नेपालीमा एउटा उखान छ– हिङ भए एक भाइ भान्सै नपस्ने, हिङ नभए अर्का भाइ भागै नबस्ने। आज नेपाली राजनीतिमा एनेकपा माओवादी र अन्य दलहरूबीच यसै उखानलाई चरितार्थ गर्ने लहड चलेको छ। सातबुँदे सहमति कायम नभए एमाओवादी सरकारमा नजाने र सातबुँदे सहमति कायम भए अन्य दललगायत आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालविरोधी खेमालाई मान्य नहुने विचित्रको अवस्था नेपाली राजनीतिले बेहोर्नुपरिरहेको छ। यसै विषयलाई लिएर सरकारले पूर्णता पाउन सकेको छैन। सरकारले पूर्णता पाउन नसकेको यो नै पहिलो चोटी भने होइन। यसभन्दा पहिले पनि माधवकुमार नेपालको सरकारले सातपटकमा पूर्णता पाएको थियो। अर्थात् चलन नै भइसक्यो, अन्योलमा बाँच्ने। अब त यो अन्योल झाङिगने, फस्टाउने परिस्थिति स्वत: बनेको छ। संविधानसभाको म्यादबारे सर्वोच्चले संविधान नबनेसम्म संविधानसभा रहिरहने निर्णय दिएपछि जति कलह गरे पनि पुग्ने भएको छ। किनकि संविधान नबनुञ्जेल संविधानसभा रहिरहन्छ, संविधानसभा रहुञ्जेल यो रडाँको पनि निखनिंदैन।
अब त के सोच्न बाध्य हुनुपरेको छ भने के राजनीतिक दलहरू संविधान नै चाहँदैनन्। अन्यथा मूल विषय छाडेर तपसिलका विषयमा किन अल्झन चाहन्छन् ? सरकार बनाउने खेल त त्यसपछि अनवरत् चलिरहने कुरा हो। त्यसबेला सरकार बनाउने, खसाउने खेलले मनोरञ्जन पनि दिन्छ र राजनीतिक दलहरूलाई उत्तरदायी पनि बनाउँछ। सामान्य अवस्थामा सरकार खस्नु भनेको जनता र राष्ट्रप्रति जिम्मेवारी पूरा गर्न नसकेकोले भएको ठहर्छ। अनि राजनीतिक दलहरू जिम्मेवार बन्दै जान्छन्। संविधान बनिसकेपछि राज्यले एउटा गति लिन्छ। स्थानीय निकायको निर्वाचन पनि भएको हुन्छ। सरकारमा अनिश्चितता आए पनि नागरिकको काम अड्कँदैन। स्थानीय निकायहरूले काम गरिरहेका हुन्छन्। अहिले त कुनै जिम्मेवारी नै छैन। न स्थानीय निकाय नै छ। चारैतिर वैधानिक लुट मच्चिएको छ। जति पनि गैरकानुनी कार्य भइरहेका छन्, राज्यको जति पनि कोष व्यक्तिको खल्तीमा जाँदैछ, सबले गैरकानुनी वैधानिकता पाएका छन्। सार्वजनिक सम्पत्ति व्यक्तिखुशी खर्च गर्न पाइन्छ भने त्यसलाई गैरकानुनी वैधानिकता नभनी के भन्ने ?
लाग्दछ अब यस मुलुकमा संविधान पनि बन्दैन र संसदीय निर्वाचन पनि हुँदैन। संविधानसभा भङग हुने परिस्थिति नै हराएपछि राजनीतिक दलहरू ढुक्क भएका छन्। नेपालका बुद्धिजीवीहरूको दोधार पनि हराएको छ। किनकि चार महिनापछि संविधान नबन्दा संविधानसभाको म्याद बढाऊ भन्ने कि संविधानसभा भङग गर भन्ने दोधार समाप्त भएको छ। एक वर्ष अगाडि मात्र संविधानसभा भङग भयो भने आकाश खस्छजस्तो गरी कोकोहोलो मच्चाएर देशमा भुइँचालो ल्याउने बुद्धिजीवीहरू पनि ढुक्क भएका छन्। अब तर्क खोज्न परिश्रम गर्नुपर्दैन, मगज खियाउनुपर्दैन। आत्मालाई थिचेर राजनीतिक दलहरूका पक्षमा मस्तिष्क घोट्नुपर्दैन। चोरले सजिलो र निष्कण्टक भाग्ने बाटो पाएपछि मनपरी चोरी गर्छ। अब संविधानसभाका सभासद्हरूले पनि अभय पाएका छन्, जति वर्ष लगाएर भए पनि नबन्ने संविधानको खाका कोरे हुन्छ। लइका भरे लरकोरी जिये भन्छन्– संविधान बनाउने नाममा यी बाँझ लरकोरी (सभासद्) हरू जीवनपर्यन्त सभासद् बनिरहने भए।