जीतलाल श्रेष्ठ/निजगढ क्रसरको नाम सुनेपछि झस्कन्छन् बारा लाल बकैयाका सुकुमबासी। एकधुर खनजोत गर्ने जमीन र अन्य आयआर्जनको स्रोत छैन उनीहरूको। ससाना तातेताते गर्ने बालबालिकादेखि आँखा नदेख्ने वृद्धसम्म जाडो होस् वा गर्मी लाल बकैयामैं दिनरात बिताउँछन्। उनीहरूको खेतबारी, व्यापार, व्यवसाय वा सम्पत्ति जे पनि एकमात्र लालबकैया नदी हो।
यहाँका अधिकांश सुकुमबासीको बर्सौदेखि यही लालबकैया खोला बगर एक मात्र जीवन धान्ने माध्यम बनेको छ। बगरको ढुङगा सङकलन र बालुवा चाली बिक्री गरेर करिब अढाई सय घरधुरीका लगभग १२ सयजनाले प्राण धानीरहेको सुकुमबासी बताउँछन्। तर दिनरात खोलामा धाए पनि बिहान–बेलुका हातमुख जोर्न धौ–धौ पर्छ उनीहरूलाई। खर र स्याउला–स्याउलीले खोला किनारमा बनाएको छाप्रो भरपर्दो छैन, जाडो ढाक्ने र गर्मी छेल्ने कपडा नभएको सुकुमबासीहरूको दु:खेसो छ।
जङगलबाट ल्याएको सिरुखरबाट छानो छाएपनि दर्बिलो घेराबार गर्न कुनै आम्दानी नभएपछि बालबालिकालाई घरमा छोड्न असुरक्षित लागेकोले ससाना बालबालिकालाई पनि आफूसँगै खोला बगरमा ल्याउन विवश भएको राजकुमार चौधरी बताउँछन्। आफ्ना ससाना नानीहरू रिया, रजनी र रचितलाई आफैसँग बिहान खोलामा ल्याउने र बेलुकी घर लैजाने गरेको राजकुमारले बताए।
बारामा पहिले यी सुकुमबासीहरूको आम्दानीको अवस्था राम्रो थियो तर क्रसर उद्योग स्थापना भएपछि आफ्नो भाग खोसिएको उनीहरूको गुनासो छ। क्रसर आउनुभन्दा पहिले दुई छाक खान, कपडा लगाउन र सामान्य औषधोपचार गराउन कुनै चिन्ता थिएन, केही घरखर्च पनि बच्ने गथ्र्यो तर क्रसर पसेपछि त बिहान–बेलुका हातमुख जोर्न पनि समस्या भयो– ६ दशक पार गरिसकेका सुकुमबासी वृद्ध रामकिसन चौधरीले थपे।
जाडो याममा शीत लहर, अत्यधिक जाडो खोला बगरमा चिसो सिरेटो चल्छ, गर्मीमा बगर नै रापिन्छ तीनजना बालबालिका साथमा लिई ढुङगा सङकलन गरिरहेकी इन्दिराले दु:खेसो पोखिन्।
क्रसर उद्योगको चलन नभएको बेला र समयले साथ दिंदा हप्तामा पन्ध्र सय, दुई हजारसम्म कमाउन सकिने भए पनि केही महिना अघिसम्म क्रसर उद्योगहरूले खोला बगरका ढुङगा उत्खनन गरी रित्याएपछि उनीहरूको जीविकोपार्जन जटिल र सङकटपूर्ण भएको छ। “क्रसर उद्योगमा ढुङगा बिक्री गर्न गाउँका हुनेखाने पनि ढुङगा सङकलन गर्दै ठेकेदार बनेपछि हामी सुकुमबासी र गरिबको अवस्था झनै दयनीय बनेको छ”– ३५ वर्षदेखि लालबकैया खोलामा ढुङगा–बालुवा सङकलन गर्दै आएका सुकुमबासी टोलका एक वृद्ध माझीले बताउँदै भने– “तर नाम चाहिं नलेखिदिनु होला, साहुहरू रिसाउँछन्”– वृद्धले अनुहारमा डरको भाव झल्काउँदै भने।
अहिले सरकारले ढुङगा–गिट्टी विदेश निर्यातमा रोक लगाएपछि हामीलाई केही राहत भएको छ—अर्का सुकुमबासी वीरबहादुर माझीले धक फुकाउँदै भने। वीरबहादुरको कुराको पुष्टि गर्दै अर्का पञ्च माझीले थपे– क्रसर चल्दा सबै ट्रक गाडी क्रसर उद्योगमैं रोडा, गिट्टी किन्न जान्थे। अहिले हामीकहाँ खोला बगरमा किन्न आउँछन्। फेरिपनि क्रसर उद्योग चल्छ रे भनेको सुनिन थालेको छ। हाम्रो पीडा कसले बुझिदिने– उनीहरू सोध्छन्।
चुरे पहाडको आसपास र खोलानाला, वनजङगल नजिकै केही वर्षदेखि सञ्चालनमा रहँदै आएका क्रसर उद्योगहरूले प्राकृतिक स्रोतको अवैज्ञानिक र अनियन्त्रित उत्खनन र दोहन गर्दै विनाश गरेपछि सुकुमबासीको गाँसबासका साथै चुरे पहाड, वनजङगल, गाउँ–बस्ती, खेतीयोग्य जमीनसमेत सङकटमा परेको छ।