दुई आस्था एवं प्रवीणता प्रत्येक विचारशील व्यक्तिले आफूमा उत्पन्न गर्नुपर्छ। एउटा के भने ऊ आफ्नो निजी जीवनमा विवेकवान्, चरित्रवान, सुसंस्कृत र प्रतिभावान बनोस्। सभ्य समुदायमा गनिनेयोग्य आफ्नो स्तर बनाओस्। उसको प्रामाणिकता एवं गरिमा अक्षुण्ण रहोस्।
दोस्रो काम के भने समाजनिष्ठ उदारचेता बनोस्। आत्मवत् सर्वभूतेषुको भावना विकसित गरोस्। अरूको दु:खमा आफू सहभागी बनोस् र आफ्नो सुख अरूलाई बाँडोस्। वसुधैव कुटुम्बम्को मान्यता सुदृढ गरोस्। आफूलाई समाजको एउटा अविच्छिन्न घटक मानोस् र सबैको उन्नति आफ्नो उन्नति ठानोस्। सङकीर्ण स्वार्थपरताबाट जोगिने व्रत निर्वाह गरोस् र सम्पर्क क्षेत्रमा पछि परेकालाई उठाउन, अग्रगामीलाई अघि बढाउन आफ्नो गच्छेअनुसार योगदान पुर्याओस्।
मानिसका यिनै दुई प्रधान कर्तव्य र दायित्व हुन्। उसको अन्तस्करण यसै कसीमा घोटिनुपर्छ। दृष्टिकोणमा यसै आदर्शवादिताको सघन समन्वय हुनुपर्छ। दुष्कर्म नगरोस्। अरूलाई हानि पुर्याएर आफ्नो स्वार्थ पूर्ति नगरोस्। विलासी र सङ्ग्रही नबनोस्। औसत नागरिक स्तरको जीवन बाँचोस्। कुटुम्बको असीम जिम्मेदारी आफ्नो टाउकोमा नबोकोस्। बाँकी समयलाई सत्प्रवृत्ति संवद्र्धन र दुष्प्रवृत्ति उन्मूलनको क्रियाकलापमा लगाओस्। लोभ, मोह र अहङकारी प्रदर्शनको उद्दत कार्यहरूबाट आफूलाई विरत पारेर नै यस प्रकारको उत्कृष्टता प्राप्त गर्न सकिन्छ। हाँस्दै हँसाउँदै जीवन बाँच्नु र मिलीजुली बाँडेर खानु नै मानवी गरिमाअनुरूप हुन्छ भन्ने तथ्यलाई प्रत्येक मानिसले हृदयङगम गरोस्। दृष्टिकोणलाई यति परिष्कृत गरोस् कि यी मानवोचित मर्यादाहरूको दृढतापूर्वक पालन गर्न सकोस्। नैतिक र सामाजिक वर्जनाहरूलाई कुनै पनि प्रलोभन अथवा दबाबको कारण भङग नगरोस्। क्रियाकलापहरूमा सृजनशीलता कायम रहोस्। ध्वंस, विनाश या विघटनका लागि एक पाइला पनि अघि नसारोस्।
ऋषि–तपस्वीहरूले यिनै आदर्श र सिद्धान्तहरूलाई प्रतिपादित गर्नका लागि भनेका, लेखेका र स्थापित गरेका छन्। यी कुराहरू विभिन्न क्षेत्रमा त्यहाँका मान्यता एवं परम्पराहरूका साथ तालमेल बसाएर स्थापित गरिएका हुन्। लिकमा रेलगाडी सजिलै हिंड्छ। त्यसलाई अस्तव्यस्त, कमजोर–कच्ची बाटोमा हिंडाउने हो भने दुर्घटनामात्र निम्तिन सक्छ। यसै कारण व्यवहारकुशल एवं दूरदर्शी मुनि–मनीषीहरूले आफ्नो–आफ्नो क्षेत्रमा पच्न सक्ने मान्यता र प्रथाहरूको सृजन गरे। यसैलाई तत्त्वदर्शन, नीतिशास्त्र, अध्यात्म, धर्म आदिको पहिरन लगाइयो। जनसाधारणको स्थूल बुद्धिमा यो आदर्शवादिता गहिरोसम्म प्रवेश गर्न सकोस् भनेर उनीहरूले ताल–बोध स्तरको शैली अपनाउनुपर्यो। आफ्नो प्रतिपादनबाट जनसाधारणलाई प्रभावित गर्नका लागि उनीहरूलाई कैयौं कथा–पुराणको संरचना गर्नुपर्यो। जुन कुरा स्वयं भन्न चाहन्थे, त्यसलाई तर्क–वितर्कको झन्झटबाट जोगाउन, सन्देह, अविश्वासको परिधिबाट उकास्नका लागि त्यस कथन–प्रतिपादनलाई देववाणी भन्नुपर्यो। र उक्त प्रतिपादनको प्रणेतालाई सर्वज्ञानी, सर्वसमर्थ देवता भन्नुपर्यो जसले गर्दा उसको व्यक्तित्वबाट चमत्कृत पारेर सर्वसाधारणलाई ती निर्देश, निर्धारणाहरूलाई मान्यता दिनका लागि सरलतापूर्वक सहमत पार्न सकियोस्। विशालकाय धर्म कलेवर र पुराण–कथानकहरूको ढाँचा यसै आधारमा खडा गरिएका हुन्।
