गोकुल घोरसाइने
निजगढ, विद्यालयमा अध्ययन गर्दा बनाएको ‘जीवनको लक्ष्य’ कति विद्यार्थीले पूरा गर्न सकेका छन् ? उत्तर सहज छ– धेरै विद्यार्थी लक्ष्य हात पार्न सक्दैनन्। तर, बारा निजगढ–६ का २७ वर्षीय हरिप्रपन्न तिमल्सिनाले भने डाक्टर बनेर गाउँका बिरामीहरूको सेवा गर्छु भनेर विद्यार्थी छँदा बनाएको लक्ष्य चुम्न सफल बनेका छन्।
एमबिबिएस पास गरेलगत्तै गाउँमा खुलेको सामुदायिक अस्पतालमा भर्ना भएर सेवा गर्ने मौका पाएपछि तिमल्सिनाको विद्यार्थी जीवनको लक्ष्य साकार भएको हो।
“विद्यार्थी छँदा बनाएको लक्ष्य पूरा भयो”– तिमल्सिनाले भने। हाई स्कूलमा अध्ययन गर्दादेखि नै डाक्टर बनेर गाउँका बिरामीहरूको सेवा गर्ने लक्ष्य राखेको तिमल्सिनाले बताए। “आँट्यो भने पुग्दो रहेछ”– तिमल्सिनाले भने। निजगढस्थित सामुदायिक अस्पतालमा तिमल्सिना दुई वर्षदेखि सेवारत छन्। उनी गाउँबाट एमबिबिएस गर्ने पहिलो विद्यार्थी पनि हुन्।
स्वास्थ्य सेवाको अभावमा गाउँमा धेरैको ज्यान जोखिममा परेको घटना देखेपछि डाक्टर बनेर सर्वसाधारणको सेवा गर्ने भावना सानैदेखि पलाएको तिमल्सिना बताउँछन्। “सामान्य रोगको समेत उपचार नपाएर ज्यान गुमाउनु पथ्र्योे”–तिमल्सिनाले कक्षा ६ मा अध्ययन गर्दा नै डाक्टर बन्ने विचार पलाएको जानकारी दिए। अस्पतालमा आउने गरीब, असहाय बिरामीको उपचारमा तिमल्सिनाले सहयोगसमेत गर्दै आएका छन्। अस्पताल सञ्चालक समितिले तिमल्सिनाको अनुरोधमा त्यस्ता बिरामीको उपचार खर्चमा छुट दिनसक्ने अधिकार दिएपछि उनले सहयोग गर्ने मौका पाएका हुन्। “धन कमाउनु मात्र ठूलो कुरा होइन, विद्यार्थी जीवनको लक्ष्यबाट विचलित हुन मन मानेन”– तिमल्सिना बताउँछन्। सेवाको भावनाले सहर बजारका नर्सिङ होम र अस्पतालबाट आएको अफर छोडेर गाउँमा बसेको उनको भनाइ छ।
गौरीशङकर उच्च माध्यमिक विद्यालय निजगढका प्रधानाध्यापक एवं उनका गुरु सुदर्शनप्रसाद कोइरालाले हरिप्रपन्नले विद्यालयमा अध्ययन गर्दादेखि नै डक्टर बन्ने लक्ष्य बनाएको जानकारी दिए। “कक्षामा विद्यार्थीहरूलाई भविष्यमा के बन्ने भनेर प्रश्न गर्दा उनी सधैं डाक्टर नै बन्छु भन्थे।” तिमल्सिना विद्यालयबाट एमबिबिएस उत्तीर्ण गर्ने पहिलो विद्यार्थीसमेत भएको कोइरालाले बताए। “जेहेन्दार र लक्ष्यप्रति प्रतिबद्ध हुने स्वभावका कारण हरीप्रपन्न जीवनको लक्ष्य हात पार्न सफल बनेको”– कोइरालाको भनाइ छ।
०६५ सालमा काडमाडौंको नेपाल मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण तिमल्सिनाले हेटौडास्थित मकवानपुर बहुमुखी कलेजबाट प्लस टु गरेका हुन्।