-अनन्तकुमार लाल दास शिक्षकलाई पनि जगाउनुपर्छ र ? एक प्रश्न तेर्सियो। प्रश्न त प्रश्न नै हो। यसलाई सम्बोधन गरेर मात्र साम्य पार्न सकिन्छ। त्यसैले कुनै पनि प्रश्नको अगाडि यक्ष विशेषण नै लगाउनुपर्छ भन्ने छैन। प्रश्नको हल नखोजेसम्म त्यो गर्हुँगो हुन्छ नै। निश्चितरूपमा शिक्षक भनेकै सजग, जागरुक एवं पहरेदार पेशा हो। अहिले बदलिएको सन्दर्भमा शिक्षकहरू कुम्भकर्णे निद्रामा सुतेका त छैनन् भन्ने गहिरो आम बुझाइ कताकता हुँदै गएको छ। त्यसैले कुखुरी–काँ गर्नुपरेको हो। हाम्रा पुर्खाहरूले उपनिषद्मा पाठ गरेका थिए, “पूर्णमद: पूर्णमिदं पूर्णात्पूर्णमुदच्येत्। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।” पूर्णता नै हाम्रो लक्ष्य भएको हुनाले हामी शिक्षकहरू आफ्नो पेशामा अझ बढी जागरुक, अझ बढी समर्पित र अझ बढी मर्यादित होऔं भन्ने लक्ष्य लिएर आपैंmलाई कठघरामा उभ्याउँदै आफ्नैविरुद्ध कलम चलाउन थालिएको छ। शिक्षकलाई लक्षित गरी कलम चलाउँदा त्यसभित्र हामी सबै शिक्षाधर्मी पर्छौं। त्यसैले यो एउटा शिक्षकले आफ्नै मनको ऐनाभित्र आफैंलाई नियाल्नु हो।
शिक्षक एउटा पेशा मात्र हैन। यो त सत्यको सनातन साधना एवं आलोकको अनन्त आभामा रत एक शाश्वत विचार प्रवृत्तिको नाम हो। यो एउटा यस्तो परम्परागत पेशाा हो जसको एउटा रेखा अतीतसँग जोडिएको छ भने दोस्रो अनागत तर यी दुवैबीच मध्यवर्ती आधुनिकताका आयाम यो दुईटै रेखालाई जोडेको छ। पुरातन एवं नूतनबीच अधुनातनको यो केन्दीय बिन्दु शिक्षक चिन्तनधाराको निरन्तरतालाई अक्षुण्ण बनाइराख्दछ र यही नै उसको सम्मान एवं मर्यादाका आधार पक्ष हुन्। शिक्षक हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहने छन्। शिक्षण प्रविधिका जतिसुकै नयाँ आयामहरू थपिए पनि एउटा भौतिक शिक्षक त चाहिन्छ नै। त्यसैले शिक्षक पेशा केवल बेरोजगारी हरणका अवलम्ब मात्र हैन। हो यतिखेर केही अबुझ व्यवस्थापन समितिका अध्यक्षहरूले शिक्षकवृत्ति आफन्तहरूलाई जागिर दिने उपक्रम ठान्दछन्। यस्तै–यस्तै बुझाइ केही राजनीतिकर्मीहरूको पनि छ र त्यति मात्र कहाँ हो र, भुस्कोल बेरोजगारीहरू पनि शिक्षण पेशालाई बेराजगारबाट उन्मुक्त हुने छोटो बाटो ठान्दछन् तर शिक्षक एउटा उच्च आदर्श भएको पेशा हो। यसको उच्चतालाई स्वयं शिक्षकहरूले नै पहिले आत्मसात गर्नुपर्छ।
