प्रस, वीरगंज, १३ माघ/
जिल्ला हुलाक कार्यालयमा दर्ता भएको चिठ्ठी लुट्नुका साथै कर्मचारीमाथि हातपात भएको छ।
सम्भौता गासिस वडा नं. ३ का रामाकान्त साहले जिल्ला प्रहरी कार्यालय पर्साको नाउँमा १०९८२९६० नम्बरको रजिस्ट्री चिठ्ठी हिजो दर्ता गराएका थिए। सोही समयमा सम्झौता गाउँका योगानन्द साह, मनोज साह कानु, सुदामा साह कानुलगायत २०/२५ जना युवाहरूले सो चिठ्ठी लुटी लगेको जिल्ला हुलाक कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख दिनेशकुमार श्रेष्ठले बताए। सो कार्यालयमा कार्यरत कर्मचारी हलकारा रामजन्मप्रसाद यादवलाई हातपातसमेत गरेको हुलाक कार्यालयले जनाएको छ। चिठ्ठीमा केही सच्याउनु छ भन्ने माग गरी सो पत्र हातपारी केही युवाहरू भाग्न खोज्दा कर्मचारी यादवले सो चिठ्ठी दर्ता भइसकेकोले चिठ्ठी कार्यालयबाहिर लगेमा मेरो जागीर जान्छ भनेपछि सो युवाको समूहले कर्मचारी यादवलाई हातपात गरेको यादव स्वयंले बताए । चिठ्ठी खोसाखोस गर्दा चिठ्ठीको आधा भाग सो समूहले लिई भागेको कुरा प्रमुख श्रेष्ठले बताए । कर्मचारीमाथि हातपात गरी दर्ता भएको चिठ्ठीपत्र लुटी लग्ने जोकोहीलाई नछोड्ने श्रेष्ठले बताए । दोषीमाथि कारबाईको माग गर्नेबारे आज जिल्ला हुलाक कार्यालय पर्सामा निजामती कर्मचारी स·ठनको बैठक बसेको थियो । सो स·ठनले आज प्रमुख जिल्ला अधिकारी नागेन्द्रकुमार झासँग भेटी घटनाबारे जानकारी गराइ कारबाईको माग गर्ने निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष सचितानन्द सिंहले बताए । दोषीमाथि कारबाई नभएमा चरणबद्ध आन्दोलन गर्ने सो स·ठनले जनाएको छ । हामीलाई प्राप्त समाचार अनुसार माघ ६ गते राति सम्भौता गाविसका रामाकान्त साहलाई घरबाट लगी मरणासन्न हुने गरी कुटपीट गरिएको थियो । सोही घटनामा उनीलगायत सोही गाउँ निवासी महेन्द्र साह कलवार, कृष्ण साहलगायत घाइते भएका थिए । उनीहरूको उपचार वीरगंजमा भइरहेको छ । घाइते पक्षधरहरूले नै हुलाकमार्फत् मुद्दा दर्ता गराउनका लागि सो चिठ्ठी पठाएका थिए ।