प्रस, पर्सा, १४ फागुन /
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले माओवादी र एमालेबीच भएको सातबुँदे सहमति आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन्।
रिपोर्टर्स क्लब पर्साले स्थानीय होटल सम्झनामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष जबराले सातबुँदे सहमतिमध्ये छुट्टै फोर्स र दीर्घकालीन आलोपालो प्रधानमन्त्री बन्ने सहमति आफ्नो पार्टीलाई कुनै पनि सर्तमा मान्य नहुने बताए।
उनले एमाले र माओवादीबीच भएको सहमतिमध्ये छुट्टै फोर्स बनाएमा लडाकूको इमानदारितापूर्वक समायोजन हुन नसक्ने र नयाँ संविधान पनि बाँकीको तीन महिनामा बन्न सक्ने दाबी गरेका थिए। अध्यक्ष जबराले सबै दलबीच सहमतिको अवस्था आएमा बाँकीको तीन महिनामा शान्तिप्रक्रियाको टुङगो
लगाएर संविधाननिर्माण हुन सक्ने बताएका थिए ।
उनले तोकिएको समयमा सविधान र शान्तिप्रक्रिया टुङगोमा लगाउनका लागि गरिएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिलाई खारेज गर्नुपर्ने जिकिर गरेका थिए। उनले संविधाननिर्माणका लागि थप गरिएको एक वर्षमध्येको आठ महिना तीन ठूला दलको गाईजात्रा र नौटङकीमा बितेको चर्चा गर्दै तीन दलकै
कारण मुलुक अस्तव्यस्त भएको बताएका थिए ।
अध्यक्ष जबराले मुलुक अत्यन्तै भयावह स्थितिबाट गुज्रिरहेको अवस्थामा एक महिना सरकारनिर्माणमा व्यर्थमा खर्चिनुपरेको बताए। जलस्रोतको धनी मुलुकका जनताले १४ घण्टा लोडसेडिङको मार खेप्नुमा तीनदलीय अपारदर्शिता नै प्रमुख कारण भएको जबराको आरोप थियो। मुलुकमा केवल एक तिहाई मात्र उज्यालो बाँकी रहेको चर्चा गर्दै उनले आम्दानी कम र महँगी बढेकोले देशको आर्थिक, सामाजिक स्थिति र विकासका कामहरू धरापमा परिरहेकोमा चिन्ता व्यक्त गरेका थिए। माओवादीले सरकारमा जानका लागि यथास्थितिमा बार्गेनिङ गरी रहेको जबराको आरोप थियो। अध्यक्ष जबराले एमाले र माओवादीको नाटक र बार्गेनिङ जारी रहने हो भने मुलुकको अवस्था कुनै हालतमा सुधार हुनै नसक्ने उनले ठोकुवा गरेका थिए।