आरके पटेल, लङगडी, ८ फागुन/
गाविस पिडारीगुठी वडा ७, ८ र ९ मा आज बिहान विद्युत् सर्टसर्कीट हुँदा ५ जना घाइते हुनुका साथै लाखौं बराबरको विद्युतीय सामान जलेर नष्ट भएको छ। घाइते हुनेमा ८ वर्षीय धामु साह तेली, रामुकुमार तथा बिकीकुमार छन्। छोटेलाल तेलीकी ५० वर्षीय पत्नी सख्त घाइते भएको कारण उपचारका लागि वीरगंज लगिएको छ। ११ हजार भोल्टको विद्युतीय तार चुँडिएर खस्दा सो दुर्घटना हुन गएको स्थानीय जोखन महाराले बताए।
ट्रान्सफरमरमा एक्कासि आगो लाग्दा विद्युत् तार चुँडिएर भुइँमा खसेको थियो। गाउँलेहरूको २० वटा टिभी, २८ वटा पानी तान्ने मोटर, २० वटा मोबाइल सेट, ५ थान इन्भर्टर, ८० वटा विद्युत् मिटरलगायत अन्य सामान जलेर नष्ट भएको छ। तार भुइँमा खसेपछि ट्रान्सर्फमरमा आगो लागेको थियो। लगत्तै घर–घरमा जडान मिटरहरू पड्कन थालेको कारण गाउँलेहरू घर छोडी भागेका थिए। पोखरिया फ्युज शाखालाई पटक–पटक फोन गर्दा कसैले फोन नउठाउँदा क्षति बढी भएको गाउँलेहरूले बताएका छन्। सो विद्युत् शाखामा २४ घण्टा नै सेवा दिने कर्मचारीहरू कार्यरत रहेको कुरा विद्युत् प्राधिकरण शाखा कार्यालय वीरगंजले जनाएको छ। फोन गरेपछि विद्युत् सबस्टेशन पोखरियाले ४ घण्टापछि लाइन काटेको गाउँलेहरूले बताएका छन्। अहिले २५ गाविसको विद्युत् आपूर्ति अवरुद्ध भएको छ।