–सुजितकुमार अर्याल
एक, दुई, तीन... नेताजी गिन्ति सिकिरहनुभएको छ। उहाँ आन्दोलनहरूको
सफलताबाट हाम्रो महान् नेता बन्नुभएको हो। हाम्रा मुक्तिदाता शुद्ध नेता
औंठाछाप हुनुहुन्छ। सबैलाई थाहा भएकै कुरा हो निरक्षरता उन्मूलन अभियानको
उहाँ विरोधी हुनुहुन्छ। उहाँको मुखारबिन्दबाट सधैं एउटै आवाज आउँथ्यो
पढने–लेख्ने बेलामा भैंसी चराउन गएपछि कसरी साक्षर हुने ? त्यसैले
उहाँलाई साक्षरता तथा पढेलेखेका मानिस कम मन पर्छन्। त्यैपनि जुगको
प्रभावले भनौ या जवाफदेहिताको आग्रहले भनौं उहाँ गिन्ति सिकिरहनुभएको छ।
यो समाजको लागि ठूलो उपलब्धि हो। तपाईंहरूलाई थाहा नै छ कुनैपनि चीज
शुद्ध पाइँदैन। जस्तो शुद्ध दूध , शुद्ध घ्यू, केहीपनि शुद्ध पाइँदैन।
तरपनि हाम्रा नेताजी हामीलाई शुद्धरूपमा प्राप्त भएका हुन्। यो हाम्रो
परम सौभाग्य हो। हामी भाग्यमानी छौं शुद्ध नेताजीका विशुद्ध जनता बन्न
पाएकोमा। हामी ती दललाई पनि धन्यवाद दिन्छौं जसले हामीलाई एकथान शुद्ध
औंठाछाप नेताजी शुद्ध भावनाले उपलब्ध गराइदिएका छन्। हामी त्यस दलप्रति
आभारी छौं, जसले हाम्रो शुद्ध भावनालाई बिटुलो हुन दिएन। नेताजीको कमिशने
चमचाले उहाँलाई गिन्ती सिकाइरहेको छ। हेर्नुस् नेताजी यो एक, दुई, तीन
प्रारम्भिक गिन्ती हो। यस्ता तीन करोड त हजुरको गुप्त खातामा छँदैछ नि
चिन्ता लिनुपर्दैन। सबैले सात पुस्ताको लागि कमाए, हजुरले चाहिं तीन
पुश्ताका लागि। कोही सातबाट बढेर सयौं पुस्ताको लागि कमाएका पनि हाम्रै
नेताजीको समाजमा छ। त्यसैले गन्न आवश्यक छ। आजको जुगमा गिन्ती आउनु
अनिवार्य छ।
यति समझमा आएपछि मात्र हाम्रा औंठाछाप नेताजी व्यवहारमैं आफ्नो
सिद्धान्त त्याग्ने निर्णयमा पुग्नुभएको हो। कतिले मन्त्रीपदको लागि
आफ्नो मातृदल परित्याग गर्छन्। सत्ता र भत्ताको लागि सबै थरीका पापड
बेल्न तयार रहन्छन्। जाबो एउटा सिद्धान्त त्याग्न केको आइतवार ? कमिशने
चमचाजीको वाणीका साथ नेताजीको अनुहार सिद्धान्त त्यागको पीडाले अमिलो
भयो। त्यसपछि उहाँ निरक्षरबाट साक्षरता बन्ने अभियानमा लाग्नुभयो। यो
अभियानको पहिलो दिन गिन्तीबाट सुरु भएको हो। यस्तो अभियानको थालनीमा
उहाँले आफ्नो सिद्धान्त त्यागको घोषणा गर्न पत्रकार सम्मेलन डाक्नुभएको
हो। पत्रकार सम्मेलनमा रङगविरङगका पत्रकार सामेल भए। जसमा एक औंठाछाप
पत्रकारसमेत सामेल भए। अब भयो फसाद, पत्रकारपनि औंठाछाप हुने। यो नेपालीय
पत्रकारिताको विशेषता हो। यहाँ आदिमकालीन संस्कृति जोगाउन पत्रकारका
सङ्घले आफ्नो पकेटमा समाउने औंठाछाप पत्रकारसमेत पैदा गरेको छ। यो कसरी
सम्भव छ भने विधान पढ्नुस्, विधानमा उल्लेख छ।
शुद्ध नेताजीले अक्षरज्ञानबाट आफू बिटुलो भएको सगर्व पत्रकारमाझ घोषणा
गर्नुभयो। हाम्रा औंठाछाप पत्रकारज्युले नेताजीको साथ दिए। एक पत्रकारले
सोधिहाले। हुनत यो पत्रकारले हजारौपटक सोधिसकेको प्रश्न हो। यसमा कुनै
नवीनता नभएको सबैलाई थाहा छ। नेताजी संविधान बन्छ कि बन्दैन ? यो प्रश्न
नेपालभूमिको यक्ष प्रश्न भएको छ। नेताजीले आफ्नो उवाच जारी गरे–
हेर्नुुस्, यो प्रश्नको उत्तर त्यति सजिलो छैन। त्यैपनि म आफ्नो
अक्षरज्ञानले यहाँलाई प्रस्ट पार्छु एक, दुई, तीन संविधान समयमा बन्दैन।
एक, दुई, तीन संविधान असमयमा बन्छ। पत्रकार जमातले नेताजीको महान् वाणीमा
पर्र् ताली पिटे। नेताजी आफ्नो अक्षर ज्ञान र एक, दुई, तीन भन्ने नयाँ
थेगोका साथ यस पवित्रभूमिको मसिहा हुनुभएको छ।