७ फरवरी २०११ को रिपब्लिका दैनिकमा The Art Politicking शीर्षकमा प्रख्यात स्तम्भकार एवं विचारक सिके लालको एउटा लेख प्रकाशित भएको छ जसको एउटा अंशमा उहां लेख्नुहुन्छ– :Moist suprimo Pushpa Kamal Dahal has Proven himself a worthy disciple of the later, though he must have had chanakya at the back of his mind when he read Machiavelli's work in the light of marxist interpretation. Maozedong would have been happy to see his self-proclaimed Pupil thrive even in an extremely hostile geopolitical enviornment.
उहांको लेखको अंश पढिसकेपछि १७ औं पटकमा भए पनि निर्वाचन भएर निर्वाचित हुनुभएका प्रम झलनाथ खनालको लागि आउंदा दिनहरू कस्तो हुनेछन् भनेर विचार गर्नुपर्ने अवस्था देखिन्छ। यही लेखको अर्को अंशमा उहां लेख्नुहुन्छ– Dahal, Nepal & Khanal all are brilliant people; it is just that they grew up during decades of confusion when being underground was considered a sacrifice and survival depended upon the ability to trick others. Majority of contemporary leaders of Nepali sociaty and polity belong to this era of the lost generation. Their heart is mostly in the right place, they also posses sharp minds but their souls have been lost somewhere in the ... of ideological vaccum........
तक्षशीला विश्वविद्यालयबाट शिक्षा प्राप्त आचार्य विष्णुगुप्त जसलाई मौर्य साम्राज्यको पितामह भनिन्छ, उनलाई कौटिल्य वा चाणक्य पनि भनिन्छ। उनले नै अर्थशास्त्र र नीतिशास्त्रको रचना गरेका हुन्। साथै साम, दाम, दण्ड र भेदको नीति पनि। तर आजकलको राजनीतिको विडम्बना के छ भने उनको यस नीतिको प्रयोग नीतिविहीन तवरबाट हुने गरेको छ।
अब कुरा गरौं Machiavellianism को। यो शब्दको उत्पत्ति नै निकोलो मैकियाभेलीद्वारा १६ औं शताब्दीमा लिखित The Prince नामक पुस्तकबाट भएको हो। वस्तुत: पुस्तकमा व्यक्तित्वका लक्षणहरू, जसबाट व्यक्तिले शक्ति र नियन्त्रण प्राप्त गर्दछबारे वर्णन छ। यसमा १६ औं शताब्दीतिर शक्ति र सम्पन्नता एवं नियन्त्रणको लागि व्यक्तिले अर्कोलाई प्रभावित पार्न गर्ने धोकापूर्ण कार्यहरूको विवरण छ। यस्तालाई High in Machiavelleanismभनेर जानिन्छ भने सिकेलालले उल्लेख गर्नुभएको विपीको पुस्ता जसमा प्राय:जसो No manipulating tendency at work for personal benefit भनिएकाहरूलाई Low in Machiavellianism भनिन्छ।
सिकेलालको शब्दमा Low in machiavellianism भएका नेताहरू विपी, पुष्पलाल, गणेशमानजीहरू अब रहनुभएन। त्यसपछि बचेकाहरूलाई प्रखर युवा नेता गगन थापाले विश्राम गर्ने सल्लाह दिइसक्नुभयो भने बांकी रहे High in machiavellenism अर्थात् सिकेलालको शब्दमा Sharp mind... but no soul भएका वर्तमान पुस्ताका नेताहरू। अब विचार गरौं यो देशको विकास कसरी र कसबाट सम्भव छ ? पुराना थकित र नयांहरू आत्माविहीन आफ्नो वर्चस्वको लागि जे पनि गर्न सक्ने स्वभावका नेताहरू भएपछि। यो देशको विकास वा उन्नति वा सरल शब्दमा सबै नेपालीले प्रत्येक दिन नून र भात नै भए पनि दुई छाक कहिले खान पाउलान् भनेर म रनभुल्लमा परेको छु। अहिले सम्पन्न प्रधानमन्त्रीको निर्वाचन, ७ बुंदे गोप्य सहमतिपश्चात् देखा परिरहेका किचलोहरूले भने सिकेलालको युवा पुस्ताका नेतृत्व वर्गप्रतिको टिप्पणी ठीक छ भन्ने सङकेत गर्दैछ।