$type=ticker$count=12$cols=4$cate=0

तराईको कृषि समस्या र फोहोरको सदुपयोग

SHARE:

वीरेन्द्रप्रसाद यादव
    वीरगंजको वडा नं. १९ नगवामा वीरगंज उपमहानगरपालिकाले उपलब्ध गराइदिएको पाँच बिघा जग्गामा कृषि उपज थोक बजार केन्द्रको माघ ११ गते कृषि तथा सहकारी राज्यमन्त्री करिना बेगमले उद्घाटन गरेकी छिन्। राज्यले निकासा गरेको पचास लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त बजार केन्द्रले पर्साको मात्र होइन छिमेकी जिल्ला बारा, रौतहट, सर्लाही तथा मकवानपुरलगायतका कृषि उपजले स्वदेश र विदेशको बजार पाउने वातावरण बन्दैछ। थोक बजारको प्रबन्धले स्थानीय प्रशासनद्वारा मूल्य निर्धारण हुन्छ भने अनुगमन पनि गरिन्छ। यसले कृषकले आफ्नो उत्पादनको सहज बजार र आकर्षक मूल्य पाउने मात्र होइन उपभोक्ताले पनि सस्तो मूल्यमा मिसावटरहित तरकारी र खाद्यान्न पाउन सक्छन्। सरकारको राजस्व बढ्नुका साथै उपमहानगरपालिकाको पनि आम्दानी बढ्छ। कृषकले सहजरूपमा उपजलाई बिक्री वितरण गरेर मनग्य आम्दानी गर्ने मात्र होइन, कृषिको पनि समुचित विकास हुन्छ। दलालहरूबाट ठगिने परम्पराको समाप्ति पनि हुन्छ। आर्थिक राजधानी वीरगंजको विकासमा सहयोग त पुग्छ नै बेरोजगार रहेका केही स्थानीय युवाले पनि रोजगारी पाउन सक्छन्। तराईको उपजले तराईमा व्यापार व्यवसाय पनि बढाउँछ। यसर्थ समग्रमा भन्नुपर्दा राज्यले निर्माण गर्न लागेको  उक्त बजार केन्द्र आर्थिक विकासका निम्ति लाभप्रद रहेकोले स्वागतयोग्य छ । तर त्यसमा राजनीतिकरण र अनावश्यक हस्तक्षेप हुनुहुँदैन। यस्ता हस्तक्षेपले मुलुकका कैयौं निर्माणाधीन योजना बीचमै ओझेलमा परेका छन्। यसतर्फ स्थानीयवासी, प्रशासन तथा राजनीतिकर्मी सचेत रहनुपर्छ।
    कृषिप्रधान देशको आर्थिक विकास निम्ति कृषिको विकास त हुनै पर्छ । कृषिबाट मुलुकको सर्वाङगीण विकास गर्न हेतु कृषि क्रान्ति नै गर्नुपर्छ। कृषि क्रान्ति निम्ति कृषि उपज बढाउनेतर्फ ध्यान दिनुपर्छ। आफ्नो उत्पादन बढेन भने विदेशी उत्पादनले स्थान पाउन सक्छ, जसले स्वदेशलाई कम तर विदेशलाई बढी लाभ हुन्छ।
    तराईमा कृषि उत्पादनका लागि अत्यधिक उर्बरा फाँट भए पनि सिंचाइ  र रासायनिक मलको अभाव छ। रासायनिक मल र पानीको भरपर्दो प्रबन्ध गरिएन भने बजारको कुनै औचित्य रहँदैन । अहिले नै पानी अभावले बारा, पर्सा, रौतहटका गहुँबाली प्रभावित भएका छन्। गण्डक नहरमा भारतले पानी नछाडेपछि बारा, पर्सा, रौतहटका किसान मर्कामा परेका छन्। हरेक वर्ष पुसको १५ गतेसम्म गहुँबालीको लागि भारतले तीन महिनासम्म पानी छाड्ने गरेको छ । तर यस वर्ष माघको आधा महिना बितिसक्दा पनि भारतले पानी छाडेको छैन। यस वर्ष पानी छाड्न नसक्ने सूचना भारतीय पक्षले दिएको छ। यस वर्ष हिउँदे वर्षासमेत नभएको र सिंचाइको अन्य विकल्प मुलुकसँग नरहेकोले किसानको चाहना, परिश्रम तथा लगानीका बाबजुद पनि गहुँबालीको उत्पादनमा र्‍हास आउने निश्चित छ। तीन जिल्लाका ३७ हजार हेक्टर जग्गाको सिंचाइ निम्ति भारतीय नहरबाट पानी आउने भए पनि भारतीय नहरमा भारतले कम पानी छाड्ने गरेकोले हरेक वर्ष २८ हजार ९० हेक्टर जग्गा मात्र सिञ्चित हुने गरेको सिंचाइ विभाग बताउँछ। यस्तो समस्या समाधान नगरे बजार केन्द्रको खासै महत्त्व हँुदैन। अर्को प्रमुख समस्या रासायनिक मलको हो।