समयको परिवर्तन, परिस्थितिको मागले गर्दा अभिनव समस्याहरूको समाधानका लागि पूर्व प्रतिष्ठित मान्यताहरूमा सुधार, परिवर्तनको आवश्यकता परिरहन्छ। त्यसैले नयाँ ग्रन्थ लेखिए, नयाँ सिद्धान्त स्थापित भए। यसका लागि पूर्वजहरूको कृतिहरूमा, प्रतिष्ठापनाहरूमा युगधर्मीहरूले समय–समयमा परिवर्तन पनि गरिरहे। यसलाई कसैले नराम्रो पनि ठानेन वरन् समयको आवश्यकता पूरा गर्न समर्थ नयाँ प्रतिष्ठापनालाई किञ्चित असमञ्जसका साथ स्वीकार नै गरियो।
जाडो याममा काम लाग्ने लुगाले गर्मी महिनाको आवश्यकता पूर्ति गर्न सक्दैनन्, त्यसैगरी गर्मी महिनामा धारण गरिने लुगाको उपयोगिता जाडो याममा समाप्त हुन्छ। रस–भस्महरू पुरानो हुँदै जाँदा बढी गुणकारी हुन्छन् तर दूधलाई सङ्ग्रह गर्न खोज्यो भने फाट्छ। त्यसैले मानिसहरू भलै प्राचीनतालाई अपनाउने हठ गरिरहून् तर विचारशील व्यक्तिहरूलाई यस औचित्यलाई बुझ्छन् कि समयको माग जुन प्रतिपादनलाई उपयुक्त ठान्दछ, त्यसैलाई ग्रहण गर्नुपर्छ।
संसार धेरै ठूलो छ। अब त वैज्ञानिक प्रगतिका साथसाथै जुन नयाँ यान–उपकरण एवं सञ्चालक साधन निर्माण भएका छन्, तिनले संसारलाई निकै साँघुरो बनाइदिएका छन्, यद्यपि सधैं यस्तो थिएन। नदीले, पर्वतहरूले क्षेत्रलाई विभाजित गरेका थिए त्यसैले सीमित क्षेत्रमा संसार बाँडिएको थियो। तिनका भाषा पनि क्षेत्रीय आधारमा नै विकसित भएका थिए र रीति–रिवाज, मान्यता, परम्पराहरूको शृङ्खला पनि त्यसै क्षेत्रमा आफ्नो किसिमले विकसित हुँदै रहे। समय–समयमा तिनमा अभीष्ट सुधार तथा परिर्वतन पनि भइरहे। यति हुँदा पनि ती सामयिक परिवर्तन सर्वमान्य भएन। कैयौं हठी, पुरातनपन्थी त्यस चिरपुरातनलाई नै शाश्वत मान्दै अँगालिरहन आग्रह गर्दै रहे। यस प्रकार छयासमिसे पुरातनको संयोग प्राय: सबै क्षेत्रमा चलि नै रहयो।
आज हामी यस सन्दर्भमा पछिल्ला दिनहरूमा भएका क्रियाकलापहरूमा दृष्टि पुर्याउँदछौं भने धर्म, सम्प्रदाय, दर्शन, शास्त्र, आप्तवचन, प्रचलन, रीतिरिवाज, प्रथा–परम्परा, मान्यता आदिको अतिशय विस्तृत कलेवर फिंजिएको पाउँछौं। ती सबबीच न त एकता छ, न एकरूपता वरन् सत्य त के हो भने समानताको स्थानमा भिन्नता, प्रतिकूलता र मतभेदहरू असामान्य रूपले विद्यमान छ। यस्तो अवस्थामा कुनै उग्रवादी तर्क, तथ्य, प्रमाण, कारण, आधार आदिको कसीमा यी मान्यताहरूको सुविस्तृत जाल–सञ्जालको पर्यवेक्षण गर्दछ र त्यसबाट सत्य र तथ्यलाई खोजेर निकाल्न चाहन्छ भने उसलाई घोर निराशा प्राप्त हुन्छ। असमञ्जसमा भासिएर आश्चर्यचकित मनस्थितिमा विचार गर्नुपर्दछ कि यति मतभेदका बीच यथार्थलाई कहाँ खोज्ने ? समानताको, समताको कुनै कडी आपसमा जोडिनै लागेको छैन।
