सुजीत अर्याल
नेताजी आफ्नो मखमली गाला सुम्सुमाउँछन्। अनि सोच्न थाल्छन्। आहा १ ती ढुङगासरी थप्पड हान्ने व्यक्ति कति महान् १ कति राम्रो मानिस। कसरी चेतावनी दिएका। कसरी मेरो अलच्छिन जति हटाइदिएका। उनको थप्पड फूलसरी भयो मलाई। यो देशको अजब गजबको कुर्सी त्यही थप्पडले दिलाइदियो। नत्रभने पार्टी फोड्न तयार हुँदासम्म त्यो महान् तथा पवित्र कुर्सी हात लागेन। कति जुगाड गरियो के–के न महान् तटस्थताको सिद्धान्त अपनाइयो। अँ हँ केही भएन। कतैबाट केही सीप लागेन। कति धाइयो, कति बात खाइयो, हुँदै भएन। त्यो महान् कुर्सी एक दिनको लागि पनि प्राप्त भएन। तर जाबो एउटा अदना जनताको थप्पड। क्रान्तिकारी थप्पड, जसको लागि प्रशंसाको कुनै शब्द छैन। त्यसले यति महान् काम गर्यो। नेताजीको सोचाइ तीव्र भयो। यसै क्रममा एउटा हुक्के, ढोके–बैठके चमचाजी नेताजीको सोचाइको क्रम भङग गर्दै कोठामा प्रवेश गर्यो। हो हजुर जस्तो महान् क्रान्तिकारी यो संसारमा कोही छैन। यत्रो क्रान्ति पश्चात् हजुरले कुर्सी भाग्योदय उपहारमा पाउनुभयो। योभन्दा ठूलो केही हुँदैन। हो होइन। यस्तो हुँदै होइन। नेताजी झल्याँस्स भए। आफ्नो लघु प्रशंसाको गीतले उनी पुलकित भए। हेर चमचा यो बहुत सानो कुरा हो। मुख्य कुरा त त्यो थप्पड हो। जसले मलाई यहाँसम्म पुर्यायो। मलाई त दु:ख लागिरहेको छ। थप्पड हान्नेलाई केही गर्न नसकेकोमा। मेरो विचार छ, एउटा थप्पड आयोग बनाउने। त्यसमा करोडौं खर्च गर्ने अनि थप्पड हान्नेलाई पुरस्कृत गर्ने। विचरा गरिब जनता न हो। उसलाई मखमली माला किन्ने पैसा दिने। अनी उसैबाट सम्मानित हुने। यो भएपछि मेरो कर्तव्य पनि पूरा हुन्छ। थप्पड हान्ने पुरस्कृत भयो भने त्यसले थप्पड महिमाको शास्त्र तयार हुन्छ। हुक्के–ढोके–बैठके चमचा तुरुन्त अवाक् भए। उनको मुखबाट मधुर वाक्य हावामा लहरित भयो। हजुर यस्तो महान् क्रान्तिकारी मानिस १ कस्तो सुयोग्य विचार आएको। थप्पड आयोग मेरै अध्यक्षतामा बनाए कसो होला ? करोडौं खाने र्यालले चमचाजी थुक निल्दा भए। हेर यस्तो थप्पड अरू नेताले खाए कुर्सी जाला है। त्यसैले यो आयोग अति गोप्य हुनेछ। पुरानो भैपरिआउने बजेटबाट खर्च गर्नेगरी। थप्पड अब मेरो प्रिय विषय भयो। यो नभई नेतागिरी सफल नहुने। यो नभए कुर्सी नहुने। अब थप्पडलाई लोकप्रिय बनाउने चड्याम्म थप्पड दिनेलाई पुरस्कृत गर्ने। नेताजीको भीमकाय अनुहारबाट लघुकाय शब्द जाहेर भयो। हुक्के–ढोके–बैठके चमचाको खुशीको सीमा थिएन। आखिरमा यो थप्पड हो। यसैलेपनि यसको उँचाइ निकै छ। जनतालाई छुट छ थप्पड हान्नलाई। जाबो संविधान केही होइन। अमनचैन, शान्ति केही पनि होइन। जे छ त्यो थप्पड हो। त्यसैले अब पसलमा जतिसुकै महँगो दाममा सामान बेचेपनि छुटमा ग्राहकलाई महँगीको सानो थप्पड पनि प्रदान गर्नु म कुर्सीधारीको कर्तव्य हो। म आफ्नो कर्तव्यबाट चुक्दिनँ। उनको लघुकाय शब्द जारी थियो। आखिरमा थप्पडबाट सुशोभित नेताजी न हुन्। उनी के कम। अब यहाँ पनि नेता हुनुहुन्छ भने प्रायोजित थप्पड खानुस् र भाँचिएको कुर्सीमा बस्नुस्। यो अमूल्य सुझाव उनै चमचाको छ है हजुरलाई। किनकि थप्पड महिमा छ अपरम्पार, गजबको छ यो संसार।