अहिले नेपालमा सबैभन्दा सस्तो नेपालीको ज्यान भएको छ। स्वदेशमा मात्र होइन, विदेशमा पनि नेपाली भनेपछि मूलाजत्तिको पनि मूल्य देखिएको छैन र नेपालीहरू ज्यान फालिरहेका छन्। वीरगंजमा हिजै दुईजना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो। कलैयामा एकजना सरकारी कर्मचारीको गोली हानी हत्या गरियो। स्वदेशमा रोजगार नपाएर विदेश जाने थुप्रै नेपालीहरू अनाहकमा ज्यान गुमाइरहेका छन्, कैदी जीवन व्यतीत गरिरहेका छन्। यी सबको पछाडि मुलुकमा व्याप्त अव्यवस्था नै हो। दुर्घटनामा ज्यान जानुलाई भवितव्य भन्ने गरिन्छ, तर जब घरीघरी दुर्घटना भइरहन्छ भने प्रचलित नीति नियम, सडकको अवस्था, सवारी साधनको सम्भार, चालकहरूको अज्ञानता वा नियम मिच्ने प्रवृत्तिमाथि गहन निरीक्षण आवश्यक हुन जान्छ। दुईजना मर्ने विद्यार्थीहरू जुन मोटरसाइकलमा चढेका थिए त्यसमा तीनजना सवार थिए। ठक्कर दिने सवारीको चालक अदक्ष हुन सक्छ वा सवारी साधनहरूको उचित मरम्मत सम्भार नहुँदा यान्त्रिक खराबी उत्पन्न भएर पनि दुर्घटना हुन सक्छ।
यस्ता दुर्घटनाहरूलाई भवितव्य मान्नै सकिंदैन। के मोटरसाइकल तीनजना चढेर गुडाउनका लागि बनाइएको हो ? के नेपालमा एउटा मोटरसाइकलमा तीनजना चढ्ने छुट छ ? होइन भने किन यस्तो भयो ? के शहरी सीमामा गति नियन्त्रण सम्बन्धी कुनै नियम छैन ? एउटा जाबो हेलमेट नलगाउँदा सभ्य नागरिकलाई र्याखर्याख्ती पार्ने ट्राफिक प्रहरीले के यी कुराहरूप्रति कुनै वास्ता नराख्नुपर्ने हो ? ट्रक चालकहरूसँग कानेखुशी गर्दै गोजीमा हात हालाहाल गर्नुमात्र ट्राफिक प्रहरीको काम हो ? यस्ता यावत् प्रश्नहरू छन्, जसको जवाफ ट्राफिक प्रहरीले दिनुपर्छ र शासनमा बस्ने व्यक्तिले यी सम्पूर्ण घटनाहरूमा आफ्नो नैतिक जिम्मेवारी स्वीकार गर्नुपर्छ। त्यसैगरी किन सरकारी कर्मचारीहरू मारिन्छन्, किन शिक्षकहरू मारिन्छन्, यस प्रश्नको पनि जवाफ सत्तामा बस्नेहरूले दिनुपर्छ। कर्मचारीलाई मार्दा आर्थिक हिनामिना गरेको, भ्रष्टाचार गरेको आरोप लगाइन्छ, के उसले गरेको अनियमिततामा दण्ड दिने, त्यो पनि प्राणदण्डस के कुनै समूहलाई अधिकार छ ? छैन भने सरकार के हेरि बसेको छ, आजसम्म त्यस्ता कति हत्यारालाई कानुनको कठघरामा उभ्याउन सकेको छ ?
कसैले हत्या गरेको छ र उसले जिम्मेवारी स्वीकार गर्यो भने प्रहरीलाई हाइसञ्चो हुन्छ। मानौं उसले केही गर्नैपर्दैन। केही दिन वातावरण शान्तिमय देखिन्छ, फेरि कसैको हत्या भएको खबर आउँछ। एक छिन मानिस तात्छन्, आलोचना हुन्छ, सत्तोसराप गरिन्छ र भोलिदेखि देश त्यही गतिमा हिंड्न थाल्छ। मानिसको ज्यानको मूल्य हराएर जान्छ। प्रहरीले कुनै खोज खबर गर्दैन। प्रशासनका लागि जाबो एउटा मानिस मारिनुको कुनै अर्थ रहँदैन। मारिने व्यक्ति सरकारी कर्मचारी नै किन नहोस्। त्यसैले अपराधीहरूले प्रहरीका ठूला अधिकारीहरूलाई धम्की दिन्छन्, प्रमुख जिल्ला अधिकारीमाथि आक्रमण गर्ने आँट देखाउँछन्। किनकि कानुनको भय नै छैन, मोटरसाइकलमा तीनजना चढून् वा कसैले कसैको हत्या नै किन नगरोस्। मर्ने मानिस यसै देशको नागरिक हो भन्ने हार्दिकता पनि कतै देखिन्न। ज्यानको क्षतिपूर्ति रुपियाँले दिन थालिएपछि अरु के हुन्छ ?