संस्कृतमा एउटा श्लोक ‘‘मन एवं मनुष्याणां कारणं बन्धमोक्षयों’’ मनुष्यको बन्धन र मुक्तिको कारण मन नै हो। यसैगरी हिन्दीमा पनि एउटा उक्ति छ ‘‘मन चंगा तो कठौती में गंगा’’ यदि हाम्रो मन चोखो छ सफा छ भने, सानो काठको भाँडामा रहेको जल पनि गंगा समान नै बन्दछ र यदि हाम्रो मन दूषित छ भने , दिनको १०० चोटी गंगामा डुबुल्की मारेर स्नान गरे पनि मानिस चोखो बन्दैन।
त्यसैले प्यारा बाबा भन्नुहुन्छ ‘‘हर घण्टा मनकी एक्सरसाइज कर उसे शक्तिशाली बनाओ जब बाबा ही संसार है तो संस्कार भी बाप जैसा बनाओं’’। निश्चय पनि मनलाई हर समय हर क्षण नियन्त्रणमा राखेर परमात्मामा टिकाइराख्न अन्यन्त गाह्रो छ गीतामा भनेको पनि छ ‘‘चञ्चल हि मन: कृष्ण प्रमाथि बलवद् दृढम्। तस्याहं मन्य वायो्रिब सुदुकरम्’’ बरू हावालाई हाम्रा् वशमा राख्न नियन्त्रणमा लिन सजिलो होला , तर मनलाई त्यति सजिलोसँग आफ्नो वशमा नियन्त्रणमा राख्न सकिदैन। किनकि यो अति नै चञ्चल छ एकक्षण, एक सेकेण्ड पनि एक ठाउँमा एक वस्तुमा स्थिर भएर बस्न सक्दैन। हामी ध्यान गर्न बस्छौ , ध्यान गर्दागर्दै लुत्त चोर भागेझै एक क्षणमै ध्यानस्थ वस्तुबाट भागिदिन्छ , फेरि तानेर ल्यायो त्यही आफ्नो (Aim, object मा टिकाउन खोजेमा एकछिन बस्छ फेरि लुत्त भागिदिन्छ, त्यसैले गीतामा फेरि भनेको छ ‘‘शनै शनैरुप रमेत् बुद्ध्या घृतिगृहीतया, आत्म संस्थम् मन: कृत्वा नकिञ्चिदपि चिन्तयेत्।’’ विस्तारै विस्तारै सांसारिक बृत्तिमा फसेको मनलाई बुद्धिको सहायताबाट ज्योति विन्दु स्वरुप परमपिता परमात्मासंँग अविचलित रुपमा टिकाई राख्ने अभ्यास गर्नु पर्दछ र मन आत्मनियन्त्रणमा आईसकेपछि कुनै पनि विषयको चिन्तन नगरीकन एकटक परमात्मामा योगस्थ हुने अभ्यास गर्नु नै राजयोग हो र यही योगाभ्यासद्वारा मानिसको मन लैकिक रुपमा शारीरिक मानसिक क्रियाकलापबाट संयमित बन्दछ र योगको गहिराइमा पुग्न सक्दछ।
दृढ संकल्पका साथ श्रद्धापूर्वक योगाभ्यासमा लागेमा मानिसले अवश्य पनि आफ्नो लक्ष्यमा सफलता हासिल गर्दछ। यही अभ्यासलाई निरन्तर अगाडी बढाउन नै बाबाले आफ्ना प्यारा बच्चाहरुलाई मनको एक्सरसाइज सिकाउनुहुन्छ, प्रत्येक घण्टामा ५ सेकेण्ड मात्र पनि मनलाई शान्त बनाएर एक ठाउँमा टिकाइराख्न सक्यौं भने पनि मन नियन्त्तणमा आउन सक्छ, शक्तिशाली बन्दछ, किनकि बाबा भन्नुहुन्छ ‘‘मनके जीते जगत जीत मनके हारे हार’’ यदि हामीले मनलाई जित्न सक्यौं भने संसारलाई वशमा पार्न सक्छौं। यदि मनले हामीलाई हराइदियो भने सांसारिक मायाबाट हार खानेछौं। त्यसैले सवभन्दा पहिले चञ्चल मनलाई आफ्नो वशमा राख्न, अस्थिर स्वभावको कारणले मन जता जता जान्छ, त्यतैबाट खिचेर आफ्नो वशमा ल्याउनुपर्दछ। त्यसैले बाबाले रुहानी ड्रील गराउनुहुन्छ। सर्वप्रथम ज्योतिबिन्दु स्वरुप, दोस्रो देवता स्वरुप, तेस्रो पूजनीय रुप, चौथो संगमयुगी ब्राह्मण रुप र पाँचौ फिरस्तारुप। दिनभरिमा प्रत्येक घण्टा यही पाँच स्वरुपमा मनलाई स्थिर गराउने अभ्यास गरियो भने यही अभ्यासले मनलाई शक्तिशाली बनाउनमा मद्दत गर्दछ र यही रुहानी ड्रीलको माध्यमबाट चञ्चल मनलई सांसारिक विषयवस्तुबाट खिचेर एक परमात्मामा मात्र अचल अडोल रुपमा केन्द्रित गराउन सक्नेछौं। बाबा नै मेरो संसार हो भन्छौ भने हामीले हाम्रो संस्कार परिवर्तन गर्नु जरुरी छ , किनकि संसारमा संस्कार छ बाबामा ‘‘मनमनाभव’’ भनेर मन समर्पण गर्दछौं भने त्यहाँ संसार संस्कार केहीले छुन सक्दैन किनकि बाबा almightyशर्वशक्तिमान् हुनुहुन्छ। सर्वशक्तिमान्का अगाडि संसारी तुच्छ शक्तिको केही जोर चल्दैन। त्यसैले बाबा भन्नुहुन्छ जब बाबा मेरो संसार हो भन्दछौं भने संस्कार पनि बाबा जस्तै बनाऊ direction गर भन्नु हुन्छ बाबा। स्वपरिवर्तनको गतिलाई तीब्र नपारीकन संस्कार र स्वभावमा परिवगर्तन ल्याउनका लागि प्रत्येक संकल्प, बोल र कर्ममा ब्रह्माबाप समान आफूलाई बनाउन जरुरी छ यही नै नयाँ वर्षमा सबै प्यारा बच्चाहरुलाई बाप दादाको इसारा directionनिर्देशन guideline हओ भन्ने हामीले सोच्नुपर्दछ। हामीले अनिवार्य रुपमा follow गर्नु पनि यही नै हो। यसैबाट हामी स्वराज्य भाग्य अधिकारी बन्नेछौ। यति गर्न सक्यो, भने बन्धन र मुक्तिको कारण स्वरुप मन पनि हाम्रै वशमा आउनेछ। हामी मायाजित जगतजित बन्नेछौं।