पवन तिवारी, वीरगंज, १५ फागुन/
जिल्ला प्रशासन कार्यालय, पर्साले आठजना स्थानीय उद्योगी–व्यवसायीलाई दण्डित गरेको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रशासनले उद्योगी व्यापारीहरूलाई दण्डित गरेको हो।
दण्डित हुनेमा भवानी खाद्य उद्योग वीरगंज–१५ का सञ्चालक दीपेश अग्रवाल, शिवगङगा मसाला भण्डार वीरगंज–५ का सञ्चालक प्रमोदप्रसाद कलवार, खुश्बु बेकरी एन्ड कन्फेक्सनरी प्रोडक्ट्स वीरगंज–१४ का सञ्चालक अर्जुनराज शर्मा, रमा खाद्य उद्योग वीरगंज रानीघाटका प्रभुप्रसाद कलवार रहेका छन्।
त्यसैगरी जय किराना स्टोर्स वीरगंज–१६ मुर्लीका सञ्चालक ओमप्रकाश प्रसाद, सुशील वनस्पति प्रालि परवानीपुर–७ का रतनलाल केडिया, आदर्श आयल इन्डस्ट्रिजका सञ्चालक श्रवणकुमार चाचान र सुशील वनस्पति प्रालि (सूर्यमुखी तेल) का सञ्चालक अनिल केडियालाई खाद्य ऐन २०६३ अनुसार दण्डित गरिएको प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले जानकारी गराएका छन्।
क्षेत्रीय खाद्य प्रविधि तथा नियन्त्रण कार्यालय, हेटौंडाले दायर गरेको मुद्दामा दोषी देखिएकाले उद्योगी–व्यवसायीलाई दण्डित गरिएको प्रजिअ झाले बताए।
गुणस्तरहीन बृन्दावन बेसन उत्पादन तथा बिक्री गरेको मुद्दामा सञ्चालक दीपेश अग्रवाललाई रु. ५ हजार, गुणस्तरहीन चनाको बेसन उत्पादन तथा बिक्री गरेको मुद्दामा प्रमोदप्रसाद कलवारलाई रु. ५ हजार, गुणस्तरहीन खुश्बु पाउरोटी उत्पादन तथा बिक्री गरेको मुद्दामा अर्जुनराज शर्मालाई रु. २ हजार, गुणस्तरहीन बेसन उत्पादन तथा बिक्री मुद्दामा रमा खाद्य उद्योगका प्रभुप्रसाद कलवारलाई रु. २ हजार जरिवाना गरिएको जिप्रकाले जनाएको छ।
त्यसैगरी गुणस्तरहीन केराउ दाना बिक्री मुद्दामा ओमप्रकाश प्रसादलाई रु. ५ हजार, गुणस्तरहीन डेल्टा ब्रान्डको वनस्पति घ्यू उत्पादन तथा बिक्री गरेको मुद्दामा रतनलाल केडियालाई रु. २ हजार, त्रिशक्ति ब्रान्ड तोरीको तेल गुणस्तरहीन उत्पादन गरेको मुद्दामा श्रवणकुमार चाचानलाई रु. ५ हजार र सूर्यमुखी भटमास तेल गुणस्तरहीन उत्पादन गरेको मुद्दामा अनिल केडियालाई रु. ५ हजार जरिवाना गरिएको जनाइएको छ।
खाद्य सुरक्षा ऐन २०६३ ले अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्नेलाई प्रथमपटक रु. २ देखि ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ। सो ऐनको नयाँ संशोधनमा रु. १० देखि ४० हजार दण्ड गर्ने व्यवस्था भए पनि मुद्दा ०६३ सालको भएकोले त्यही अनुसार दण्डित गरिएको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बताए।