$type=ticker$count=12$cols=4$cate=0

विद्युत् कटौतीबाट प्रभावित आर्थिक विकास

SHARE:

वीरेन्द्रप्रसाद यादव    नेपाल जलस्रोतको मामिलामा विश्वमैं दोस्रो धनी राष्ट्रको रूपमा रहेकोले नेपालको समग्र विकास निम्ति विद्युत् ऊर्जा अनिवार्य शर्तको रूपमा रहेको छ । मुलुकको आर्थिक विकास द्रुत गतिमा अगाडि बढाउन विद्युत् ऊर्जाको पर्याप्त मात्रामा उत्पादन र उपभोग स्वदेशमा हुनैपर्छ। मुलुकलाई स्वीटजरल्यान्डजस्तो विकसित मुलुक बनाउन जति रट लगाएपनि विद्युत् ऊर्जाको उत्पादन र उपयोग व्यवहारमा नबढाएसम्म आमाको काखमा रहेको बच्चालाई चन्द्रमा ल्याएर खेल्नदिने जस्तो झूटो आश्वासन मान्नुपर्छ । जुन कहिल्यै सत्य आश्वासन मात्र हो। पानीले धनी मुलुकमा विद्युत् अभाव देखाएर लोडसेडिंग गरिने गरिएको छ ।
    वर्षायाममा दुई घण्टा, त्यसपछि चार, छ, आठ, बारह र सोर्‍ह–सोर्‍ह घण्टा लोडसेडिंग बढ्दै जानुले नेपालको विकासको सम्भावना कुन गतिमा अगाडि बढिरहेको छ भन्ने कुरा अनुमान लगाउन आम नागरिकलाई गार्‍हो पर्दैन होला। विकसित मुलुकहरूको अनुभव हेर्दा द्रुतगतिमा आर्थिक विकास गर्ने मुलुकहरूले उद्योग–व्यापारबाट आय बढाएका छन् भने उपभोग्य सामग्री सस्तो र सहुलियत दरमा उपभोग गरेर अत्यधिक बचत गरेका छन्। उद्योग व्यापारबाट लाभ लिन उद्योग व्यापारमा आफ्नैे उत्पादन विद्युत् ऊर्जा खपत गरेका छन् भने आफ्नो नागरिकलाई पनि सस्तो दरमा उपलब्ध गराएका छन् तर नेपालमा विद्युत् उत्पादन सधैं उपेक्षित छ। भारतको बिहारकै कुरा गर्ने हो भने लोडसेडिंग थोरै मात्र छैन, विद्युत् महसुल पनि कम छ।  लोडसेडिंगको मारबाट वर्षभरि आम जनता र उद्योग व्यवसाय रन्थनिएको र बर्सेनि सय मेगावाटका दरले विद्युत् माग बढेपनि आपूर्तिको जोहोतर्फ नेतृत्ववर्ग उदासीन छ। यति मात्र होइन, सन् २००६ को अनुमानअनुसार आगामी तीसदेखि चालीस वर्षमा विकसित मुलुक सरह विकास गर्न प्रतिव्यक्ति ऊर्जा खपत १० हजारको सेरोफेरोमा पुग्नेछ। यसले एक प्रतिशत राष्ट्रिय उत्पादन वृद्धि गर्न डेढ प्रतिशत विद्युत् उत्पादन बढाउनुको विकल्प छैन।
    एउटा अर्को अध्ययन अनुसार उच्च गतिमा आर्थिक विकासको लक्ष्य राख्ने हो भने सन् २०१८–२०१९ सम्म देशलाई १० हजार मेगावाट विद्युत् चाहिने हुन्छ। तर यसको कुनै सम्भावना हालसम्म देखिएको छैन। यद्यपि मुलुकले विद्युत् उत्पादन नबढाएको होइनस उत्पादन बढाएको छ, त्यो पनि सस्तो लागतमा तर नेपालमा उपभोग हुन सकेको छैन। केही उत्पादन विदेशको काम लागेको छ भने केही प्रसारण लाइनको अभावमा समग्र नेपाली उपभोक्तासम्म पुग्न सकेको छैन। माथिल्लो कर्णाली विद्युत् योजना सालाखाला प्रतियुनिट २ रुपियाँको लागतमा उत्पादन गरिएपनि उत्पादनकर्ता विदेशी लगानीकर्ताले लगेका छन्। काली गण्डकी र मस्र्याङ्गदीमा उत्पादित विद्युत् पूर्वी नेपाल र राजधानीसम्म पुर्‍याउने प्रसारण लाइनको पनि उचित प्रबन्ध गरिएको देखिन्न। यसबाट के देखिन्छ भने उत्पादन बढाइएपनि ती उत्पादनको विकाससँग खासै सम्बन्ध छैन।
    दुई रुपियाँको लागतमा आफ्नै मुलुकमा उत्पादित विद्युत विदेशमा निकासी गर्न छुट दिएर त्यही विद्युत् दश रुपियाँको दरमा विदेशबाट खरिद गर्नुपरेको छ। निकासीमा सहुलियत र राजस्व छुटको मार अर्कोतर्फ छँदैछ। बिनाफाइदा प्राकृतिक स्रोतको दोहन पनि भइरहेको छ। यसले भविष्यको सम्भावनामा प्रतिकूलता आउँदैन भन्न सकिन्न। विडम्बना त के छ भने लोडसेडिंगले पूरा मुलुक अन्धकारमय छ। उद्योग व्यवसाय ठप्प मात्र छैन तेब्बर लागतमा उत्पादन गर्न र बसाएर मजदुर खर्च तिर्न उद्योगी–व्यवसायी बाध्य छन् तर नेतृत्ववर्ग सत्ता खोसाखोसमा लिप्त छ। उद्योगी–व्यवसायीहरूका अनुसार सात रुपियाँको ऊर्जा खर्च हुने ठाउँमा लोडसेडिंगले २५ रुपियाँ खर्च भइरहेको छ। यसले घाटा सहन नसकेर उद्योग पलायन हुने अवस्था त छ नै, उपभोक्तालाई पनि अनावश्यक भार परेको छ। सात रुपियाँमा उत्पादन हुने सामान पचीस रुपियाँमा उत्पादन भएपछि उत्पादन लागतको भार प्रथमत: उपभोक्तामाथि नै पर्छ।
