-कुमार रुपाखेती त्यसो त उखानमा ‘हात्ती छिर्यो पुच्छर अड्क्यो’ भनिन्छ तर पत्रकार महासङ्घ पर्साको नवौं जिल्ला अधिवेशनको परिणाम ‘पुच्छर छिर्यो– हात्ती अड्क्यो’ सरह भयो। १५१ मतदाताहरूले सबै पदको छिनोफानो गरे पनि जिल्ला सभापतिका दुवै उम्मेदवारलाई ७५–७५ मत दिएर पुच्छर छिराई हात्ती अड्काइदिए। अहिले मुलुकमा निर्वाचनविहीनता छ। स्थानीय निकाय लामो समयदेखि प्रतिनिधिविहीन छ। तर कर्मचारी निर्वाचन, मजदुर निर्वाचन, स्कूल सञ्चालक समितिको निर्वाचन, शिक्षक नेताको निर्वाचन र पत्रकार नेता निर्वाचन धडल्लेका साथ सम्पन्न भइरहेको छ। जनप्रतिनिधिको अभावमा स्थानीय निकायहरू नङ्ग्रा–दार्हा झरेका बाघ भएका छन् भने कर्मचारी, नेता, मजदुर नेता र पत्रकार नेताहरू आफूलाई दार्हा, नङ्ग्रा भएको बाघ ठान्न थालेका छन्।
अस्ति फागुन ४ गते म पनि दर्शक बनेर वीरगंज उद्योग वाणिज्य सङ्घमा पत्रकार मेला हेर्न गएको थिएँ। १५१ मतदाता भएको महासङ्घमा मतदाता र उम्मेदवारको सङ्ख्या झन्डै–झन्डै आधाआधी भएको थाहा पाउँदा दङग परें। गुट–उपगुट, पत्रकार–गैरपत्रकार, काङ्ग्रेस–कम्युनिस्टबावजुद पहाडे–मधिसे स्थानीय र बाहिरिया गरमागरम बहस बनेको थियो। दारू–मासु यहाँका पत्रकारहरूको रुचिकर परिकार नै हो। यसको मन्द–मन्द गन्धले त्यहाँको वातावरण उत्तेजित देखिन्थ्यो। मलाई पनि त्यहाँ एकजना हितैषी पत्रकार मित्रले भोटरलिस्ट हातमा हालिदिए। ती पनि उम्मेदवार थिए, चिनजानको भोटरलाई आफ्नो पक्षमा मतदान गराउनू उनको आशय हुन सक्थ्यो। पत्रकारको कुनै जात र वाद हुँदैन। निष्पक्षता उसको धर्म हो। जहाँसम्म मैले बुझेको छु, पत्रकार भनेको– समाजको अगुवा, चेतनशील, स्वयं एउटा नेता र नेतृत्वदायी व्यक्तित्व हो। त्यसैले व्यक्तित्व बोकेकाहरू व्यक्तित्व टकरावका कारण जिल्ला समितिमा जित्न, पार्षद् बन्न मरिहत्ते गरिरहेका देखिन्थे। नून बेच्ने र सुन बोक्नेसम्म मन्त्री बन्न पाउने यस मुलुकमा पत्रकारहरू पनि के कम ?
काठमाडौंमा व्यापार गर्ने, वीरगंजबाट पलायन गरिसकेका, लेख्ने–लेखाउने काम त्यागिसकेका समेत पर्सा पत्रकार निर्वाचनमा फर्याकफुरूक गरेका देखिन्थे। पत्रकार बन्न कुनै गुण चाहिंदैन क्यार, थुप्रै अवगुण भएकाहरू पनि त्यो मेलामा सम्मानपूर्वक चहलकदमी गरिरहेका थिए। पत्रकार राष्ट्रको चेतनशील जमात हो, बौद्धिक फौज हो। विदेशमा पत्रकारको तिखो कलमले सरकार झार्छ, हाम्राको तीतो कलमले पैसा झार्छ भन्छन्। तर जसले जेसुकै भने पनि जे आरोप–प्रत्यारोप लगाए पनि सबै पुस्ताका पत्रकारलाई अधिवेशनको नाममा एकाबिहानैदेखि एकै ठाउँमा मार्चपास गरिरहेको देख्दा म जस्तालाई विस्मात होइन हर्ष नै लाग्यो। अध्यक्ष पदमा केसी लामिछाने र अशोक तिवारीले बराबर मत ल्याएपछि जिल्ला समिति ‘टाउको नभएको जवजात शिशु’ बनेको छ। पार्वतीको विलापले प्रभावित महादेवले गणेशलाई हात्तीको टाउको जोडेर पूर्णता दिए, अब पर्सा पत्रकार महासङ्घको टाउकोविहीन नवजात जिल्ला समितिमा लामिछानेको कि अशोक तिवारीको टाउको जोडिने हो हेर्न बाँकी छ। तर धेरैले शत्रुघ्न नेपालको उत्तराधिकारीको रूपमा केसी लामिछानेको अन्दाज गरेका थिए, जसलाई अशोक तिवारीको जोडदार टक्करले गलत साबित गरिदियो। आगे आगे देखिये होता है क्या ?
पर्सा पत्रकारहरू सभापति पदको निर्वाचन पुन: गर्नुपर्ने कुरामा जोड दिइरहेका छन्। एकपल्ट फेरि हामीले पर्सामा पत्रकार भिडन्त हेर्ने मौका पाउने हो कि १ पत्रकारहरू नै भन्छन् अब दूधको दूध पानीको पानी छुट्टिन्छ रे। नवजात कार्यसमितिमा पार्षद्हरूमा एक पक्षको वर्चस्व प्रस्ट देखिएको छ। कामना गरौं अब पनि पुच्छर छिर्ने हात्ती अड्किने छैन। टाउको होइन घन्टाउके जिल्ला समिति निर्माण हुनेछ। अस्तु !