प्रस, पर्सा, ९ फागुन/
वीरगंज उपमहानगरपालिकाले निर्माण गर्न लागेको चार लेनको सडक ठेक्का अन्तिम अवस्थामा आएर सुरु भएको छ।
एक वर्षमा निर्माण गर्ने गरी प्रकाश, शिवाको काठमाडौं र मोना कन्ट्रक्सन वीरगंजले तोकिएको रकममा ४१ प्रतिशत कम गरी १ करोड १३ लाखमा ठेक्का सकार गरेका थिए। आपसी प्रतिस्पर्धामा ठेक्का रकमको ४१ प्रतिशत कम गरी सकार गरिएको कारण फोरलेनको सडक निर्माणमा ढिलाइ भएको आम बुझाइ भए पनि वीउमनपा सोको ढिलाइ हुनुमा ठेकेदारलाई भुक्तानी दिनुपर्ने रकम अभाव भएको बताउँछ।
वीउमनपाले सो सडक निर्माणबापत् २० लाख मोबाइलाइजेशन रकम ठेकेदारलाई भुक्तानी गरेको र सो रकम भुक्तान गरेको निकैपछि गत एक महिनादेखि फोरलेन सडक निर्माण सुरु भएको हो। वीउमनपाले इनर बाइपास अन्तर्गत कुम्हालटोलदेखि छपकैया पोखरीसम्मको कालोपत्रे सडक निर्माण गर्नको लागि प्रकाश, शिवाको काठमाडौं र मोना कन्ट्रक्सनलाई भुक्तान गर्नुपर्ने रकम हालसम्म भुक्तान गरि नसकेको कारण पनि फोरलेनको निर्माणमा ढिलाइ भएको हो। वीउमनपाले ढेड साता अघिमात्र इनरबाइपास सडक निर्माणको भुक्तानीमध्ये ४० लाख मात्र भुक्तान गरेको छ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासदेखि पावरहाउस चोकसम्म निर्माण गरिन लागेको करिब १२ सय मिटर फोरलेन सडक निर्माणको लागि मुर्लीसम्म सडक खन्ने, बोल्डर बिच्छ्याउने काम भइरहेको छ। सोभन्दा अगाडि मुर्ली बजार रहेको र त्यसअघि रेलवेको जग्गा व्यक्तिविशेषले आफूखुशी कब्जा गरी बसेको कारण वीउमनपाले त्यस्तो अवैध बसोबास हटाउन नसक्दा फोरलेन सडक निर्माण कार्य अगाडि बढ्न नसकेको हो।
वीउमनपाले रकम भुक्तान गर्न ढिलाइ गरेको र प्राधिकरणले फोरलेन सडक निर्माणको लागि सो क्षेत्रमा पर्ने बिजुलीका पोलहरू नहटाएको कारण फोरलेन सडक निर्माणमा ढिलाइ भएको ठेकेदार पक्षको भनाइ छ तर अहिले आएर ढिलो भए पनि सुरु भएको सडक विस्तारीकरण कार्य निर्धारित असार मसान्तसम्म सम्पन्न हुने कुरामा पनि दुविधा छ भने मुर्ली बजारदेखि अगाडि सडक निर्माण हुँदा निकै विवाद आइपर्ने पनि देखिएको छ।