प्रस, पर्सा, ९ फागुन/
ए. नेकपा माओवादीको भ्रातृ सङगठन अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीयस्तरमा विभाजित भएपछि त्यसको असर क्षेत्रगतरूपमा पनि देखिन थालेको छ।
सभासद्समेत रहेका सालिकराम जम्मरकटेल अध्यक्ष रहेको अखिल नेपाल ट्रेड युनियन महासङ्घका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद बजगाईंको संयोजकत्वमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ गठन भएको तेस्रो साता आज महासङ्घको भोजपुरा राज्य कमिटि गठन भएको छ।
होटल सम्झनामा पत्रकार सम्मेलन आयोजना गरी भोजपुरा महासङ्घ राज्य कमिटिका संयोजक गङगा बस्नेतसमेत ८६ पदाधिकारी, सदस्यहरूको घोषणा गरिएको थियो। भोजपुरा महासङ्घ राज्य कमिटिका संयोजक गङगा बस्नेतले अध्यक्ष प्रचण्डको पक्षमा रहेको सालिकराम जम्मरकटेलले मजदुर सङगठनलाई अर्थवादी र ट्रेड युनियनवादी दिशामा डोर्याउनु, मजदुर आन्दोलनको नेतृत्व अभिजात वर्गको कित्तामा रूपान्तरित गर्नु, दलाल पूँजीपतिहरूको पक्षपोषण गर्दै सङगठनको स्रोत साधनमाथि एकलौटी पकड बनाउन क्रान्तिकारी पक्षधरलाई निषेध गरेकोले सङगठन फुटको शिकार भएको दाबी गरेका थिए।
उनले विगत डेढ वर्षदेखि अनधिकृत कार्यवाहीको प्रचार, आर्थिक नाकाबन्दी, भौतिक आक्रमण झेल्दै आएको चर्चा गरेका थिए।
पत्रकार सम्मेलनमा केन्द्रीय सचिव सोनालाल साह (आशिष)ले क्रान्तिकारी महासङ्घ मजदुरहरूको सङगठन भएको र अनेट्रेम पूँजीपति दलालहरूको सङगठन बनेको आरोप लगाए। ए. माओवादी पार्टीमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईबीच अन्तर्पार्टी सङ्घर्ष सुरु भएपछि त्यसको असर मजदुर सङगठनमा परेको हो र क्रान्तिकारीलाई भट्टराई पक्षको मानिंदै आएको छ।