    नेपालमा अनावश्यक महँगी बढ्नुको प्रमुख कारण यो पनि हो। महँगी घटाउन र उद्योगलाई अनावश्यक कार्टेलिंग गर्नबाट रोक्न सरकारले अविलम्ब लोडसेडिंग कम गर्नै पर्छ। लोडसेडिंगको विकल्प नखोज्नुको उपाय छैन। विकल्पको रूपमा  अल्पकालीन र दीर्घकालीन उपाय सोच्नुपर्छ। तुरन्त राहत दिन भारत तथा भुटान लगायतबाट विद्युत् खरीद गर्नुपर्छ। नेपालको उत्पादन विदेश निर्यातबाट कटौती गरी स्वदेशमा उपभोग गर्ने अवस्था बनाउनुपर्छ। विदेशी कम्पनीले उत्पादन गरेपनि सहमति परिमार्जन गरेर प्रथमत: नेपाली उपभोक्ताको अधिकार पूरा गर्नुपर्छ। त्यसपछि विद्युत्को बढ्दो मागलाई ध्यानमा राखेर माग अनुसार उत्पादन गर्ने ठोस नीति र योजना तुरन्त बनाउनुपर्छ। विद्युत् चुहावट तथा विद्युत् प्राधिकरणको अनावश्यक खर्च र अनियमितता रोक्नेतर्फ पनि सरकार सजग हुनैपर्छ। प्राधिकरणले नेताहरूलाई महँगा गाडी इन्धन दिने कार्य रोक्नुपर्छ । विद्युत् चोरी गर्नेलाई कार्यवाहीको दायरामा ल्याउनुपर्छ जसले अनावश्यक विद्युत् खर्च नियन्त्रण हुनुका साथै प्राधिकरणको आम्दनी पनि बढ्छ।
    आम जनताले कम विद्युत् ऊर्जा खपत हुने विद्युतीय सामग्री भित्र्याउने नीति लिनुपर्छ : जस्तै सिएफएल बल। कुनै कुनै मोबाइल सेट चाँडै चार्ज हुन्छ भने कुनै चार्ज गर्न घण्टौं लाग्छ। कुनै आइरनले बढी विद्युत खान्छ भने कुनैले कम। आइरनको कुरा गर्दा विद्युत्भन्दा कोइलाको उत्तम मानिएको छ। यस्तो विकल्पतर्फ पनि जनतालाई प्रोत्साहित गर्नुपर्छ। बढ्दो लोडसेडिंगले उद्योग व्यवसायलाई मात्र असर परेको छैन आम उपभोक्तालाई सास्ती र महँगी पनि बढाएको कुरा बिर्सनुहुन्न भने पर्यटन वर्ष २०११ लाई पनि नराम्रो तरिकाले प्रभावित गर्दै गएको छ। समयमा लोडसेडिंग समस्या समाधान भएन भने पर्यटन वर्ष २०११ अधूरो रहने सम्भावना छ। यति मात्र होइन दिनको चौध घण्टा लोडसेडिंगले मध्यमाञ्चलमा मात्र ४ सय ३० मेगावाट विद्युत् अपुग छ। यस्ले औद्योगिक करिडोरमा अस्तव्यस्ता व्याप्त भएको छ। जनशक्ति पनि बेकार बसेको छ। दक्ष जनशक्तिले विद्युत् अभावमा समय खेर फाल्नु ठूलो नोक्सानी हो। विकसित मुलुकहरू समय र जनशक्तिलाई यति महत्त्व दिइएको हुन्छ कि सेकेन्ड–सकेन्डको उपयोग गर्छन् भने हरेक नागरिकलाई अधिकांश समय काम गर्ने अवसर र सुविधा जुराउँछन्। समय र जनशक्तिको सदुपयोगले नै विदेशीहरूले द्रुत गतिमा आर्थिक विकास गरेको बिर्सनु हुन्न। दिनको चौध घण्टा बेकार बसेर देश विकासको कुरा गर्नु हावादारी गफ लगाउनु मात्र हो। नयाँ नेपालको रट लगाउँदै  लोडसेडिंग बढाउँदै मुलुकलाई विगतभन्दा पनि अधोगतिमा लगिरहेका छौं भन्ने कुरा हृदयङगम गर्नुपर्छ। मुलुकको आर्थिक विकास गर्ने हो भने विद्युत् समस्या अविलम्ब हटाउनेतर्फ ध्यान दिनै पर्छ। राजनीतिक खिचलो सधैं चलिरहने नियमित प्रक्रिया हो तर अर्थतन्त्र एक पटक धराशायी भएपछि फर्काउन धेरै समय लाग्छ। अत: सबै विवादलाई बिर्सेर लोडसेडिंग अन्त गर्नेतर्फ ध्यान जाओस् भने आग्रह मात्र हो।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विद्युत् कटौतीबाट प्रभावित आर्थिक विकास
विद्युत् कटौतीबाट प्रभावित आर्थिक विकास
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/02/blog-post_7172.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/02/blog-post_7172.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy