-विनोद गुप्ताहिजो अर्थात् माघ १५ गते राति करिब ७ बजे वडा नं. ५ बाट मणि भाइले १६ गते शहीद दिवसको कार्यक्रममा नेपाली काङ्ग्रेसको सक्रिय सदस्यको हैसियतमा बिहान ८ बजे ना.उ.क्षे. अस्पतालमा शहीद थिरबम मल्लको सालिकमा र गण्डक चोकस्थित स्व. तेजबहादुर अमात्यको सालिकमा माल्यार्पणको कार्यक्रम रहेको सुनेर मन हर्षले विभोर भयो। नेकाका नेता रामहरि जोशीद्वारा ००७ सालको क्रान्तिको सन्दर्भमा लेखिएको एउटा पुस्तकमा यी दुवै वीरहरूको प्रेरक प्रसङगको उल्लेख भएको घटनामध्ये एक दुई सम्झन पुगें। पहिलो घटना थियो तत्कालीन बडा हाकिम सोम शम्शेरको बङगला कब्जा गर्दा ब्यारेकबाट आएका हतियारबन्द सैनिक टुकडीलाई स्व. तेजबहादुर अमात्यले गोली नभएको स्टेनगनधारक मुक्ति सेनालाई “ल स्टेनर यिनलाई ताक” भन्ने आदेश दिनु र ती मुक्ति सैनिकले आदेशको अर्थ बुझ्दै आफ्नै ज्यान जोखिममा राखेर खाली स्टेनगन लोड गर्ने कर्म गर्नु र त्यसैको भरमा राणा सैनिक टुकडीलाई नियन्त्रणमा लिनु। दोस्रो घटना शहीद थिरबम मल्लसँग सम्बन्धित छ। मलाई याद भएसम्म पुस्तकमा उनी सोम शम्शेरका भान्जा थिए भनी उल्लेख थियो र उनले आफ्नो ज्यानको बाजी लगाएर आफ्नै मामालाई नियन्त्रणमा लिएका थिए। कस्तो साहस र त्याग थियो यी दुवै वीर सपूतहरूको।
यिनै कुराहरू सम्झँदै माघ २६ गते बिहान ८ बजे नाउक्षे अस्पताल पुगें। मोटरसाइकल पार्क गरी शहीदको प्रतिमा हेर्न खोजें, देखिएन। उत्तर, दक्षिण, पूर्व, पश्चिम कतै फेला नपरेपछि आश्चर्य लाग्यो। प्रतिमा त थियो। के भएछ ? थिएन भने किन कार्यक्रम यहाँ राखेका होलान् ? यहाँ थिएन भने घणघरमा नै गएको भए हुन्थ्यो जस्तो लाग्यो। तर तत्कालै सम्झना आयो त्यहाँ उनको सालिक त हामीले तोडिसकेका रहेछौं। यही गन्थन चलिरहँदा नाउक्षेमा काङ्ग्रेसी मित्रहरूको जमघट देखिन थाल्यो। उहाँहरूसँग साकिल कता छ भनेर सोध्न लाज लागेर पछि–पछि लाग्दा विस्तारित आकस्मिक कक्षले सालिकसम्म पुग्ने बाटो अवरुद्ध गरी पूरै सालिक छेकेको रहेछ र त्यहाँसम्म पुग्न आकस्मिक कक्ष भवनको उत्तरपट्टि जानुपर्दो रहेछ। व्यक्तिको नाउँमा रहेको ट्रस्टले राष्ट्रिय विभूतिकै प्रतिमा छेक्नेगरी भवन निर्माण गर्न पाउने हाम्रो सोचको स्तर कस्तो छ सोचेर मन खिन्न भयो। सालिक वरिपरि नालीको किनारमा चुन छर्किए पनि आकस्मिक कक्षबाट निस्केको फोहर पानीले शहीदको सालिक वरिपरि प्रशस्तै हिलो थियो। मलाई हाम्रो विचार र हिलोमा ठूलो साम्य भएकोजस्तो लाग्यो। कार्यक्रम सुरु भयो र गण्डक चोक पुग्ने निमन्त्रणसहित समाप्त पनि।
गण्डक चोकमा शहीद तेजबहादुर अमात्यको सालिक रहेको छ। यो सालिक निर्माण हुने बेलादेखि नै म पनि शहीद तेजबहादुर अमात्य ट्रस्टको उपाध्यक्ष छु। उहाँको स्मृतिमा आयोजना हुने १० औं शहीद तेजबहादुर अमात्य गोल्ड कप प्रतियोगिता साधन र स्रोत भएपनि त्यसपश्चात् आयोजन हुन सकेको छैन। र यो ट्रस्टले त्यसबाहेक अन्य कुनै रचनात्मक काम पनि गर्न नसकेको सम्झेर गण्डक चोक पुग्ने हिम्मत जुटाउन सकिनँ। आफूलाई बेकम्मा उपाध्यक्ष भनेर चित्त बुझाएँ। तर कार्यालय समय सकिन लाग्दा मन मानेन र फेरि एकपटक शहीद थिरबम मल्लको सालिक नजिक पुगें।