    तराईमा पशुपालन व्यवसाय ह्वातै घटेको छ। विगतमा गाईभैंसी, खसीबाख्रा पालेर तिनीहरूको गोबर खेतमा हालिन्थ्यो । घरपालुवा जनावरको गोबरले पनि मलको काम गथ्र्यो तर अचेल तराईमा गाईभैंसी पाल्ने प्रवृत्ति घटेपछि मलका साथै दूध–दहीको पनि अभाव बढेको छ। खाद्यान्न मात्र होइन दूधको निम्ति पनि छिमेकीमा भर पर्नुपरेको छ । जैविक मलको अभावले रासायनिक मलमा तराईको कृषि आश्रित छ तर रासायनिक मल पनि आफ्नो उत्पादन नभएकोले छिमेकीमा भर पर्नुपर्ने बाध्यता छ। सीमापारीबाट अवैधरूपमा ल्याएको मल महँगो हुने गरेको छ। एकाध बोरा आफैं ल्याउँदा प्रहरीको लट्ठी खानुपर्छ या त कमिशन दिनुपर्छ। सीमामा कडाइ भएको बखत त्यो पनि सम्भव हुँदैन। यसले प्रतिकूलता कृषिमा नै पर्छ। भारतीय बजारमा तीन सय पचपन्न रुपैयाँमा पाउने प्रतिबोरा मल तेर्‍ह/चौध सयमा खरिद गर्नुपर्ने बाध्यता कृषकको छ। यसर्थ रासायनिक मलको अभावपूर्ति गर्नेतर्फ पनि सोच्नै पर्छ।
    मलको अभावपूर्ति गर्ने विकल्पको रूपमा तराईको फोहोर व्यवस्थापन हुन सक्छ। तराईको असल विशेषता अन्न भण्डारको रूपमा मानिन्छ भने खराब विशेषता फोहोर थुपर्नु हो। तराईका प्रमुख शहर वीरगंज र जनकपुरलाई लामखुट्टे उत्पादनमा प्रमुख मानिन्छ। यसको प्रमुख कारण जताततै फालिएका फोहोर नै हो। तराईको ग्रामीण भेगदेखि शहरसम्म घरबाट उत्पादन हुने फोहोरले मात्र होइन मानव मलमूत्रले पनि दुर्गन्धित भएको पाइन्छ। शहरकै ग्रामीण क्षेत्र होस् वा गाउँका सडक, खोला, पोखरीकिनारा, गौचरण  तथा बाँसघारीलगायत मानव मलमूत्रले भरिएको पाइन्छ । प्राय: गाउँको प्रवेश मार्गकै सडकमा दिसापिसाबले खुट्टा राख्ने ठाउँ भेटिंदैन । दृष्टान्त कै रूपमा हेर्ने हो भने वीरगंजको बाइपास रोड, चिनीमिल रोड, श्रीपुर रोड, नगवा रोड, रामगढवा रोडलगायत छन्। यसले तराईमा दुर्गन्ध फैलाउनुका साथै असभ्य पनि बनाएको छ। यस्ता फोहोरले पाहुनालाई अनाकर्षण त गर्छ नै तराईको बेइज्जत पनि गराएको छ। तराईमा फोहोर बढ्नुको प्रमुख कारण चर्पी अभाव, जनचेतना र मलमूत्रको सदुपयोगको ज्ञानको अभाव हो। ग्रामीण भेगमा एकाध घरबाहेकमा चर्पी पाइँदैन । चर्पी नभएर बिहान बेलुका सडक र खोलाकिनारामा दिसापिसाब गर्न जानै पर्छ। प्राय: घरको बारीमा खुलारूपमा पिसाब गर्ने गरेको पाइन्छ। खाने, बस्ने, सुत्ने गरेको घरवरिपरिको क्षेत्र पनि दिसापिसाब मुक्त क्षेत्र बनाउन सकिएको छैन। आफू बसेको वरिपरि दुर्गन्ध र फोहोर राख्नु रोग र महामारीलाई निम्तो दिनु मात्र होइन असभ्यताको पनि निसानी हो। केही वर्षयता प्लान नेपाल जस्ता गैससले चर्पी बनाइदिएको मात्र होइन जथाभावी दिसापिसाब गर्नुहुँदैन भन्ने स्थानीय भाषामा ठूला ठूला होर्डिङ बोर्ड नै खडा गरेको छ। तर त्यो बोर्ड कै पिलरछेऊमा दिसापिसाब गरेको पाइन्छ । बनाइएको चर्पीमा दिसापिसाब नगर्नुका साथै मरम्मत र संरक्षण पनि गरेको पाइँदैन।  