–कुमार रूपाखेती नेपालीहरूलाई धेरै कुराको ज्ञान छैन। नोट (रुपियाँ) बारे त नेपालीहरू झनै अनभिज्ञ छन्। यही अज्ञानताका कारण नेपाली नोटहरू चाँडै झुत्रो हुने, च्यातिने र नचल्ने अवस्थामा पुग्छन्। नोटमा लेख्ने, कर्याककुरूक गरेर जथाभावी राख्ने, पानीले भिजाउने र नोटलाई बटारेर कान कोट्याउनेसम्मको काम गरिन्छ। झुत्रो नोट बैंकले सजिलै साटी दिन्छ भन्ने ज्ञान चाहिं छ हाम्रोमा। तर नोटलाई असमय झुत्रो पार्दा, च्यात्दा मुलुकले नयाँ नोट छपाउनुपर्दा अत्यन्तै कष्टकर र आर्थिक बोझ थपिन्छ भन्ने कुराको ज्ञान हामीमा छैन। अन्तर्राष्ट्रिय बैंकिङ नियमअनुसाार एउटा नोटको सरदर आयु दुई वर्ष मानिन्छ। विकसित राष्ट्रहरूमा नोटलाई बडो जतन गरेर राखिन्छ। के कुनै विदेशी डलर (नोट) मा तपाईंले जथाभावी लेखेर, केरमेट गरेको पाउनुहुन्छ ? हाम्रो हातमा परेको डलर (विदेशी नोट) लाई नेपालीहरूले समेत जतनले सफा र सुरक्षित राख्न रुचाउँछन् तर आफ्नै मुलुकको नेपाली नोटको हविगतबारे आम नेपालीलाई कुनै चिन्ता छैन। नोटको सुरक्षा हुन नसकेकोमा हालै गर्भनर युवराज खतिवडाले विराटनगरमा चिन्तासमेत व्यक्त गरे। अस्ति शुक्रवार विराटनगरमा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग काठमाडौंले आयोजना गरेको कार्यक्रममा उनले– ‘नोट आयु अगावै बिग्रने, झुत्रो देखिने र नोट छाप्न लगानी बढी हुन थालेको कुरा बताए। भनिन्छ कुनै पनि मुलुकको नोटको अवस्था
(दुर्दशा) हेरेर त्यहाँका जनतामा भएको सामाजिक विकासको मूल्याङकन गर्न सकिन्छ। साथै मुलुकको इज्जत राख्नका खातिर पनि नोट सुरक्षाको विषयमा जनतामा चेतना जगाउन जरुरी देखिन्छ। अझै पनि नेपालमा नोट घरमैं थन्काएर चाङ लगाएर राख्ने प्रचलन कायम छ। यसले गर्दा पनि नोटमा ढुसी पर्ने, झुत्रिने र पुरानो देखिने गर्दछ।
मुलुकमा च्याउसरी बैंक, फाइनान्स र वित्तीय कम्पनीहरू खुलेका छन्, यिनीहरूमा पनि नोटको सुरक्षाबारे चासो र सरोकार देखिंदैन। नोटको छपाइ र सुरक्षाको जिम्मा नेपाल राष्ट्र बैंकमा मात्र रहेको ठानिएको छ।
वर्तमान नियम अनुसार दस लाखभन्दा बढी रुपियाँ बैंकमा जम्मा गर्न गए, स्रोत खुलाउनुपर्ने प्रावधान पनि छ, त्यसैले डराएर मान्छेहरू नोट घरमा कोचेर, लुकाएर राख्छन् जसले गर्दा बजारमा नोटको अभाव हुन्छ। नोट प्रचलनमा आओस्, बैंकमा आओस् भन्नका लागि बैंकहरूले धमाधम ब्याज बढाउन थालेका छन्।
२०६६ साल दशैंमा नेपाली नोटको अभाव हुँदा नेपाल राष्ट्र बैंकबाट झुत्रो नोट, भारतीय नोटसमेत बिनाबट्टा वितरण भएको थियो। अहिले भारु नोटको अभाव छ, कालाबजारी छ। भारतीय नोट होल्ड गर्ने प्रवृत्ति बढ्दो छ।
एकातिर अवस्था यस्तो छ भने अर्कोतिर सरकारले पुराना र पूर्व राजाहरूको तस्वीर अङिकत नोट बैंकमार्फत् कारोबार नगरी आफैंसँग राखेर यही फागुनसम्म नेपाल राष्ट्र बैंकको शाखाहरूमा दाखिला गर्नुपर्ने हल्लाले बजार गरम छ। तर यो हल्लालाई त्यति ध्यान दिइएको देखिंदैन। भनिन्छ तत्कालीन राजाका तस्वीर भएका नोटहरू अमौद्रीकरण गरेको नभई सगरमाथा चिह्न भएका नयाँ नोटहरू प्रयोगमा ल्याउन खोजिएको हो। यस मामिलामा नेपाल राष्ट्र बैंकले आफू नियन्त्रक नभएको फेसिलेटर मात्र भएको बताउँदै आएको छ। २०६५ सालसम्म ५, १०, २०, ५०, १००, ५००, १००० दरका थुप्रै राजाको फोटो अङिकत नयाँ नोटहरू बजारमा आएको हो। अब आयु अगावै यस्ता चलनचल्तीका नोटहरू बजारबाट विस्थापित गराई सगरमाथा अङिकत नयाँ नोट छाप्दा मुलुकले ठूलै आर्थिक कठिनाइको सामना गर्नु नपर्ला भन्न सकिन्न। भनिन्छ, राजाको तस्वीर भएको नोट हटाउने सरकारी नीति माधव नेपालकै सरकारको पालाको देन हो। नेपाली नोटको हविगत अस्तव्यस्त नेपाली राजनीतिजस्तै छ। आफ्नो नोट जसरी राखे पनि भयो, नीति र सिद्धान्तविपरीत जसरी राजनीति गरे पनि भयो भनेजस्तै।