महेश्वर अधिकारी/डुमरवाना
अध्ययन र रोजगारीको सिलसिलामा अमेरिकामा पुगेका बारा जिल्ला डुमरवाना गाविसका युवाहरूले डुमरवानाका स्कूले विद्यार्थीलाई अध्ययनमा सहयोग गरेका छन्।
आर्थिक अभावमा बीचैमा विद्यालय छाड्नुपर्ने गरिब विद्यार्थीका लागि अमेरिकामा रहेका डुमरवानाका युवाहरूले ३२ हजार बराबरको पाठ्य पुस्तक, पोशाक र भर्ना शुल्कमा सहयोग गरेका हुन्।
दुई वर्षअघि अध्ययनका लागि अमेरिका पुगेका बारा डुमरवाना–४ का दीपेन्द्र तिवारीको पहलमा अमेरिकामा रहेका राजकुमार खड्का, किशोर भट्टराई, रघुवीर घिमिरेलगायतका युवाहरूले डुमरवाना क्षेत्रका ८ विद्यालयका ३२ छात्रछात्रालाई स्थानीय अधिकारकर्मी विदुर खड्कामार्फत् शुक्रवार सहयोग हस्तान्तरण गरेका छन्।
जनता उच्च माध्यमिक विद्यालय रजघट्टा, जनजागृति माध्यमिक विद्यालय सखुवाघाट, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवाना, बालज्योति निम्न माध्यमिक विद्यालय नयाँबस्ती, नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कतर्वा, जनचेतना प्राथमिक विद्यालय मौलापुर, नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय खाप्सेखोला र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेहरीका विद्यार्थीले अध्ययनमा सहयोग पाएका हुन्।
अतिविपन्न परिवारका विद्यार्थीहरुले अध्ययन गर्ने जनचेतना प्राथमिक विद्यालय मौलापुरकी कक्षा तीनकी छात्रा सोफिया राईले बाबुआमाले गिट्टी कुटेर आफूलाई पढाइरहेकोअवस्थमा अमेरिकामा रहेका नेपाली दाजुहरूले सहयोग गरेकामा दङग पर्दै आफ्नो पढ्ने इच्छा बीचैमा छाड्न नपर्ने भएकोमा खुशी व्यक्त गरिन्।
विगत ५ वर्षदेखि अमेरिकामा रहेका युवाहरूले सहयोग गर्दै आएको र अबको दिनमा सहयोग रकम दोब्बर गर्दै लाने स्थानीय सहयोगी खड्काले बताए। हाल अमेरिकामा रहेका दीपेन्द्र तिवारीले ६५ विद्यार्थीलाई यसअघि नै अध्ययनमा सहयोग गर्दै आएका छन्। नेपालमै रहेर पनि मनग्य कमाएकाले शिक्षामा सहयोग गर्न नसकिरहेको बेला विदेशमा पसिना चुहाएर जम्मा गरेको पैसाबाट सहयोग गरेकोमा जनचेतना प्राथमिक विद्यालय मौलापुरका प्रअ गङगाप्रसाद मैनालीले सहयोगी युवाहरूलाई धन्यवाद दिए। उनले सबैले शिक्षामा सकेको सहयोग गर्न सके नेपाली सन्तानले शिक्षाको ज्योतिबाट अलग हुन नपर्ने बताए।
स्वदेशमा रहेकाले शिक्षा क्षेत्रलाई ठगी खाने भाँडो बनाइरहेको बेला बाध्यताले विदेशिएका नेपाली युवाहरूले भने बाराको डुमरवाना गाविसका गरिबका छोराछोरीको अध्ययनमा सहयोग गरेका हुन्।