वर यादवले सम्बोधन गरेका थिए। यता उद्योगी व्यवसायीहरूको संस्था वीरगंज उद्योग वाणिज्य सङ्घले पर्साका प्रजिअ नागेन्द्र झालाई उद्योगको चाबी हस्तान्तरण गरेको छ। सङ्घले ट्रेड युनियनको नाममा अनधिकृत उद्योग बन्द गरी तोडफोड, मारपीटजस्ता घटना गरिएको हुँदा उद्योग बन्द गर्नुपरेको जनाउँदै आन्दोलन अवधिदेखि समाप्तिसम्म पारिश्रमिक दिन नसकिने भन्दै ‘नो वर्क नो पे’ अनुरूप उद्योगीहरू जाने बताएको थियो।
यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणमा मधेसी कारखाना फोरम नेपालका अध्यक्ष विन्देश्वर यादव वार्ताको लागि राजधानी पुगेका छन्। उनले आन्दोलनरत ट्ेरड युनियनमध्ये आफूलाई मात्र वार्तामा बोलाएपनि सबैको सहमतिमा वार्ता गर्न आएको र आन्दोलनरत ट्ेरड युनियन समेतलाई वार्तामा नबोलाए वार्ता निष्कर्षहीन हुने जनाउ दिएका छन्। प्रतीकसँग कुरा गर्दै अध्यक्ष यादवले उद्योग वाणिज्य सङ्घले उद्योग बन्द गरी ‘नो वर्क नो पे’ को जिकिर गरेपनि कुनै हालतमा मान्य नहुने बताए।