प्रस, पर्सा १२ फागुन/
मालपोत कार्यालय, बाराका नायब सुब्बा माधव थापाको हत्याको विरोधमा आज दोस्रो दिन पनि नारायणी अञ्चलका सरकारी कार्यालयको कामकाज ठप्प
रहयो। हत्याको विरोधमा नेपाल निजामती कर्मचारी सङगठनको आह्वानमा तीन दिने अञ्चल बन्द अन्तर्गत आज पनि बारा, पर्सा, रौतहट, मकवानपुर र चितवनका सरकारी कार्यालयको कामकाज ठप्प भएको हो। कर्मचारीहरूले नारायणी अञ्चलभरिका सरकारी कार्यालय तीन दिनसम्म बन्द गरी आइतवार मात्र सञ्चालनमा ल्याउने जनाएका छन्।
यता बारामा भने निजामती कर्मचारी सङगठनहरूले बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय बारा अगाडि धर्ना दिएका थिए। आन्दोलनरत कर्मचारीहरूले मृतक थापालाई सहिद घोषणा गरी परिवारजनलाई क्षतिपूूर्ति दिनुपर्ने, मृतकको परिवारका एकजनालाई रोजगारी उपलब्ध गराउनुपर्ने, मालपोत कार्यालयमा मृतकको सालिक निर्माण गर्नुपर्ने र कर्मचारीको सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखेका छन्।
यसैबीच थापाको हत्याको अनुसन्धानका लागि मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले अञ्चल प्रहरी कार्यालय नारायणी का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोपाल भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेकोमा सो टोलीले आजदेखि काम सुरु गरेको छ। मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मनोज न्यौपाने रहेको छानबिन टोलीलाई १५ दिनको समय दिइएको मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक गङगा पाण्डेले जानकारी गराए। यता सरकारले थापाको परिवारलाई उचित क्षतिपूर्ति दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले हत्याप्रति दु:ख व्यक्त गर्दै कर्मचारी थापाको परिवारलाई उचित क्षतिपूर्ति दिने निर्णय गरेको बताइएको छ।
कलैया, बरेवा घर भएका मालपोत कार्यालय बाराका नायब सुब्बा माधव थापाको फागुन १० गते मङगलवार साँझ घरमैं टेलिभिजन हेरेर बसिरहेको अवस्थामा गोली हानी हत्या भएको थियो। हत्याको जिम्मा अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएपनि हत्यामा कलिलो १५ वर्षीय बालक प्रयोग गरिएको र बारामा भूमाफियाहरूको गतिविधि तेज भएको अवस्था रहेकोले मोर्चाले घटनालाई बङ्ग्याउन हतारमा जिम्मा लिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा आशङका गरिएको छ सोहीअनुरूप अनुसन्धान अगाडि बढाइएको थाहा हुन आएको छ।