लामो काल शासन गरेका र आफूलाई सर्वथा योग्य ठान्ने राजनेताहरूको मानमर्दन हुने क्रम चलेको छ। मिश्रका राष्ट्रपति होस्नी मुबारकबाट सुरु भएको यो हावाले लिबिया, यमन, बहराइन, मोरक्को आदि मुलुकहरूलाई छोइसकेको छ। प्रजातन्त्रमा कुनै एक व्यक्ति सदैव सही हुन सक्दैन। प्रजातन्त्रमा लामो समयसम्म शासन चलाउने व्यक्तिमा अधिनायकवाद विकसित भएर यस्तो हुन जान्छ। त्यसैले सर्वथा सजग देशका जनता वा राजनेता न कसैलाई अधिनायक बन्न दिने अवसर जुराउँछन् न कोही बन्न नै चाहन्छ। अमेरिकाजस्तो अति शक्तिशाली राष्ट्रमा दुईपटकभन्दा बढी कोही पनि, ऊ जतिसुकै शक्तिशाली र लोकप्रिय किन नहोस् चुनाव लड्नै चाहन्न। शायद राजनेताहरूलाई यो डर रहन्छ कि त्यसको अर्थ जनताले शासनको भोको ठान्ला र पराजयपछि सम्पूर्ण जीवन नै अभिशापग्रस्त होला। त्यसैले राष्ट्रपति पदमा पुगेर सामान्य जीवनमा फर्केको राजनेतालाई त्यस मुलुकमा औधी सम्मान गर्ने र उसको कुरालाई गम्भीरतापूर्वक सुन्ने चलन छ।
नेपालले घरीघरी यस्तो कुरा बेहोरिसकेको छ। प्रजातान्त्रिक अभ्यासमा लागेको नेपालले विगत दुई दशकदेखि विभिन्न नेताहरूलाई बेहोरेको छ, जसले आफूलाई स्वनामधन्य ठानेका थिए। सत्ता गठबन्धनको फलस्वरूप कोही व्यक्ति जतिसुकैपटक प्रधानमन्त्री बनेको किन नहोस्, उसले स्वाभाविक रूपमा राजनेताको जुन सम्मान पाउनुपर्ने थियो, त्यो जनस्तरबाट प्राप्त गर्न सकेन। २४० बर्से राजतन्त्र समाप्त भयो, केही राजाबाहेक आज स्मरणीय को रहेको छ ? दुई दशकसम्म सत्तामा विभिन्न व्यक्तिहरू बसे, शासनसत्ता चलाए, तर कसलाई आज नेपाली जनताले यस व्यक्तिले आजको अन्योलपूर्ण अवस्थाबाट मुलुक र जनतालाई उन्मुक्ति दिलाउन सक्छ भनेर मानेको वा ठानेको छ। यस क्रममा नेपालमा कल्पनातीत परिवर्तनहरू पनि भए। शान्त नेपाललाई युद्धको ज्वालामा धकेल्ने गतिविधिहरू पनि भए, तर खोइ एउटा सक्षम नेतृत्व जन्मन सकेको ? यसको पछाडि अरू जे कारण रहे पनि सत्तामा बसेको बेला आफू नै सर्वथा योग्य, म मरे देशमा बुद्धिको भाँडो नै रित्तन्छ भन्ने सोच हावी भएर कसैले राजनेताको हुनुपर्ने छवि प्राप्त गर्न सकेन। सबै सत्ताबाहिर बस्दा राजनेता र सत्तामा पुग्दा स्वार्थी बनेको देखियो।
आज जुन मुलुकहरूमा अतिशय आन्दोलनका गतिविधिहरू भइरहेका छन्, त्यहाँका शासकहरू मोरक्कोबाहेक राजा होइनन्। सबै जनताकै छोरा हुन्। तर कुनै एउटा राजाले
राज्य गर्नेभन्दा बढी समयसम्म तिनले शासन सत्ता चलाए। र आज विरोधको रापमा पिल्सिंदै कोही पदच्युत गरिएका छन् कोही अतासिएका छन्। किनकि उनले जनताको पक्षमा काम गरेनन्। निर्वाचनलाई शक्तिले निर्देशित गरी जनताको आँखामा छारो हाल्ने काममात्र गरे। अन्यथा जुन जनताले उनीहरूलाई मत दिएको थियो, त्यही जनता उनका विपक्षमा लाग्नुपर्ने औचित्य के ? मुअम्मर गद्दाफीको सनकबारे कसलाई थाहा छैन ? के जनताको व्यक्ति सनकी हुन सक्छ ? यसको अर्थ आजसम्म उनले जनतालाई ढाँटेर, डर र धाक देखाएर सत्ता कब्जा गरेका थिए भन्ने प्रमाणित हुन्छ। त्यसैले उनी जन आन्दोलनको राँको सहन सकिरहेका छैनन्। के नेपाली शासकहरूले अझै पनि आफूलाई सच्याएर सही मार्ग अँगाल्ने र अन्योलग्रस्त मुलुकलाई निकास दिने विवेक देखाउँदैनन् ?