जनचेतनाको अभावले यस्तो समस्या बढेको भन्न सकिन्छ। यस्ता समस्याको समाधान निम्ति मानव मलमूत्रबाट जैविक मल उत्पादनको प्रविधि तराईमा भित्र्याइयो भने सहज हुन सक्छ । किनभने तराईका जनता अरू कुरामा बेवास्ता गरे पनि कृषि उत्पादन गर्ने विषयमा बढी संवेदनशील हुन्छन्। उनीहरूको जीवन कृषिमा नै आश्रित रहने भएकोले हरेकले कसरी कृषि उत्पादन बढाउन सकिन्छ भने विषयमा सोच्छन्। कृषि उपज बढाउन निम्ति फोहोरलाई व्यवस्थित गर्नेतर्फ चनाखो बनाइयो भने तराईको फोहोर व्यवस्थापन हुनुका साथै रासायनिक मलको पनि केही हदसम्म समस्या समाधान हुने आशा गर्न सकिन्छ । पहाडी क्षेत्रका चितवन, गोरखा, पोखरा, धादिङलगायतका जिल्लामा ठाउँ–ठाउँमा चर्पी निर्माण गरेर मानव मलमूत्र सङकलन गर्ने कार्य भइरहेको छ। भर्खरै गोरखाको पालुङ्टारमा सम्पन्न एमाओवादीको बैठकमा सहभागीहरूको मलमूत्र सङकलन गरिएको थियो। पहाडी क्षेत्रको राजमार्गमा चर्पीमा दिसापिसाब गर्न पैसा तिर्ने होइन पैसा  पाउने गरिन्छ। ठाउँ–ठाउँमा बनाइएका चर्पीमा जम्मा हुने दिसापिसाबलाई जैविक मल बनाउने गरिएको छ। दिसाबाट सुख्खा मल बनाइन्छ भने पिसाबबाट तरल मल बनाइन्छ । ती उत्पादित मल कृषिमा प्रयोग गर्दा युरिया मलको प्रयोगबाट हुने उत्पादनभन्दा धेरै हदसम्म बढी उत्पादन हुने गरेको अनुभव त्यस क्षेत्रका किसानले बताउने गरेका छन् । यस्ता कार्यले ती क्षेत्र दिसामुक्त क्षेत्र कायम त भएको छ नै रासायनिक मलको पनि केही हदसम्म समस्या समाधान भएको छ। तराईमा पहाडी र हिमाली क्षेत्रभन्दा बढी जनसङ्ख्या रहेकोले तराईमा यस्ता मल उत्पादन गरिने हो भने बढी मात्रामा उत्पादन गर्न सकिन्छ । तराईको उत्पादनले तराईलगायत पहाडी र हिमाली क्षेत्रको मलको माग पूरा गर्न सकिन्छ । यसले तराईको फोहोर व्यवस्थापन हुनुका साथै तराईमा पनि चर्पीप्रतिको आकर्षण बढ्न सक्छ। तराईमा मल तस्करीको समस्या समाधान हुन सक्छ। कम लागतमा कृषि उत्पादन बढ्नुका साथै असभ्यपन पनि तराईबाट समाप्त हुन्छ। तराईको बढ्दो लामखुट्टेको प्रकोपको नियन्त्रण गर्न सकिन्छ। यसले तराईको गाउँको मात्र होइन शहरको पनि फोहोर सदुपयोग गर्न जनजागरण बढ्छ। तराई सफा र आकर्षक भयो भने स्वदेशी विदेशी पर्यटकको पनि आकर्षक बढ्छ। पर्यटन वर्ष २०११ लाई पनि सहयोग पुग्ने हुन्छ।  यसर्थ तराईको फोहोरको व्यवस्थापन गरी कृषि उपज बढाउनेतर्फ राज्य सरकार तथा स्थानीयवासीको ध्यान जानुपर्छ। मानव मलमूत्रको सदुपयोग गरेर जैविक मल बनाउनुका साथै तराईको फोहोर व्यवस्थापन आजको अपरिहार्यता भएको छ। आशा गरौं सम्बद्ध पक्षले ध्यान देला।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : तराईको कृषि समस्या र फोहोरको सदुपयोग
तराईको कृषि समस्या र फोहोरको सदुपयोग
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/01/blog-post_5196.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/01/blog-post_5196.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy