प्रस, पर्सा, १२ माघ/
भारतीय महावाणिज्यदूत आशुतोष अग्रवालले नेपालमा लोकतन्त्र स्थापना भइसकेकोले त्यसलाई संस्थागत गर्न सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्। उनले नागरिक अधिकार सम्पन्न भइसकेको अवस्थामा देशलाई कसरी अगाडि बढाउने तथा राजकाज सञ्चालनबारे विभिन्न विचार बोकेका राजनीतिक दलले आफ्नो विचार राख्दै मूल कानुन संविधान निर्माण गर्नुपर्नेमा जोड दिए।
मित्र राष्ट्र भारतको ६२ औं गणतन्त्र दिवसको अवसरमा नेपाल–भारत सहयोग मञ्चले वीरगंज उद्योग वाणिज्य सङ्घमा आयोजना गरेको शुभकामना समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधान गर्दै महावाणिज्य दूतले नेपाल र भारतबीच सम्बन्ध प्राचीनकालदेखि नै प्रगाढ भएको उल्लेख गर्दैै दुई देशबीच सम्बन्ध अझ प्रगाढ बनाउँदै लग्नुपर्ने बताए।
वीरगंजमा भारतीय महावाणिज्य दूतावास स्थापना गराउन उल्लेखनीय भूमिका निर्वाह गरेका तत्कालीन भारतीय राजदूत श्यामशरणलाई उनको दूरदृष्टिले गर्दा नै भारत सरकारले राष्ट्रपतिबाट पद्मभूषण पुरस्कार प्रदान गरिएको महावाणिज्यदूत अग्रवालले जानकारी गराए।
कार्यक्रममा नेपाली काङ्ङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले शक्तिशाली भारत नेपालमात्र होइन दक्षिण एसियाको हितमा रहेको बताए।
नेपाल भारत दुई देशबीच मित्रताको जग राजनीति नभई सामाजिक भएको उल्लेख गर्दै चौधरीले दुई देश एक अर्काको पूरक रहेको बताएका थिए।
कार्यक्रममा ए. माओवादीका बाबुराम कौशिकले माओवादी विचारको विरोधीमात्र भएको भारत विरोधी नभएको बताएका थिए।
त्यसैगरी नेपाल सद्भावना पार्टी पर्साका अध्यक्ष नेजामुद्दिन समानीले अपराध नियन्त्रणमा दुई देशबीच सहयोग आदानप्रदान जरुरी रहेको बताए। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, नागरिक समाजका प्रेमनाथ शर्मा, प्रो.अनिल सिन्हा मधेसी जन अधिकार फोरम (लो.) का मन्जरुल हक, वीउवासङ्घको अशोक वैद्यलगायतले शुभकामना व्यक्त गरेका थिए। मञ्चका अध्यक्ष हीरा गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अधिवक्ता बालमुकुन्द खरेलले गरेका थिए।
आज बिहान भारतको ६२ औं स्वतन्त्रता दिवस वीरगंजस्थित महावाणिज्य दूतावासमा एक कार्यक्रमको आयोजना गरी मनाइयो।
महावाणिज्यदूत आशुतोष अग्रवालले झन्डोत्तोलन गर्दै राष्ट्रपति प्रतिभा पाटीलले देशको नाममा दिएको सन्देश वाचन गरेका थिए। सो अवसरमा दिल्ली पब्लिक स्कूल, डिएभी, हरिखेतान क्याम्पसका छात्रछात्राहरूले भारतीय राष्ट्रिय गानका साथै देशभक्तिका गीतहरू गाएका थिए।
स्वतन्त्रता दिवसको अवसरमा महावाणिज्यदूत अग्रवालले नेपाल रेडक्रस सोसाइटी ठोरी शाखा पर्सा, पिप्रा हेल्थ पोष्ट महोत्तरी, हेल्थपोष्ट सर्लाही र नेपाल रेडक्रस सोसाइी धनुषालाई एम्बुलेन्स वितरण गरेका थिए।