$type=ticker$count=12$cols=4$cate=0

गरिबी र अर्थ व्यवस्था १८ उधारो पत्र

SHARE:

विश्वराज अधिकारी
उधारो पत्र (Credit card) एक किसिमको नगद नै हो। यसले नगदले झै कार्य गर्दछ। यसको प्रयोगले गर्दा एकातिर पैसा नभएको बेलामा पनि आफूलाई आवश्यक परेका सामाग्रीहरु खरिद गरेर आफूसँग पैसा भए पछि त्यसको भुक्तानी गर्न सकिन्छ र अभावको स्थितिमा बस्नु पर्देन भने अर्कोतिर पैसाको खाँचो परेका बेला योसँग वा उसँग सापट्टी लिनु पर्देन। यसै गरी बिक्रेताहरुले पनि तत्काल खल्तिमा पैसा नभएका ग्राहकहरुलाई पनि सामान बिक्री गरेर आफ्नो बिक्रीको परिणाममा वृद्धि गर्न सक्छन्। र आफ्नो बिक्रीलाई नियमित र भरपर्दो तुल्याउन सक्छन।
उधारो पत्रको प्रयोगले गर्दा, उधारोमा सामान बिक्री गरे पछि त्यसको भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने चिंता बिक्रेताले लिनु पर्दैन। उधारो पत्रको आधारमा  सामान बिक्री गर्दा बिक्रेताले सामान बिक्री गर्ने बितिक्कै त्यसको भुक्तानी नपाए पनि दुइ चार दिन पछि भने अवश्य पाउँछ। बिक्रेताले आफ्नो सामानको मूल्य क्रेडिट कार्ड कम्पनीबाट पाउँछ र क्रेडिट कार्ड कम्पनीले पछि बिक्रेतालाई जति भुक्तानी गरेको हो त्यति रकम क्रेताबाट प्राप्त गर्दछ।
 उधारो  पत्र वा क्रेडिट कार्ड,  क्रेडिट कार्ड कम्पनीहरुले  जारी गरेका हुन्छन र  क्रेडिट कार्ड जुन सुकै व्यक्तिले पनि प्राप्त गर्न सक्छ। क्रेडिट कार्डको प्रयोग गरेर आफूले जति रुपैयाँका सामानहरु विभिन्न पसलहरुबाट खरिद गरेको हो त्यति रुपैयाँ तोकिएको समयमा क्रेडिट कार्ड कम्पनीलाई बुझाउने हो भने आफूले खरिद गरे जतिको रकममा ब्याज भुक्तानी गर्नु पर्दैन। तर तोकिएको समय भन्दा ढिलो गरि भुक्तानी गरेमा भने ब्याज तिर्नु पर्दछ। र ब्याजको दर पनि फरक फरक किसिमको हुन्छ। प्राय: जसको क्रेडिट इतिहास (Credit history) राम्रो छ वा जसले क्रेडिट कार्ड कम्पनीले तोकेको समयमा भुक्तानी गरेको छ र रकम बाँकी राखेर भुक्तानी गर्दै नगर्ने गरेको छैन भने उसले कम ब्याज तिर्नु पर्छ। तर जसले तोकेको समयमा क्रेडिट कार्ट कम्पनीलाई भुक्तानी गरेको छैन र रकम बाँकी राखेर ढिलो गरि भुक्तानी गरेको छ भने उसले बढी ब्याज तिर्नु पर्ने हुन्छ। यसरी, जसको क्रेडिट हिस्ट्री राम्रो छ उसले ३ या ४ प्रतिसत ब्याज तिर्नु पर्ने हुन सक्छ भने जसको क्रेडिट हिस्ट्री राम्रो छैन उसले १५ देखि २० प्रतिसत ब्याज तिर्नु पर्ने हुन सक्छ। यो केवल एउटा उदाहरण मात्र हो। कति ब्याज लिने भन्ने कुरा प्राय: क्रेडिट कार्ड कम्पनीमा भर पर्दछ। यसरी, सबै क्रेडिट कार्ड प्रयोगकर्ताले एउटै दरमा ब्याज तिर्नु पर्ने हुँदैन। जसको आर्थिक व्यवहार (तोकिएको समयमा भुक्तानी गरेको छ, भुक्तानी नै नगर्ने गरेको छैन) राम्रो छ उसले कम ब्याज तिर्नु पर्छ भने उत्तिकै रमकका लागि आर्थिक व्यवहार राम्रो नहुनेले बढी तिर्नु पर्छ। यसरी, कोसँग कति ब्याज लिने भन्ने कुराको निर्धारण क्रेडिट कार्ड कम्पनीले व्यक्तिको आर्थिक व्यवहारको आधारमा गर्दछ। यसबाट राम्रो आर्थिक व्यवहार गर्नेलाई फाइदा पुग्छ किनभने उसले राम्रो आर्थिक व्यवहारको कारणले गर्दा कम ब्याज दरको क्रेडिट कार्ड पाउन सक्छ। धेरै अवस्थाहरुमा, क्रेडिट कार्डले व्यक्तिहरुलाई आर्थिक व्यवहार राम्रो पार्न उत्प्रेरित गर्ने कार्य गर्दछ। र आर्थिक व्यवहार राम्रो पारेर क्रेडिट कार्डबाट निकै किसिमका फाइदाहरु लिन सकिन्छ पनि। क्रेडिट कार्ड कम्पनीहरुले २०० मूल्य देखि २५,००० वा सो भन्दा बढी मूल्यका क्रेडिट कार्डहरु पनि  व्यक्तिहरुलाई जारी गरेका हुन सक्छन। विभिन्न देशहरुमा, त्यहाँका मुद्रामा, विभिन्न क्रेडिट लिमिट(मूल्यका)का क्रेडिट कार्डहरु जारी गरिएको हुन सक्छन।
