प्रस,पर्सा १६ माघ /
शहिद दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा वीरगंजको घण्टाघरबाट र्याली निकाली नगरपरिक्रमा गर्दै बालमन्दिरमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै पर्साका प्रजिअ नागेन्द्र झाले शहिदहरुको बलिदानीबाट मुलुकमा लोकतन्त्र , गणतन्त्र आएको बताए। उनले शहिदकै कारण मुलुकमा आमूल परिवर्तन भएको हुँदा शहिदको सपना साकार पार्न देशलाई शान्ति र समृद्धतर्फ अग्रसर गर्न सबै लागिपर्नुपर्ने बताए। कार्यक्रममा नेकपा संयुक्तका रामराज जैसवाल, वीउवासंघका उपाध्यक्ष अशोक बैद्य, स्थानिय विकास अधिकारी रामाधिन यादव, शिक्षा अधिकारी केदार तिवारी लगायतले मन्तब्य व्यक्त गरेका थिए। कार्यक्रममा नेपाल प्रहरीले शहिदहरुप्रति सलामी अर्पण गरेको थियो।
यसैगरी शहिद दिवसको अवसरमा आज वीरगंजमा नेपाली कांग्रेसले शहिद थिरबम मल्ल र तेजबहादुर अमात्यको शालिकमा माल्यार्पण साथै पूजाआर्जना गरेको थियो। नारायणी उपक्षेत्रिय अस्पतालस्थित थिरबम मल्लको शालिकमा पुगेर स्थानिय कांग्रेस नेताहरुले माल्यार्पण गरेका थिए भने र्याली सहित नगरपरिक्रमा गरी गण्डक बहुअरी स्थित तेजबहादुर अमात्यको शालिकमा पुगेर माल्र्यापण गरेका हुन्।