प्रस, पर्सा, ११ माघ /
पत्रकारलाई दिएको धम्कीविरुद्ध नेपाल पत्रकार महासङ्घ पर्साले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ। महासङ्घ पर्साका अध्यक्ष शत्रुघ्न नेपालको नेतृत्वमा गएका पत्रकारहरूको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालको लिखितरूपमा ध्यानाकर्षण गराएको छ।
सोमवारसम्म अज्ञात अपराधीले भारतीय मोबाइल नं. ०९१–८६०३३९०५५८ बाट मेची महाकाली मिडिया सोसाइटी पर्साका अध्यक्ष श्रीराम रायमाझी र स्थानीय जनप्रतिविम्ब दैनिकका प्रकाशक सम्पादक सञ्जय साहलाई ज्यान मार्ने धम्की दिएकोविरुद्ध महासङ्घले त्यस्तो कार्यले समाजमा शान्ति खलबल्याउने ठहर गर्दै प्रशासनको ध्यानाकर्षण गराएको हो।
साहलाई साँझ ७ बजेर ३० मिनेट र रायमाझीलाई ८ बजेर १० मिनेटमा सोही नम्बरबाट अपराधीले फोन गरी ‘कलम बहुत चला रहे हैं’ भन्दै ज्यान मार्ने धम्की दिएको रायमाझीले बताए।
प्रशासकीय अधिकृत अर्यालले नेपालमा सुरक्षा निकाय तथा भारतमा महावाणिज्य दूतावासमार्फत् अपराधीलाई नियन्त्रण गर्ने कार्य गरिने बताए। घटनामा संलग्न अपराधीलाई खोज्ने कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ। घटनाको मेची–महाकाली मिडिया सोसाइटी पर्सा र रिपोर्टर्स क्लबले निन्दा गरेको छ। सोसाइटी पर्साका सचिव प्रताप श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अपराधीको मनोबल बढ्न नदिन र नागरिक सूचनाको अधिकार संरक्षण गर्न सरकारसँग माग गरिएको छ।