उधारो पत्रले नगदलाई विस्तारै विस्थापित  गर्देछ। विकसित मुलुकहरुमा ग्राहकहरुले नगदमा खरिद गरेको ज्यादै कम देखिन्छ। हुन पनि उधारो प्रत्रद्वारा जुन सुकै किसिमको भुक्तानी गर्न सकिन्छ। बसको भाडा होस, वा क्याम्पसको फि, क्रेडिट कार्डद्वारा भुक्तान गर्न सकिन्छ।  यसै गरी सिनेमा हलको टिकट होस वा गाडी पार्किङ्ग गरेको शुल्क, क्रेडिट कार्डद्वारा भुक्तान गर्न सकिन्छ। तरकारी, फलफूल, घरघरायसी सामान लगाएत फ्रिज, कारसम्म पनि क्रेडिट कार्ड प्रयोग गरेर खरिद गर्न सकिन्छ।
क्रेडिट कार्डले  नगदको सुरक्षा पनि गर्छ किनभने क्रेडिट कार्डको  प्रयोग गरेर नगद बोक्नु पर्ने  झंझट लिनु पर्दैन। पैसा बोक्दा चोरी हुने, त्यो हराएको खण्डमा आर्थिक क्षति बेहोर्नु पर्ने जस्ता बाध्यताहरुको अन्त्य पनि गरिदिन्छ क्रेडिट कार्डले। क्रेडिट कार्ड हराए वा चोरी भएमा पैसा हराए वा चोरी भए जस्तो क्षति बेहोर्नु पर्दैन पनि। किनभने क्रेडिट कार्ड हराए वा चोरी भएमा, तत्काल जुन क्रेडिट कार्ड कम्पनीबाट सो क्रेडिट कार्ड जारी गरिएको हो त्यसलाई खबर गरिदिएमा उसले उक्त क्रेडिट कार्डबाट हुने भुक्तानी तत्काल नै रोकिदिन्छ।
नेपालमा उधारो  पत्र वा क्रेडिट कार्डको प्रयोग गरेर गरिबहरुको क्रय शक्तिमा वृद्धि ल्याउन सकिन्छ। खल्तिमा पैसा नभएको समयमा पनि सामान खरिद गर्ने सक्ने स्थितिमा उनीहरुलाई पुर्याउन सकिन्छ। यस्तो गरेर बहुसंख्यक नेपालीहरुलाई दयनीय गरिबीको स्थितिबाट बाहिर ल्याउन सकिन्छ। तर यहाँ प्रश्न उठ्न सक्छ के गरिबीहरुले खरिद गर्ने पसलहरुलाई क्रेडिट कार्डको प्रयोग गर्ने सक्ने स्थितिमा पुर्याउन सकिन्छ? के नेपालका क्रेडिट कार्ड कम्पनी वा  बैंकहरुले आम नेपाली जनताहरुले प्रयोग गर्न सक्ने कम मूल्य (क्रेडिट लिमिट) का क्रेडिट कार्डहरु उपलब्ध गराउन सक्छन? यी प्रश्नहरुको उत्तर के हो भने वर्तमान युग ज्ञानको युग हो पूँजीको होइन। नेपालका ठूला ठूला व्यापारिक प्रतिष्ठानहरुले आँट गर्ने हो भने नेपालमा पनि क्रेडिट कार्डको प्रयोगलाई गरिबहरुको पहुँचसम्म पुर्याउन सकिन्छ। नेपालका गरिबहरुसम्म क्रेडिट कार्ड पुर्याउने जिम्मेवारी तपाँई उद्योगपति तथा व्यापारीहरुको नै हो। यस्तो कार्य गरेर नेपालको गरिबी कम पार्नमा तपाँइहरुले महत्वपूर्ण योगदान पुर्याउन सक्नु हुन्छ। सक्ताका लागि हारा लुछ गरिरहेका राजनैतिक नेताहरुबाट के नै अपेक्षा गर्न सकिन्छ र?
क्रमश:
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : गरिबी र अर्थ व्यवस्था १८ उधारो पत्र
गरिबी र अर्थ व्यवस्था १८ उधारो पत्र
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/02/blog-post_1650.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/02/blog-post_1650.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy