$type=ticker$count=12$cols=4$cate=0

गरिबी र अर्थ व्यवस्था १४ जनताको व्यवहार

SHARE:

-विश्वराज अधिकारीपरम्परागत वा अर्थ शास्त्रिय धारणा अनुसार  अशल जल वायु, उब्जाउ जमिन, अनुकूल मौसम आदिलाई  देशको आर्थिक विकासका लागि आवश्यक तत्वको रुपमा मानिन्थ्यो। यसै गरी, पर्याप्त मात्रामा र कुशल श्रमिकहरुको उपस्थिति, पूँजीको पर्याप्तता, भूमिको अत्यधिक उपलब्धता, प्रभावकारी व्यवस्थापन अदिलाई पनि आर्थिक विकासको आवश्यक तत्वको रुपमा हेरियो। त्यस पछि, सूचना प्रविधिको राम्रो विकास र उत्पादनमा मेसिन एवं औजारको व्यापक उपयोगलाई आर्थिक विकासको आवश्यक तत्वको रुपमा हेर्न थालियो। आफ्नो राष्ट्रलाई विश्व अर्थ व्यवस्थासँग आवद्ध गराएर, वैदेशिक व्यापारको माध्यमवाट देशको अर्थ व्यवस्थालाई छिटै माथि उकास्न सकिन्छ भनी धेरै राष्ट्रहरुले विश्वास गरे। र यस्तो विश्वाश गर्नेमा भारत, चिन लगाएत अन्य थुप्रै राष्ट्रहरुमा पर्छन् । तर अब के विश्वाश गर्न थालिएको छ भने कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि माथि भनिएका कुराहरु गौण हुन। राष्ट्रको आर्थिक विकासका लगि प्राथमिक र महत्वपूर्ण तत्व हो जनताको अनुकूल व्यवहार। जनताको व्यवहार अनुकूल नभएमा माथि भनिएका कुराहरुको उपस्थितिमा पनि राष्ट्रले आर्थिक विकास गर्न सक्तैन र यो तथ्यका ज्वलन्त उदाहरण हो द्वन्दग्रस्त अफ्रिक राष्ट्रहरुको स्थिति। र त्यहाँ ब्याप्त गरिबी।

कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि चाहिने पहिलो र सर्वाधिक महत्वपूर्ण तत्व हो जनताको अनुकूल व्यवहार हो। जनताको अनुकूल व्यवहार भन्नाले एक आपसमा मिलेर बस्ने प्रवृति वा सामाजिक सद्भाव भन्ने बुझिन्छ।

सामाजिक सद्भावको मनोविज्ञानद्वारा  जातीयता, क्षेत्रियता, साम्प्रदायिता, उपलब्ध स्रोत एवं साधनहरुको बांटफांटमा मतभेद जस्ता भावनाहरुमाथि व्यक्ति एवं परिवारको नियन्त्रणबाट सामाजिक सद्भाव कायम गर्न सकिन्छ। आम वा सामान्य नागरिकबाट कायम गर्न खोजिने सामाजिक सद्भाव ज्यादै प्रभावकारी भएको देखिएको छ पनि। सरकार वा राजनैतिक दलहरुले, खास गरी गरिब राष्ट्रहरुमा, सामाजिक सद्भाव कायम गरेको उदाहरण बिरलै देख्न पाइन्छ। बरु विश्वमा खलबलिएको सामाजिक सद्भाव एवं जातीय दँगाहरुको इतिहास हेर्ने हो भने बढी मात्रामा सरकार वा राजनैतिक दल वा तिनका नेताहरुद्वारा सामाजिक सद्भाव बिथोलिएको वा जातीय दँगा गराइएको धेरै उदाहरणहरु देख्न सकिन्छ। त्यस कारण सामाजिक सद्वभावमा अहम् भूमिका सामान्य नागरिकको रहेको पाइन्छ। र सामाजि सद्भाव कायम गर्न सामान्य नागरिकले आ-आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ पनि राष्ट्रिय आर्थिक विकासका लागि। यस्तो गरिएमा मात्र व्यक्ति, परिवार, समाज र राष्ट्रलाई गरिबीबाट मुक्ति दिलाउन सकिन्छ। त्यस कारण यो सन्देश सामान्य नागरिकहरुम पुग्न अति आवश्यक छ, मुख्य गरी नेपालको सन्दर्भमा।

जनताको व्यवहार  जति अनुकूल भयो भयो राष्ट्रले त्यति नै द्रुततर गतिमा आर्थिक विकास गर्छ, देशमा विभिन्न किसिका प्राकृतिक र आर्थिक बाधाहरु भएता पनि। प्राकृतिक बाधाहरु भए पनि राष्ट्रको विकास द्रुततर गतिमा गरेको उदाहरणहरु निकै राष्ट्रको आर्थिक विकासबाट प्रस्तुत गर्न सकिन्छ। संयुक्त राज्य अमेरिका, क्यानाडा र यूरोपका थुप्रै राष्ट्रहरु प्राकृतिक बाधाहरु हुँदा हुँदै पनि ठूलो आर्थिक प्रगति हासिल गर्न सक्षम भएकका छन्। प्राकृतिक बाधाहरु भन्नाले ठूलो मात्रामा हिमपात, समुन्द्री आँधी (Hurricane), टोरनाडो (Tornado), उब्जाउ जमिनको अभाव, मरुभूमि आदिलाई लिन सकिन्छ।

जनताको व्यवहार  अनुकूल नभएमा आर्थिक प्रगति टाढाको कुरा हुने मात्र होइन राष्ट्रले लामो द्वन्द, आम हत्या र दीर्घकालिन गृह युद्धको स्थिति भोग्नु पर्ने हुन्छ र त्यस्तै स्थिति अहिले धेरै अफ्रिकी मुलुकहरुले भोगिरहेका छन। विकासका सम्भावनाहरु पर्याप्त मात्रामा भएता पनि असल सामाजिक सद्भावको अभावमा ती राष्ट्रहरुले गरिबीबाट छुटकारा पाउन सकिरहेका छैनन्। जबकी, के विश्वास गरिन्छ भने मानव उत्पत्ति सर्व प्रथम हालको अफ्रिकी क्षेत्रमा भएको हो। हालको अफ्रिकाबाट मानिसहरु बसाई सराई गर्दे हालको यूरोप, एशिया हुँदै अमेरिका (अमेरिकी महादेशहरु) पुगेका हुन।

सामाजिक सद्भावको अभावमा निरन्तरको संघर्ष र गृह युद्धमा फस्ने राष्ट्रहरु निकै छन, अफ्रिकामा। अहिले चर्चामा रहेको राष्ट्र चाँहि सुडान हो जहाँ सुडान एउटै रहने वा दुई भागमा टुक्रिने भनी जनताको मत बुझ्ने कार्य भइहरेको छ। जनताको मत ( जनमत संग्रह) ले सुडान एउटै रहने वा दुई भागमा बाँडिने, जुन सुकै इच्छा प्रकट गरेता पनि अफ्रिकाको यो सबै भन्दा ठूलो र साधन स्रोतले सम्पन्न राष्ट्रले अनेक चुनौतिहरुको सामना गर्नु पर्ने छ किनभने  सुडानको मुल समस्या भनेको सामाजिक सद्भभावको अभाब हो। दक्षिणी सुडानलाई अलग परी स्वत्रन्त राष्ट्र स्थापना गर्ने वा एउटै सुडान कायम राख्ने भनी दक्षिणी क्षेत्रका जनतालाई रोज्ने अवसर प्रदान गरिएको छ। मनोवैज्ञानिक रुपमा उत्तरी र दक्षिणी गरी दुई भागमा बांडिएको सुडानको उत्तरी क्षेत्रमा मुसलमानहरुको प्रभाव छ भने दक्षिणमा क्रिसचियनहरुको। उत्तरी र दक्षिणि क्षेत्रको आ-आफ्नै किसिमका कारणहरु छन एक अर्कालाई दोषी दखाउने। सुडानमा पचासौं वर्षसम्म चलेको गृह युद्धले लाखौको ज्यान लिइ सकेको छ। डाफुर (Darfur) मा भएको हिँसामा करिब तीन लाख मानिसले ज्यान गुमाएको र यसै गरी सत्ताइस लाख मानिस या त डाफुर भित्र वा छिमेकी राष्ट्र चाडमा विस्थापित हुन बाध्य भएको विश्वास गरिन्छ।

सुडानमा, यही (२०११) जनवरीको ९ देखि १५ सम्ममा सम्पन्न भएको जनमत संग्रहले सुडान एउटै रहने वा टुक्रिने भन्ने कुराको निर्धारण गर्ने छ। जनमत संग्रहको नतिजा आगामी महिनामा घोषणा गर्ने भनिएको छ। यदि जनताको मतले टुक्र्याउने प्रस्तावलाई अनुमोदन गरेमा ६ जुलाईमा विश्वमा एक अर्को राष्ट्रको जन्म हुनेछ र यसरी एक अर्को राष्ट्र जन्म हुनुको कारण भने सामाजिक सद्भावको अभाव भनी लेख्न इतिहास बाध्य हुनेछ, तपसीलमा अन्य कारणहरु देखाइएता पनि।

नेपालमा, हामीले सामाजिक सद्भाव कायम गर्न सक्यौ भने मात्र आर्थिक प्रगति हासिल गर्न सक्छौ। यदि सामाजिक सद्भाव कायम गर्न सकेनौ र जातियता, क्षेत्रियता, साम्प्रदायिकताको मनोविज्ञानबाट  हामी बिभाजित भइनै रह्यौ  भने आर्थिक विकास त टाढाको कुरो हुने छ उल्टो गरिबीको  डर लाग्दो दलदलमा फँस्ने छौ।  हामी मात्र गरिबीको दलदलमा फँस्ने होइन भावि पुस्तालाई  पनि गरिबीको दल दलमा फँस्न  बाध्य पार्ने छौ। आउने पुस्ताले हामीलाई धिकार्नु वाहेक अरु केही गर्न सक्ने छैनन्, अनके किसिमका मतभेदहरुमा अल्झिएर हामीले उनीहरुलाई समृद्ध नेपाल हस्तान्तरण गर्न नसकेकोमा।
क्रमश:
br2063_adhikari@yahoo.com
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : गरिबी र अर्थ व्यवस्था १४ जनताको व्यवहार
गरिबी र अर्थ व्यवस्था १४ जनताको व्यवहार
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/01/blog-post_80.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/01/blog-post_80.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy