भारतले बुधवार ६२ औं गणतन्त्र दिवस मनायो। उक्त अवसरमा विभिन्न नेपाली पत्रपत्रिकामार्फत् यस अवधिमा उसले प्राप्त गरेको उपलब्धिहरू सार्वजनिक गरेको छ र सो अवसरमा नेपालमा विभिन्न संस्थाहरूलाई एम्बुलेन्स तथा पुस्तकहरू वितरण गरेको छ। शताब्दीसम्म अङ्ग्रेजहरूको पराधीन भई सन् १९४७ मा स्वतन्त्र भएपछि, विभाजनको अतिशय पीडा सहेपछि, सन् १९५० मा उसले गणतान्त्रिक संविधानको मार्ग पहिल्याई आज उन्नतिको त्यस शिखरमा पुग्न सफल भएको छ, जसको कल्पना अति विकसित, बौद्धिकता सम्पन्न राष्ट्रले पनि गर्न सकेका थिएनन्। भारतले स्वतन्त्रता प्राप्त गरेको तीन वर्षपछि अर्थात् भारतले गणतान्त्रिक संविधान रोजेकै वर्ष नेपाल पनि घरानिया शासनबाट मुक्त भएको हो। त्यसपछि नेपालमा विभिन्न राजनीतिक आन्दोलन भए। २०६३ सालमा सामन्तवादी शासन फ्यालेपछि आज पूर्ण स्वतन्त्र पनि भएको छ।
कुनै पनि शासन व्यवस्था परिवर्तन हुँदा सङ्क्रमणकाल अनिवार्य आउँछ। भारत स्वतन्त्र हुने बित्तिकै विभाजित भयो, अथवा विभाजित भएर स्वतन्त्र भयो। त्यसपछि उसले चीन र पाकिस्तानसँग चारवटा युद्ध लडयो। त्यहाँ पनि साम्प्रदायिक, क्षेत्रीयतावादी विभिन्न आन्दोलनहरू भए। भारत आज पनि आतङकवादबाट पीडित छ तर पनि यी सबै कुराको गुनासो गरेर ऊ अकर्मण्य बसेन। यावत् बाधा पार गर्दै, विभिन्न झन्झा सम्याउँदै भारत आज विश्वको महत्त्वपूर्ण आर्थिक, सामरिक शक्ति बनेको छ। अब उसलाई अन्य मुलुकको सहयोगको खाँचो छैन, ऊ स्वयं अरूलाई सहयोग गर्न समर्थ भएको छ। नेपालमा उसले विभिन्न क्षेत्रमा यति सहयोग पुर्याइरहेको छ कि अति राष्ट्रवादीको रातको निद्रा हराम भएको छ। आफ्ना प्रान्तभन्दा पनि बढी भारतले किन नेपालको आधारभूत आवश्यकता निर्माणमा लगानी गरिरहेको छ ? भारतले नेपालमा किन लगानी गरिरहेको छ त्यो खोतल्नु यस लेखको आशय होइन, उसले आफू सक्षम भएर अरूलाई गरिरहेको छ। नेपालका लागि मात्र होइन, भारतले विभिन्न मुलुकलाई सहयोग जुटाइरहेको छ, नेपाललाई विशेषरूपले सहयोग गर्नु नेपाल–भारतबीच अन्योन्याश्रित सम्बन्ध भएकोले हो।
भारतभन्दा तीन वर्षपछि प्रजातान्त्रिक शासन व्यवस्थामा आएको नेपाल आज ६० वर्षपछि पनि त्यहीं छ जहाँ थियो। हिजो पनि नमागी देशको कुनै योजना सञ्चालन हुँदैनथ्यो आज पनि जाबो पाँच–दस लाखको गाडी पाएर आफूलाई धन्य ठान्दछ। राजधानीको फूटपाथसमेत विदेशीले बनाइदिनुपर्ने अक्षमता बोकेको यस देशलाई शासन व्यवस्थाले होइन, यहाँका शासकहरूले अधोगतिमा पुर्याएका हुन्। नेपालले यस अवधिमा न बाहय मुलुकसँग युद्ध लडयो, न विभाजनको पीडा भोग्यो न आतङकवादको सामना गर्यो। हो, माओवादी द्वन्द्वकालले केही अलमल्याएको अवश्य हो तर त्यस द्वन्द्वले नेपाललाई जागरुकता र सङ्घर्षको पाठ नै पढायो। तर पनि नेपाल मगन्ते नै बनिरहनुमा को दोषी ? भारतले सेती जल विद्युत्को बिजुली नकिन्ने भन्नेबित्तिकै अकर्मण्य नेपाली शासकहरू टाउको दुखाउँछन्, के नेपालीले उपभोग गर्नेजति बिजुली उत्पादन भइसकेको छ ? यै हो काम नगर्नेले बहस र तर्क गरेर पन्छिन खोज्छ भनेको, यही हो नेपालको दुर्गतिको कारण।