आरके पटेल, वीरगंज, १४ फागुन/
आजदेखि वीरगंजमा एमजी ट्रफी टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। पूर्व एनआरएन अध्यक्ष डा. उपेन्द्र महतोकी स्व. माताको नाउँमा स्थापित फूलकुमारी महतो मेमोरियल ट्रस्टले आयोजना गरेको एमजी
टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बलिङ र ब्याटिङ गरी प्रारम्भ गरेका थिए।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव हरिबाबू चौधरीले नेपालमा खेलकुदको माध्यमबाट विकासको लहर ल्याउनुपर्ने बताए।
फागुन १४ देखि २१ गतेसम्म चल्ने यस प्रतियोगितामा नेपालभरिका १० वटा क्षेत्रीय क्लबहरू सहभागी भएको आयोजकले जानकारी गराएको छ। आज भएको खेलमा वीरगंजले पोखरालाई ६ विकेटले पराजित गरेको छ।
खेलको प्रारम्भमा पोखराले टस जिती ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो भने वीरगंजले १९ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाउँदै विजयी भएको थियो। आज भएको खेलमा म्यान अफ दि म्याच ५ विकेट लिन सफल वीरगंजका नारायण पटेल घोषित भएका थिए।