प्रस,पर्सा,१५ माघ/
हिन्दु युवा संघ नेपालका अध्यक्ष स्वर्गिय काशी तिवारीको परिवारलाई ५ लाख रुपैयाको सहयोग प्राप्त भएको छ। संघका वरिष्ठ सल्लाहकार ज्योतिलाल कल्वारको श्रीमति लालमुनिदेवी कल्वारले स्वर्गिय तिवारीकी श्रीमति बबिता देवीलाई रु ५ लाखको चेक हस्तान्तरण गरेकी थिइन। स्थानिय होटल सिजनमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा वरिष्ठ सल्लाहकार कल्वारले स्वर्गिय तिवारीको परिवारको आर्थिक स्थिती कमजोर भएकोले सहयोग स्वरुप ५ लाखको चेक हस्तान्तरण गरिएको बताए। वरिष्ठ सल्लाहकार कल्वारले स्व. तिवारीको हत्यापछि सरकार र हिन्दु युवा संघ वीच भएको सम्झौता अनुसार सम्बन्धित पक्षले काम नगरेको बताए। उनले यसै महिना भीत्रमा माग पुरा नभए संघले कडा आन्दोलन गर्ने चेतावनि पनि दिएका थिए। हिन्दु युवा संघ नेपालका अध्यक्ष स्व.तिवारीको हत्यापछि नेपाल सरकार र युवा संघवीच मृतकलाई शहिद घोषणा गर्ने, हत्यारालाई कारवाही र मृतकका परिवारलाइ क्षतिपुर्ति दिने लगायतको सहमति भएको थियो। तर सो सहमति आजका मितिसम्म कार्यान्वयन नभएकोले बाध्य भएर आन्दोलनमा जानु बाहेकको विकल्प नभएको स्पष्ट पारेको छ। पत्रकार सम्मेलनमा स्थानिय पत्रकारहरु र हिन्दु युवा संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो।