$type=ticker$count=12$cols=4$cate=0

हत्याको विरोधमा नारायणी अञ्चलका सरकारी कार्यालय तीन दिन बन्द रहने

SHARE:

आरके पटेल, ११ फागुन/
बारा मालपोत कर्यालयमा कार्यरत नायब सुब्बा माधव थापाको हत्याको विरुद्ध पर्सालगायत अञ्चलका सम्पूर्ण सरकारी कार्यालय तीन दिनसम्म बन्द गर्ने विभिन्न कर्मचारी सङगठनहरूले आज प्रेस विज्ञप्तिी जारी गरी जनाएका छन्।
जिल्लामा रहेका विभिन्न कर्मचारी सङगठनहरूले प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई आज ज्ञापन बुझाउँदै सो कुरा जनाएका छन्। प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री समक्ष सो ज्ञापनपत्र बुझाएको स्थानीय निकाय कर्मचारी युनियनका जिल्ला अध्यक्ष मङ्केश्वर ठाकुरले बताएका छन्।
मृतकलाई शहीद घोषणा, २० लाख क्ष्तिपूर्ति, परिवारलाई सरकारी नोकरी लगायत दोषीलाई पक्राउ गरी कारबाईको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ। निजामती कर्मचारी युनियनका अध्यक्ष सच्चिदानन्द सिंहले ज्ञापनपत्र बुझाएका थिए। हत्याराको पहिचान भइसकेको छ, हाम्रो जिल्ला नभएपनि हामीले आफ्नो अनुसन्धानबाट हत्याराबारे बाराका प्रमुख जिल्ला अधिकारीलाई जनकारी गराई सकेको कुरा ज्ञापनपत्र बुझ्दै प्रजिअ झाले आज बताए। नेपाल कर्मचरी सङगठनका अध्यक्ष सुबदार यादव, राष्ट्रिय कर्मचारी सङगठनका अध्यक्ष अलाउद्दिन अंसारी, सचिव हकहित सरक्षण मञ्चका मदनमोहन माली, स्वतन्त्र कर्मचारी सङगठनका धु्रव चौरसियालगायतले संयुक्त हस्ताक्षर गरी ज्ञापनपत्र बुझाएका हुन्।
कलैया /
कर्मचारी एवं स्थानीय बासिन्दाले जिल्ला मालपोत कार्यालय बाराका नायब सुब्बा कलैया–१० निवासी माधव थापाको हत्यारालाई कारबाई गर्न माग गर्दै बुधवार प्रदर्शन गरेका छन्।
आक्रोशित जनसमूहले मृतक थापालाई शहीद घोषणा गर्न माग गर्दै थापाको शवसहित नगर परिक्रमा गरेका थिए। प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि करिब दुई घण्टा सडक अवरुद्ध समेत गरे । यसैबीच संयुक्त विज्ञप्तिमार्फत् शाान्ति सुरक्षा कायम गर्नुपर्ने, कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने विभिन्न कर्मचारी सङ्घ–संस्थाले माग गरेका छन्।
विज्ञप्तिमा थापाको अश्रित परिवारलाई २० लाख क्षतिपूर्ति दिनुपर्ने, मालपोत कार्यालय बारामा थापाको सालिक निर्माण गर्नुपर्ने, परिवारका एक सदस्यलाई रोजगार दिनुपर्ने माग गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल निजामती कमचारी सङगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल प्रगतिशील जनस्वास्थय कर्मी, सङ्घ, पेशागत महासङ्घ नेपाल, नेपाल शिक्षक युनियन, नेपाल वित्तीय कर्मचारी सङ्घ, नेपाल, गाविस हकहित संरक्षण केन्द्र, एन. प्याब्सन नेपाल, नेपाल सिएमए सङ्घ तथा स्थानीय कर्मचारी सङ्घ रहेका छन्।
संयुक्त विज्ञप्तिमार्फत् उनीहरूले अनिश्चितकालका लागि कार्यालयमा कामकाज ठप्प पारेका छन्। यसैबीच नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह एवं नेपाल मजदुर किसान पार्टी बाराका अध्यक्ष मुक्ति यादवले हत्या–हिंसा रोक्न माग गरे। उनीहरूले कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। मृतक थापाका आश्रित ४५ वर्षीया पत्नी अनु थापा, २३ वर्षीया छोरी ज्योति थापा, १८ वर्षीय छोरा आशिष थापा, १५ वर्षीया छोरी माला थापा, १४ वर्षीया छोरा आदित्य थापा रहेका छन्। घटनाको अनुसन्धान जारी रहेको र हत्यारालाई कारबाई गरिने बाराका प्रमुख जिल्ला अधिकारी वसन्त उपाध्यायले जनाए। घटनाको अनुसन्धानको लागि पाँचजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। थापाको हत्याको जिम्मा अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज सुल्तान मिर्जाले लिएका थिए।
रौतहट
मालपोत कार्यालय बाराका नायब सुब्बा माधव थापाको हत्या भएको विरोधमा आज नेपाल निजामती कर्मचारी सङगठनलगायत सम्पूर्ण कर्मचारी सङ्घ सङगठनले जिल्लाका सरकारी कामकाज ठप्प गरेको छ। विभिन्न कर्मचारी सङ्घ, सङगठन, युनियनले प्रेस विज्ञप्ति प्रकाशित गरी हत्याको विरोधमा कामकाज ठप्प गरेका हुन्।
विज्ञप्तिमा शहीद घोषणा, शहीद परिवारलाई सम्पूर्ण सुविधा उपलब्ध गराउन र दोषीमाथि कडा कार्यवाही गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ। सरकारी कामकाज ठप्प भएकोले गौर सदरमुकाम आज सुनसान देखिएको थियो।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : हत्याको विरोधमा नारायणी अञ्चलका सरकारी कार्यालय तीन दिन बन्द रहने
हत्याको विरोधमा नारायणी अञ्चलका सरकारी कार्यालय तीन दिन बन्द रहने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6bHSj6YUkm8OwFG1x5t0VUxncyGxd5HkrRWzw1rpn4UlWB3mP26EF6r2powh7LlZRHU-KxaqEkE3UaCjlesYnj3buPLVyxtDruavRs3eVhAXDDosUuO6qGcbUwSP0uXqNJmC141iDuJjk/s320/bara.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6bHSj6YUkm8OwFG1x5t0VUxncyGxd5HkrRWzw1rpn4UlWB3mP26EF6r2powh7LlZRHU-KxaqEkE3UaCjlesYnj3buPLVyxtDruavRs3eVhAXDDosUuO6qGcbUwSP0uXqNJmC141iDuJjk/s72-c/bara.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/02/blog-post_9738.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/02/blog-post_9738.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy