वीरगंजस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका शिक्षकहरूले विद्यालय परिसरमा धूमपान नगर्ने प्रतिबद्धता जनाएर सामाजिक दायित्व निर्वाहका साथै विद्यार्थीहरूमा नराम्रो बानी बस्ने सम्भावनालाई पन्छाउने काम गरेका छन्। निश्चय नै परिवारको अभिभावकपछि विद्यार्थीहरूमा सबैभन्दा बढी र स्थायी छाप शिक्षकहरूको नै पर्दछ। खासगरी विद्यालयस्तरका विद्यार्थीहरूको कलिलो मस्तिष्कमा आफूलाई शिक्षा दिने गुरुको अनुसरण गर्ने स्वाभाविक प्रवृत्ति उत्पन्न हुन्छ। यो प्राणी जगत्कै अनुकरण गर्ने प्रवृत्ति हो। यसै स्वभावगत गुणका कारण प्राणी जगत्को अस्तित्व कायम पनि छ। आमा–बाबुको देखासिकी के मानिस, के पशुपक्षी र जलचर सबैले आजीविकाको जोहो गर्दछन्। त्यसैले बाघको प्रवृत्तिसँग बाख्राको प्रवृत्ति मिल्दैन। डमरूले घास खाने प्रयास नै गर्दैन भने पाठोमा मासु खाने किञ्चित इच्छा जाग्रत हुँदैन। मानवेतर प्राणीमा प्रकृतिगत स्वभावभन्दा माथि जाने सामथ्र्य नहुने हुँदा बाँकी विकृतिहरूबाट ऊ जोगिएको हुन्छ।
मानिसमा ज्ञान र जिजीविषा प्रखर हुने हुँदा ऊ राम्रो र नराम्रो सबै प्रवृत्तिको अनुभव गर्न चाहन्छ र धूमपानको लत बस्न जान्छ। परिवारका अभिभावक र विद्यालयका शिक्षकहरूले अपनाएको कुलतको असर साना केटाकेटीहरू र विद्यार्थीहरूमा पर्न जान्छ। त्यसैगरी असल स्वभाव र बानी–बेहोर भएका मानिसको सङगतमा उठ्ने–बस्ने बालबालिकाहरूमा असल गुणको विकास हुन्छ। आफूभन्दा जान्नेमान्नेले गरेको कार्यको सिको गर्दा केटाकेटीहरूमा असल स्वभाव उत्पन्न हुन्छ। त्यसैले सङगीतप्रेमी परिवारका केटाकेटाहरू पनि सङगीतप्रति रुझान भएका हुन्छन्। जुन घरमा पर्याप्त मात्रामा अध्ययन गरिन्छ, त्यस परिवारका बालबालिकाहरू स्वत: अध्ययनशील हुन्छन्। अभिभावकले चुरोट खाने परिवारका बालबालिका वयस्क भएपछि चुरोट खाने र सुर्ती खाने अभिभावकका सन्तान सुर्ती खान्छन्। यो अनुकरण गर्ने प्राणी स्वभावले गर्दा हो। एउटा कलाकारको सन्तान कलाकारिताप्रति रुझान राख्दछ। एउटा शिक्षकको सन्तान शिक्षक बन्न बढी रुचि राख्दछ।
यस अर्थमा विद्यापीठका शिक्षकहरूले गरेको प्रतिबद्धता साधुवादको हकदार छ। यसले निश्चय नै बालबालिकाहरूमा अम्मलको प्रचार गर्न निषेधात्मक कार्य गर्नेछ। तर विद्यालयबाहिर पनि विद्यार्थीहरूले शिक्षकहरूमा अम्मलको बानी हेरे भने उनीहरूमा स्वभावत: त्यसको सिको गर्ने रहर जाग्न सक्छ। तसर्थ सक्ने हो भने शिक्षकहरूले अम्मल त्याग गर्नु नै उपयुक्त हो। शिक्षक मात्र होइन, समाजका अगुवाहरूले पनि अम्मल त्याग्ने प्रतिबद्धता गर्ने हो भने समाजमा व्याप्त धेरै कुसंस्कारहरूको नाश हुन मदत पुग्न सक्छ। यसबाट पैसा र स्वास्थ्यको पनि बचत हुने निश्चित छ। र महत्त्वपूर्ण कुरा यसबाट समाजले सभ्यताको मार्ग अवलम्बन गर्न सजिलो हुनेछ। आज अम्मलले गर्दा समाजको ठूलो वर्ग कुबाटोमा लागेको छ। एउटा अम्मलले अर्कोको अनुसरण गर्छ र त्यसको पूर्तिका लागि आपराधिक गतिविधिको वृद्धि भइरहेको छ। रक्सी खान पैसाको जोहो भएन भने चोरी, डाँकाजनी र हत्या गर्नसमेत मानिस पछि पर्दैन। क्यान्सर, एड्स जस्ता घातक रोग अम्मलबाट पनि फैलिरहेका छन्। यसको निराकरणका लागि अम्मलको वर्जना नै श्रेष्ठ उपाय हो।