$type=ticker$count=12$cols=4$cate=0

युवाहरूको विशेष पर्व भ्यालेन्टाइन डे

SHARE:

-विवेक खतिवडा
    भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, युवाहरूको विशेष पर्वका रूपमा विगत केही वर्षदेखि नेपालमा पनि धुमधामका साथ मनाइन थालेको छ। अहिलेको युवा पीढीले साइबर जेनेरेशनका रूपमा आफ्नो परिचय बनाउंदै गर्दा भ्यालेन्टाईन डेको रौनक सबैभन्दा बढी सोसल नेटवर्किङ साइटमा परेको छ। २ हप्ता अगाडिदेखि नै आ–आफ्नो स्ट्याटसमा भ्यालेन्टाइन डेको प्रणय भावले भरिएका कविताहरू, फेसबुक, ट्विटर र हाइफाइमा सजिएका छन्। तर प्रणय दिवस धेरै पहिलेदेखि नै मनाउंदै आएको तथ्य छ। सर्वव्यापी किंवदन्तिअनुसार भ्यालेन्टाइन डे ईस्वी सन् २ सय ६० तिर प्रेमको प्रचार गर्ने रोमका एक पादरी भ्यालेन्टाइनको नामबाट यो दिवस मनाइंदै आएको हो। रोमका सैनिकहरूलाई तत्कालीन समयमा विवाह तथा प्रेम गर्न बन्देज गरिएको थियो। सैनिकहरू विवाह तथा प्रेममा आकर्षित भएमा उनीहरू कामभन्दा बढी आफेनो परिवारलाई सम्झन्छन् र मन लगाएर काम गर्दैनन् भन्ने मान्यता थियो। तर सन्त भ्यालेन्टाइन यो मान्यता मान्न तयार भएनन्। र उनले यो बन्देज तोड्दै एक जोडी सैनिकको विवाह गराइदिए। यही विवाहको कारण उनलाई तत्कालीन रोम सरकारले मृत्युदण्ड दियो। प्रेमबिना संसारमा कुनै पनि कुराको अस्तित्व रहंदैन। कुनै न कुनै प्रकारले मानव जीवनमा प्रेमको सुगन्ध हुनुपर्दछ भन्ने मान्यता राख्थे सन्त भ्यालेन्टाइन। प्रेमप्रति अगाध आस्था राख्ने सन्त भ्यालेन्टाइनको सम्झनामा विश्वभरि उनलाई मृत्युदण्ड दिइएको दिन फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेलाई प्रेम दिवसका रूपमा मनाउन थालिएको हो। तर भ्यालेन्टाइन डेलाई उत्सवका रूपमा मनाउन थालिएको भने इस्वी सन् ३५० तिर नै हो। त्यति बेला माया–प्रेमका भावले सजिएका विभिन्न पत्रहरू प्रेमी प्रेमिकाले एक अर्कालाई दिने गर्दथे। तर बदलिंदो परिदृश्यसंगै यो दिवस मनाउने रङगढङग नै बदलिएको छ। डिनर पार्टी, महंगा उपहार, कुनै रोमान्टिक ठाउंको भ्रमण आजको भ्यालेन्टाइन डेको प्रमुख विशेषता भएको छ। भ्यालेन्टाइन डेले व्यापारिकरूपमा आफ्नो वर्चस्वलाई बढाएको भने ईस्वी सन् १७ सय ८० देखि हो। युरोपबाट जर्मनी हुंदै अमेरिका सम्म यो दिवस आइपुग्दा व्यापारिक दृष्टिले यसलाई एउटा प्रमुख पर्वको रूपमा लिन थालियो। विश्वका प्रमुख शहरहरूमा यस दिवसका लागि थुप्रै व्यापारिक केन्द्रहरू पनि खोलिएका छन्। यो दिवसको आफ्नै नयां इतिहासमा ओर्लियन्सका ड्युक चाल्र्सले टावर अफ लन्डनमा कैदी हुंदा आफ्नी प्रेमिकालाई पठाएको कार्ड नै आजसम्मको सबैभन्दा महंगो र सबैभन्दा पुरानो भ्यालेन्टाइन कार्ड भएको छ। भ्यालेन्टाइन डेको रौनक हाम्रो मुलुकमा पनि विगत केही वर्षदेखि देखिन थालेको छ। राजधानीका प्राय: सबै रेस्टुरा, डिस्को र पबहरूमा भ्यालेन्टाइन विशेष कार्यक्रमहरू