अचेल ठूलो समस्या के पनि उत्पन्न भएको छ भने दार्शनिक आधारमा भिन्नता अँगालेर यति धेरै किसिमका समुदाय दृष्टिगोचर हुन थालेका छन् कि तिनको गणना नै कठिन छ। शिक्षितदेखि अशिक्षितसम्म, देशदेखि वर्गसम्मस आफ्नै किसिमले साम्प्रदायिकता वर्षात्का घाँसपातझैं उम्रेका छन्। सबैका आफ्ना–आफ्ना सिद्धान्त छन्। प्रचलन, परम्परा, कथा, कर्मकाण्ड। सबैले आफूलाई अनादि, सर्वप्रथम, सर्वप्रमुख र सत्यको सुनिश्चित ठेकेदार बताउँछन्। कोही आफ्नो कमी, त्रुटि एवं विसङगतिहरू सुन्न–मान्न तयार छैन। आफ्नो चाहिं सत्य र अरूको झूटो। सबैको आग्रह यस्तै छ। तुलनात्मक समीक्षा गरेर र विभेदहरूको कारण खोज्न–जान्न कोही तयार छैन। सबै के मानेर बसेका छन् भने उसले जे मानेको–अँगालेको छ, त्यही ईश्वरको वचन हो। त्यसै आधारमा ईश्वर प्रसन्न हुन्छन्, स्वर्ग र मुक्तिको उपहार प्रदान गर्छन्। यति मात्र होइन जो उनका मान्यतामा विमति राख्दछन्, समावेश हुन तयार हुँदैनन्, उनलाई कुनैपनि प्रकारको प्रलोभन दिएर, दबाबमा पारेर गिरोहमा सामेल गर्छन् अनि दैवी प्रसन्नता–अनुकम्पाको लाभ प्राप्त गरेको ठान्दछन्।
साम्प्रदायिक विभिन्नता एवं विचित्रताहरू अनेक प्रकारका छन्। क्षेत्रगत, धर्मगत, भाषागत, जातिगत, वर्गगत आदि। ती सबैलाई एक ठाउँमा जम्मा गर्दा विचित्र अजायबघर बन्न पुग्छ। यस चिडियाखानामा चित्र–विचित्र आकार–प्रकारका चतुष्पद भिन्न–भिन्न करतूत गरिरहेका देख्न सकिन्छ।
यस विग्रहमा कसको मान्यता कति अंशमा तथ्यमा आधारित छ र कसमा कति कल्पना भरिएको छ ? यसको निर्णय तबमात्र सम्भव छ, जब कुनै निष्पक्ष अदालत बसोस् र प्रत्येकलाई मानवीय अनुकूलताको कसीमा घोटोस्। तर्क, तथ्य, प्रमाण, कारण, प्रतिफल आदिलाई माध्यम मानेर गहिरो जाँच गरियोस्। तब यस नतिजामा पुग्न सकिन्छ कि कसको कथनमा कति अंश उपयोगिता छ र कसको कथनमा अन्धविश्वास, विमूढ प्रचलन, रनभुल्ल र अतार्किक पूर्वाग्रह भरिएको छ। तर अहिले यस्तो निष्पक्ष अदालत बस्न सम्भव प्रतीत भइरहेको छैन। अदालत त त्यसलाई भन्दछन्, जसले आफ्नो निर्णय सम्बद्ध पक्षलाई स्वीकार गर्न विवश पार्न सकोस्। जब सबै पक्ष यस कुरामा अडान लिन्छन् कि मेरो कुरा सही र अरूको गलत, भने कुनै जाँच–पडतालको सम्भावना नै कहाँ रहयो ? कुनै अदालतले कुनै निर्णय गर्यो भने पनि स्वीकार कसले गर्ने ?
वर्तमान परिस्थितिमा के मात्र सम्भव छ भने मानिस आ–आफ्नो परम्परामा कायम रहून् र अरूको आलोचना नगरून्। असम्मान प्रकट हुन नदिऊन्। आफ्नो बुवालाई बुवा भनिन्छ तर अरूको बुवालाई काका, कान्छाबा आदि भनेर सम्मान प्रकट गरिन्छ। त्यसैगरी अन्य सम्प्रदायको सम्बन्धमा पनि सम्मान प्रकट गर्ने मर्यादा बनाइयोस् र त्यसको पालन गरियोस्।
यसप्रकार अहिले सबै दर्शन र सम्प्रदायहरूलाई सहन गर्नु नै उपयुक्त छ। तीबीच प्रतिद्वन्द्विता, विग्रह उत्पन्न नहोस् यतिमात्र पर्याप्त छ। यसका लागि सर्वधर्म समभावको नीति नै सर्वोत्तम उपाय हो। यिनको सार्वजनिक रूप यही रहोस्। व्यक्तिगतरूपले जसलाई जुन सिद्धान्तबाट, जुन धर्मबाट व्यक्तिको उत्कर्ष र समाज–कल्याण उपयोगी लाग्दछ त्यसलाई अँगाल्न कुनै कठिनाइ नहोस्। त्यसो त हामीले मानवीय दर्शनको मूलभूत उद्देश्य र समाजमा अधिकाधिक उत्कृष्टता, आदर्शवादितालाई समावेश मानेर नै हिंड्नुपर्छ।