सामाजिक मर्यादा प्राप्त गर्नका लागि पहिला शिक्षक स्वयंले आफ्नो सम्मान गर्न सिक्नुपर्छ। आफूभित्रको हीनताबोध हटाउनुपर्छ। एउटा शिक्षकले अर्को शिक्षकलाई अत्यन्त उच्च व्यवहार गर्नुपर्दछ। शिक्षकको बोलीबाट जहिले पनि मर्यादा, शिष्टता, विनम्रता र अनुशासनबद्धता झल्किनुपर्छ। शिक्षक स्वयं ज्ञानको भोको देखिनुपर्छ। एउटा ज्ञान पिपासु शिक्षकले नै अर्काको जान्ने भोकलाई तृप्त पार्न सक्छ। अर्थात् हाम्रो बानी–बेहोरा पनि पेशा अनुकूल हुनुपर्छ। केवल विद्यालय परिसरभित्र मात्र हैन बाहिर पनि समाजले हामीलाई नियालिरहेको हुन्छ। एउटा शिक्षकले गर्ने व्यवहारले समाजमा असर पारिरहेको हुन्छ। हामी आफ्ना सहकर्मीप्रति कस्तो टिप्पणी गर्छौं, सहकर्मीसँग प्रतिस्पर्धा गर्दा कसरी अस्वस्थ बनाउँछौं, आफ्ना केही भत्ता र प्रोन्नति वा पदस्थापन वा सरुवाका लागि के कस्ता घृणित बाटोहरू अख्तियार गर्छौं त्यो पनि त्यति नै विचारणीय छ।
हामी शिक्षकहरू दिनहुँ कति घण्टा पढ्छौं ? कक्षा कोठामा त्यही शिक्षकले राम्रोसँग पढाउन सक्छ जो पढेर जान्छ। बासी कुराहरू पस्किने शिक्षक होइन। त्यो त स्टिरियो रेकर्डर हो। अहिलेको समयमा शिक्षक र विद्यार्थीबीच दूरी भनेको केवल एक घण्टाको हो। एक घण्टा पहिला शिक्षकले जुन कुरा पढेको हुन्छ त्यसैलाई उसले एक घण्टापछि विद्यार्थीहरूलाई अपटुडेट गराइराखेको हुन्छ। हामी विषयगत पुस्तकहरू कति पढ्छौं, विषयगत पत्रिकाहरू कति पढ्छौं, यसबारे हामीले आफैंलाई कसौटीमा राखेर हेरेका छौं त ? विज्ञानका शिक्षकले विज्ञान सम्बन्धी पत्रपत्रिकाहरू कति पढ्छन् वा भाषाका शिक्षकले भाषा सम्बन्धी जर्नलहरू कति पढ्छन्, त्यस्तै अन्य विषयवस्तुबारे पनि कतिको फराकिलो जानकारी राख्छौं ? यसले पनि हामीलाई अग्लो बनाउँछ।
कवि कुल शिरोमणि कालिदासले बडो मननीय पङ्क्ति भनेका छन्, “पुराणमित्येव न साधु सर्वम्, न चापि काव्यं नवमित्यवद्यम्। मूढ: परप्रत्ययनेयबुद्धि, संत: परीक्ष्यान्यतरद् भजंते।।” अर्थात् जे कुरो पुरानो छ र पारम्परिक छ ती सबै राम्रै नै हुन्छ भन्ने छैन र जे कुरो नयाँ छ त्यो हेला योग्य नै हो भन्ने पनि छैन। त्यसैले हाम्रा परम्पराहरूमा सन्तुलन हुँदै आएको छ। नयाँ र पुरानामाझ समीक्षा गर्दै जे श्रेयष्कर हो त्यसैलाई ग्रहण गर्नु उत्तम मानिन्छ। त्यसैले शिक्षकहरूले पनि हाम्रा समाजमा रहेका राम्रा परम्पराहरूलाई फिजाउने, वैज्ञानिक नवमान्यताहरूलाई आत्मसात गराउने तथा गलत पुराना कुराहरूलाई अलग्याउने, आधुनिकताका नाममा समाजघाती तत्त्वहरूलाई अन्वेषण गर्ने कार्यभारलाई सदैव सजग भएर पूरा गर्नुपर्छ किनभने माड्सापले भनेपछि त्यस कुरालाई समाजले बडो पत्यारिलो तरिकाले लिन्छ। यहींनिर एउटा शिक्षक समाजसुधारकको रूपमा मुखरित हुन्छ। के हामी शिक्षकले ँयस भूमिकाबारे कहिले पनि एकपटकका लागि सोचेका छौं ?
गाला फुलाउनु र हाँस्नु एकैपटक हुन सक्दैन। आफू सम्मानित हुन प्रयत्न पनि नगर्ने र कसैले इज्जत गरेन भनेर चित्त पनि दुखाउने यो सम्भव छैन। आज सामाजिक अनुशासन कमजोर देखिएको छ भने त्यसको एउटा जिम्मेवार पक्ष शिक्षक पनि हो। आज तपाईंले आफ्ना अभिभावकलाई जे कुरा सिकाउनुहुन्छ, आफ्ना विद्यार्थीलाई जस्तो भूमिकामा राख्नुहुन्छ त्यसको प्रभाव तपाईंले पनि बोक्नुपर्ने हुन्छ। भई के राखेको छ भने कुनै अभिभावक उत्तेजनामा आएर कुनै शिक्षक विशेषलाई गाली बेइज्जती गर्दा अर्को शिक्षक चुप लागेर टुलुटुलु हेरिराखेका हुन्छन्। सबै शिक्षक मिलेर ती उत्तेजित अभिभावकलाई सम्झाउने–बुझाउने वा नैतिक प्रतिकार गर्ने साहस देखाउँदैनन्। आज दुई–चारजना मुन्द्रे केटाहरू विद्यालय परिसरभित्र छिर्छन् र कुनै विद्यार्थी
(छात्र वा छात्रा) सँग अशिष्ट व्यवहार गर्छन् वा कुनै शिक्षकको मानमर्दन गरेर फर्कन्छन् तर विद्यालयमा उपस्थित शिक्षकहरू जो सङ्ख्यामा बढी हुन्छन्, जोसँग नैतिक बल पनि छ, समूहगत प्रतिवाद गर्न चाहँदैनन्। शिक्षकहरू यस कारणले पनि बेइज्जतीका शिकार हुँदै गएका छन्। अनुशासन एकै दिनमा बिग्रेको होइन। सम्मान सजिलै पाइँदैन। संस्कृतमा भनिएको छ– “आत्मन: प्रतिकुलानि परेषां नसमाचरेत्।” अर्थात् जो कुरो तपाईंलाई नराम्रो लाग्छ त्यही कुरो अरूसँग पनि नगरिदिनुस्। शिक्षकले यी कुराहरूलाई बडा मसिनो तरिकाले हेर्नुपर्छ। आज शिक्षकहरूलाई कालोमोसो दल्ने, कुट्ने, बेइज्जत गर्ने, विभिन्न आरोप लगाउने, धम्क्याउने, रङगदारी कर असुल्ने जस्ता अप्ठ्याराहरूबाट गुज्रिनुपर्ने परिस्थिति देखिन थालेको छ। यी अवस्थाहरूलाई हेर्दा उर्दूका प्रसिद्ध शायर दुष्यन्त कुमारको पङ्क्ति सम्झना आउँछ,“कैसे मंजर सामने आने लगे हैं, गाते–गाते लोग चिल्लाने लगे हैं, कैफियत तालाब से माँगी गई है, क्यो कमल बेबात कुम्हलाने लगे हैं ?”
आज सबभन्दा ठूलो चुनौती भनेकै शिक्षकले आफूलाई शिक्षकका रूपमा हेर्न नसक्नु हो। शिक्षकहरू एकजुट भएर एक–अर्काप्रति पारस्परिक सम्मान व्यक्त गरेर, आफ्ना विषयमा गहिरो दखल राखेर, शिक्षा कार्यालयको धूलो चाट्ने मनोवृत्ति हटाएर अगाडि बढ्न सके भने समाजमा शिक्षक अत्यन्त आदरणीय रहि नै रहन्छन्। शिक्षक भनेको सामाजिक अनुशासनको अवैतनिक प्रहरी पनि हो। ऊ समाजलाई अगाडि बढाउने अगुवा पनि हो तर यत्रो महत्त्वपूर्ण जिम्मेवारी बोकेका सरकारी शिक्षकहरू जाबो गलत मनसाय बोकेका व्यवस्थापन समितिका अध्यक्षको चेपुवामा पर्नुपरेको छ। यस्ता शिक्षकहरूको अप्ठ्यारा देखेर मलाई एउटा उर्दू शेरको सम्झना हुन्छ, “क्यो रे दुखिया क्या तुम्हे इतनी नहीं तमीज, मुखिया के घर आ गए पहने नए
कमीज।”
त्यसैले म शिक्षक मित्रहरूलाई विनम्रतापूर्वक भन्छु– जाग शिक्षक जाग १ यो जाग्नु साँच्चिकै सामाजिक पुनर्जागरणको अभ्यर्थना हो। यो जागरण नवयुगको अभिनन्दन हो। मूल्य र मान्यताहरूको अभिवादन हो। सामाजिक अनुशासनको अर्चना हो। सामाजिक पौरखको आह्वान हो र शिक्षकले शिक्षक बन्ने पहिलो पाइला हो।