भइरहेका छन् भने भ्यालेन्टाइन डेकै दिन विराटनगरमा डान्स पार्टी, पोखरामा साङगीतिक कन्सर्ट तथा सौराहामा भ्यालेन्टाइन डे फुड फेस्टिबलको आयोजना भइरहेको छ। यसैले पनि अनुमान गर्न सकिन्छ कि युवाहरूको यो पर्वलाई नेपालमा पनि व्यापारिक दृष्टिकोणले कत्ति महत्त्व दिइएको रहेछ। तर आजको प्रेम दिवसमा वीरगंज भने शून्यप्राय: छ। अघिल्लो वर्षहरूमा घडिअर्वा पोखरी परिसरमा आयोजना हुने विशेष कार्यक्रम यसपटक नहुने भएको छ। यसले युवाहरूमा केही निराशा छाए तापनि खाने मुखलाई जुंगाले छेक्दैन भनेझैं आफ्नी प्रेमिकाका लागि उपहार खरिद गरिसकेको बताउने वीरगंज–४ का अमन मानन्धर भ्यालेन्टाइन डेको यो विशेष अवसरलाई त्यतिकै खेर जान दिने पक्षमा छैनन्। त्यस्तै काठमाडौं पाटनका राजेश मोक्तानलाई वीरगंजमा भेटंदा उनी आफ्नी प्रेमिकालाई भेट्न र भ्यालेन्टाइन डे मनाउन काठमाडौं जान हतार
परिरहेकोले वीरगंज भन्सारको आफ्नो काम अधूरो छाडेर जाने मनसायमा थिए। यत्रो पर्वमा म आफ्नी प्रेमिकालाई निराश पार्न चाहन्नं, काम त अघि पछि पनि हुन्छ तर मन–मुटुकी सङिगनीसंग बिताउन पाउने रोमान्टिक क्षणलाई त्यतिकै नछोड्ने बताउंछन् मोक्तान। तर सञ्चार क्षेत्रमा क्रियाशील मुर्ली बगैंचा–१५ का आदित्य कर्णलाई भने भ्यालेन्टाइन डेले कुनै प्रभाव पारेको छैन। उनी आफ्नै कार्यालयमा बसेर कामसंगै भ्यालेन्टाइन डे मनाउने सुरमा छन्। यस्तै वीरगंजकी सृजा पौडेल भने आफूले भ्यालेन्टाइन डेको गिफ्टसमेत किनिसकेकोले प्रेम दिवसलाई उल्लासमय बनाउने सपना बुन्न तल्लीन छिन्।
    फेब्रुअरीको महिनालाई प्रेम र शान्तिको महिना भनेर चिनिन्छ। यस्तोमा जसरी सबै युवा आज अर्थात् फेब्रुअरी १४ लाई प्रेम र मायाका दिनका रूपमा मनाइरहेका छन्, त्यसैगरी प्रमुख राजनीतिक दलहरूले प्रेम र शान्तिको यो महिनालाई निष्कर्ष र स्थायित्वको महिनाको रूपमा लिन सकून्।  हयापी भ्यालेन्टाइन डे १
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : युवाहरूको विशेष पर्व भ्यालेन्टाइन डे
युवाहरूको विशेष पर्व भ्यालेन्टाइन डे
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj5p0pv9nVCbrVTQEOrJrHZvqlkg2imnfqNpvuglMSDIVw0XQnbHqBkPx2Wx8AbGgsA4Ok4jwbXB86NlbNoxwXNhiy6NP93xWfLZdkmHBlJIA5W7HcCYAo08NYwIiBTmrEuHsqi4xPcEGUL/s1600/valentines_day_comment_graphic_08.jpg.gif
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj5p0pv9nVCbrVTQEOrJrHZvqlkg2imnfqNpvuglMSDIVw0XQnbHqBkPx2Wx8AbGgsA4Ok4jwbXB86NlbNoxwXNhiy6NP93xWfLZdkmHBlJIA5W7HcCYAo08NYwIiBTmrEuHsqi4xPcEGUL/s72-c/valentines_day_comment_graphic_08.jpg.gif
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/02/blog-post_2361.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/02/blog-post_2361.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy