- राजेन्द्रप्रसाद कोइराला
भौगोलिक, सांस्कृतिक, प्राकृतिक स्रोत–साधन, जैविक विविधता, सांस्कृतिक विविधता, जातीय विविधता, हिमाल, पहाड, तराईमा रहेका अकल्पनीय विशेषता, जल भण्डारमा संसारकै दोस्रो धनी देश, यी र यावत देश विकासको लागि चाहिने पूर्वाधार हुँदाहुँदै पनि हाम्रो देशले प्रगति गर्न सकेको छैन। हामीभन्दा पछि विकासका पूर्वाधार तयार भएका कैयौं देशमध्ये कसैले विश्व सुन्दरी र विश्वकप फूटबलको आयोजना गरेर संसारलाई चकित पारिदिएका छन् । अरू कयौं देश जसको २० वर्ष अगाडि प्रतिव्यक्ति आय २०० डलर पनि थिएन, आज ती देशको प्रतिव्यक्ति आय ३००० देखि ४००० सम्म पुगिसकेको छ। हामी भने अरूका उदाहरणहरू दिन मात्र अभ्यस्त भएका छौं। देशले अग्रगमन लिन नसक्नुको एउटै कारण हो– नेतृत्वको कमजोरी र नेताहरूमा देखिएको वैचारिक सङकट, नैतिक स्खलन र स्वार्थले गाँजेको राजनीति।
२००७ साल पछिका जति पनि आन्दोलन र क्रान्तिहरू भए, नेपाली जनताले सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको लागि अतुलनीय त्याग, बलिदान र योगदान नदिएका होइनन् तर प्रत्येकपटक नेताहरूको अन्तर्सङ्घर्षले जनतालाई ठग्ने मात्र काम गरे। जनताको मनोभाव बुझेर राष्ट्र र राष्ट्रियतालाई अग्रगमनतर्फ डोर्याउनुको सट्टा हाम्रा देशका नेताहरूले देशलाई विदेशीहरूले चलखेल गर्ने रणभूमि बनाएका छन्। जब–जब देशमा परिवर्तन भएको छ र देश सङ्क्रमण कालबाट गुज्रेको छ, ठीक त्यसैबेला छिमेकी मुलुकहरूले हाम्रा नेताहरूलाई असामान्य, अलोकतान्त्रिक, विभेदकारी सन्धिमा हस्ताक्षर गराउन बाध्य पारेका छन्। चाहे त्यो १९५० को सन्धि होस्, या गण्डकी सन्धि होस्, या महाकाली सन्धि होस् वा कालापानी सन्धि होस्। ठीक त्यस्तै सङ्क्रमण कालको बेला हाम्रो भूमिमा विदेशीका स्वार्थले जरा गाड्ने गरेको छ। हाम्रो दक्षिणी छिमेकीको नियतमा खोट छ। यो तथ्यबाट देशका सारा दलका नेताहरू जानकार नभएका होइन तर उनीहरूकै तलुवा चाटेर सत्तामा टिकिराख्ने प्रवृत्तिको विकासले। यो राष्ट्रको स्वाभिमान कहाँ पुगेको छ– लाजमर्दो कुरो भएको छ। अरूलाई दोष दिनुभन्दा पनि हामीले आफ्नो घरमा आफैं राम्रो ताल्चा लाउन नसक्नु नै ठूलो विडम्बना भएको छ। देशको विदेश नीतिको खाका स्पष्ट बनाएको भए, विदेशीहरूको गिद्धे दृष्टि यो देशमा पर्ने नै थिएन। तर जतिसुकै क्रान्ति र आन्दोलन भएपनि देशको विदेश नीतिको स्पष्ट खाकाबारे देशका नेताहरूले कहिल्यै विचार र मन्थन नै गरेका छैनन्। अरूलाई गाली गरेर मात्रै राष्ट्रभक्त हुइँदैन। त्यसको लागि दिगो र विवेकशील कूटनीतिक नीति तथा नियमलाई अङगीकार गर्नु ज्यादै जरुरी हुन्छ।
२०४६ साल पछि जनताले ठूलो आशा राखेको थियो, नेपाली काङ्ग्रेसबाट तर जनताको आशा र भरोसामा काङ्ग्रेसी नेताहरूले बन्चरो हानेर चिरा– चिरा पारिदिए। देशलाई छाडातन्त्रको नमुना बनाइदिए। काङ्ग्रेसइत्तरलाई यस दलका नेताहरू आफ्नो दुश्मन नै ठान्ने गर्थे। मलाई अझ सम्झना छ विराटनगरको अदालतमा एकजनाले मेरो जात परिवर्तन गरी ‘कोइराला’ लेख्न पाउँ भनी रिट निवेदन पेश गरेका थिए । किनकि कोइरालावादको दबदबाले योग्य व्यक्तिले कहिल्यै अवसर पाउने गर्दैनथे त्यसबेला। नातावाद र कृपावादले पराकाष्ठा नाघेको थियो। आग्रह, पूर्वाग्रह, भ्रमाग्रह, हठाग्रहले गर्दा काङ्ग्रेसभित्रकै कति त्यागी र योग्य व्यक्तिहरूले लाजमर्दो अपमान सहनुपरेको थियो। माओवादीलाई शान्ति वार्तामा ल्याएर महामानव कहलिएका व्यक्ति नै यो देशको धुन्धकारी थिएभन्दा अतिशयोक्ति नहोला। आज माओवादीलाई जतिसुकै गाली गरेपनि तिनै काँग्रेसजनको अकर्मण्यताले गर्दा देशमा माओवादीको जन्म भएको अकाटय सत्य हो।
त्यसका साथै एमालेबाट जनताले अपेक्षा गरेको थियो, उनीहरू पनि काठमाडौंमा जग्गा, जमिन, घर र पजेरो जोड्नमैं व्यस्त भए। जनताको पीर मर्का सम्बोधन गर्ने कोशिश नै गरेनन्, उनीहरूको काम त मात्रै सरकारको विरोध गर्नु र काठमाडौंका सडकका रेलीङगहरू भाँच्नुबाहेक केही भएन। यसरी २०४६ पछि जति पनि नेताहरू देशमा उम्रिए, तिनीहरूले राष्ट्रको भगवान् बन्ने अवसरबाछ आफूलाई वञ्चित गरे।
२०५२ सालपछि देशमा माओवादी सशस्त्र द्वन्द्व सुरु भयो र सामन्तवादका अवशेषहरू निमिट्यान्न पार्न थालियो तर सामन्तवादको विनाशको नाममा धेरै निर्दोष र निमुखा जनताले आफ्नो जीवन गुमाउनुपर्यो। यद्यपि सशस्त्र द्वन्द्व कहिल्यै भावुक हुँदैन, भावुक भएमा सशस्त्र द्वन्द्व नै हुँदैन। १० वर्षसम्मको सशस्त्र द्वन्द्वको धरातल र २०६२/६३ को दोस्रो जनान्दोलनको राप र तापबाट, २४० वर्षदेखिको राजतन्त्र देशबाट बिनारक्तपात बिदा लिन बाध्य भयो। सानो राजनैतिक उपलब्धि होइन यो। यसैबीच माओवादी (संविधानसभा चुनावमार्फत्) देशको ठूलो दल बन्न सफल भयो र जनताले उसमाथि ठूलो आशा र भरोसा गरेको थिए तर सरकारमा पुगेपछि प्रचण्डले सहमति, सहकार्य र एकताको सूत्रमा देशलाई अग्रगमन तर्फ लग्नुको सट्टा युद्धकै धङधङीबाट ग्रस्त भएर आफ्ना विरोधीहरूलाई गाली मात्र गर्न भ्याए। जुन अवस्थामा प्रचण्ड देशको प्रधानमन्त्री भएका थिए, यदि त्यसबेला उनले आफ्नो विवेकलाई ठीक ढङगले प्रयोग गर्न सकेको भए, एसियाका उनी नेल्सन मन्डेला हुने थिए तर त्यत्रो ठूलो अवसर उनले गुमाए । एउटा रक्षामन्त्रीको पद काङ्ग्रेसलाई नदिएर प्रचण्डले सहमतिको राजनीतिलाई पूर्ण विराम लगाइदिए। आफूलाई ज्यादा क्रान्तिकारी र आफ्नो दलमात्र अग्रगमनको हिमायती हो भन्ने भ्रमबाट उद्वेलित हुनु नै उनका लागि घातक भयो र ९ महिनापछि सत्ता छाड्नुपर्यो। दुई वर्षभित्र देशमा संविधान आउँछ भन्ने जनतामा जुन आशा थियो, त्यसमा पनि देशका फटाहा नेताहरूले, तुषारापात गरिदिए र राष्ट्रको ढुकुटी बर्बाद गरे। तैपनि जनताले उनीहरूलाई संविधानसभा म्याद एक वर्ष थप्नको लागि अनुरोध गर्यो र उनीहरूको अकर्मण्यतालाई माफ गरिदियो। जतिसुकै राजनैतिक परिवर्तन भएपनि, देश झन्–झन् गरिब भइरहेको छ। देशको अर्थतन्त्र कहालिलाग्दो छ।
देशलाई समृद्धशाली बनाउने सारा पूर्वाधार हुँदाहुँदै पनि देशले एउटा राम्रो दल र दलले गतिलो नेतृत्व नपाउनु नै यो देश पिछडिनुको मुख्य कारण हो। देशमा दृष्टि भएका नेता छैनन् भन्न खोजिएको होइन तर त्यस्ता इमान्दार, त्यागी, राष्ट्रिय हितबारे सोच्न सक्ने क्षमता भएकाहरूलाई सधैं पाखा लगाइएको हामी पाउँछौं। चाहे ती सि.के. प्रसाई हुन्, चाहे मदन भण्डारी, चाहे नरहरी आचार्य हुन् या डा. बाबुराम भट्टराई नै किन नहोऊन्।
राष्ट्रले जबसम्म एउटा कुशल नेतृत्व पाउँदैन, त्यहाँ राजनीतिक स्थायित्व हुँदैन र जबसम्म राजनीतिक स्थायित्व रहँदैन, आर्थिक विकासका फोस्रा वाचाहरू, दलहरूका घोषणापत्रमा मात्र सीमित रहन्छन्। साँच्चै यो देशमा सतीकै सराप परेको हो कि क्या हो १
जाँदा जाँदै : भीमराज नौलखाको कविताको एक पङ्क्ति–
नेपालीको अनुहारबाट डराइरहेको छ नेपाली
नेपालीलाई मारेर घर भरिरहेको छ नेपाली
नेपाली नै मरिरहेका छन, मर्ने पनि नेपाली
बुझ्न सकिनँ मैले यो कुरा, आखिर के गरिरहेका छन् नेपाली।