प्रस, पर्सा, ९ फागुन/
फूलकुमारी महतो मेमोरियल ट्रस्टले दोस्रो एमजी ट्रफी क्रिकेट प्रतियोगिता वीरगंजमा गराउने घोषणा गरेको छ।
सिन्टेज एम.एम. ट्रफीको नामबाट गत वर्ष वीरगंजमैं सञ्चालित क्रिकेट प्रतियोगिता यस वर्षदेखि एम.जी.ट्रफीको नामबाट सञ्चालन हुन गइरहेको आयोजक कमिटिका अध्यक्ष डा.वीरेन्द्र महतोले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन्।
अध्यक्ष डा. महतोले एम.जी ट्रफी नारायणी रङगशाला र कलैया क्रिकेट ग्राउन्डमा गरी दुई स्थानमा आयोजना गरिने बताए। फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगितामा वीरगंज, पोखरा, नेपालगंज, भैरहवा, काठमाडौं, जनकपुर, बैतडी र विराटनगर सहभागी हुनेछन्। फागुन २१ गतेसम्म सञ्चालित प्रतियोगितामा यस वर्ष प्रथम हुनेलाई एक लाख र द्वितीय हुनेलाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको छ। गत वर्ष प्रथमलाई ५० हजार र द्वितीयलाई २५ हजार पुरस्कार राशि रहेकोमा यस वर्ष दोब्बरी गरेको अध्यक्ष महतोले जानकारी दिंदै बर्सेनि पुरस्कार राशि वृद्धि गरिने बताएका थिए। उनले गत वर्ष प्रतियोगितामा २१ लाख खर्च भएको जानकारी गराएका थिए।
अध्यक्ष डा. महतोले स्वास्थ्य, शिक्षा, सञ्चारमा लगानी गर्दै आएको आफ्नो ट्रस्टले ओलम्पिक कमिटिलाई २५ लाख रुपियाँ अनुदान गर्ने घोषणा गरेका थिए। उनले प्रतियोगितालाई अन्तर्राष्ट्रिय रूप दिने प्रयत्न पनि भइरहेको, प्रारम्भमा सार्कदेशका क्रिकेट टिम सहभागी गराइने जानकारी गराएका थिए।