म एकपटक दिल्ली जाँदा त्यहाँको गाँधी सङ्ग्रहालयमा टकिङ गाँधीको सालिकसँग बसेर खिचाएको तस्वीर हेर्दा मलाई आफू गाँधीजीसँग कुरा गरिरहेको अनुभूति मिल्छ। त्यस्तै दृष्टिकोण र विचार लिएर नाउक्षे अपतालको सालिक हेर्न थालें। लाग्यो शहीद मलाई हेरेर कटाक्ष गर्दै मन्द–मन्द हाँस्दै हुनुहुन्छ र भन्दै हुनुहुन्छ– आजको काम सिद्धियो अब तिमीहरूलाई ३६४ दिन बिदा। म त यहाँ आम नेपालीझैं घाम लागे पनि, पानी आए पनि, हुरीबतास चले पनि यही अटल र निर्मोक्ष भावले रहिरहने छु। तिमीहरू जाऊ १ सुख गर, सयल गर, मोज गर। अर्को वर्ष यही दिन फेरि भेटौंला। मन तीतो भयो। लाग्यो आकस्मिक कक्ष निर्माण गर्ने दाताले र उनले नसके हामीमध्ये कसैले नै सालिक नछोपिदिएको भए हुन्थ्यो, छोपी नै हालियो भने सालिकसम्म पुग्न मूल सडकबाट ढोका खोली प्रहरी बिटको दक्षिणतर्फबाट ४–५ फिटकै सानो बाटो र सालिक वरिपरि फूलपत्ती र सफाइको व्यवस्था गर्न सकिएको भए राष्ट्रिय विभूतिको यस्तो कटाक्षले पीडाबोध हुने थिएन। तर राष्ट्रिय विभूतिकै सम्मान गर्न नजान्नेहरूले मेरो कुरा त झन् के सुनिदेलान् जस्तो लाग्यो। त्यसैले कसैलाई भनिनँ। आफ्नो भनाइ शब्दमा राख्दैछु। तर यसबारे केही होला भन्ने आश भने गरेको छैन।
वि.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरिबोटमा झुन्डयाएर फाँसी दिइएको थियो। माघ १२ गते सिफलमा धर्मभक्तलाई फाँसी दिइयो भने माघ १५ गते दशरथ चन्द र गङगालाललाई जनरल नरशम्शेरले गोली हानी मारेका थिए। वीरहरूको यस हत्यारालाई फिल्डमार्सलको रूपमा आजन्म सम्मान प्राप्त भयो तर हाम्रो स्वतन्त्रताको लागि जीवन उत्सर्ग गर्ने शहीदको सालिक भने छोपियो र तोडियो। यही नेपालीहरूको वैचारिक धरातल हो भने पाठकवृन्द विचार गर्नुस् हामी कति पतित र अधर्मी छौं। हामी नैं यस्तो छौंं भने हाम्रा प्रतिनिधिहरू कस्ता हुने र हाम्रो उन्नति र विकास कस्तो हुने ? यस्तो विचारले भ्रष्टाचार, अनैतिकता र अत्याचार बढाउँछ। त्यो बढेकै छ त्यस अर्थमा हाम्रो विकास भएकै छ भने केको कोलाहल ? केको चिन्ता ? चेली बेचिन्छन् बेचिऊन्, बत्ती बल्दैन नबलोस्, उद्योगधन्दा बन्द हुन्छ होओस्, आखिर हाम्रो सोच नै यस्तो छ भने किन यस्तै नहोस्।
अन्त्यमा पाठकवृन्द म वि.सं. १९९६ सालदेखि २०३६, २०४६ हुँदै २०६२ सालसम्म देशको स्वतन्त्रता मात्रको लागि बलिदान दिने सबै शहीदहरूप्रति कर्मले केही गर्न नसके पनि मन र शब्दले बहादुरहरूको वीरगाथा सम्झँदै नतमस्तक हुँदै श्रद्धाको एक अञ्जुलि फूल अर्पण गर्दछु। इच्छा लाग्छ भने तपाईंहरू पनि यसमा सहभागी हुनुहोला।