-सञ्जय साह ‘मित्र’ आजको युगमा भ्रष्टाचारको क्षेत्र व्यापक भएको छ। भ्रष्टाचारको अनुसन्धान र अध्ययन गरिरहेका संस्थाहरूले विश्वका लगभग सबै देशहरूमा कुनै न कुनै रूपमा तथा केही न केही मात्रामा भ्रष्टाचार भइरहेको तथ्य सार्वजनिक गर्ने गरेका छन्। नेपाल पनि धेरै भ्रष्टाचार हुने देशमा पर्ने गरेको छ। नेपालको लगभग सबै क्षेत्रमा भ्रष्टाचार हुने गरेको पाइएको छ।
वकिलमार्फत् न्यायाधीशलाई उपलब्ध गराएको रकमले आफूहरू अदालतको आदेशबाट थुनामुक्त भएको र थुनामुक्त हुन जुटाएको रकम फिर्ता गर्न भरतपुर क्यान्सर अस्पतालका प्रमुख डाक्टरलाई अपहरण गर्नुपरेको खुलासा भएपछि नेपालको न्यायिक क्षेत्रमा पनि भ्रष्टाचार व्याप्त रहेको खुलासा भएको थियो। यद्यपि एक–दुई उदाहरणकै भरमा समग्र न्याय क्षेत्रलाई नै भ्रष्ट भन्न मिल्दैन।
सामान्य नागरिकको मानसिकता कस्तो बन्दै गएको छ भने कुनै पनि सरकारी कार्यालयमा बिना घूस काम हुँदैन। घूसको लेनदेन भन्नु नै भ्रष्टाचार हो। कतिपय स्वच्छ देखिने कार्यालयहरूमा पनि एजेन्ट (दलाल)मार्फत् काम हुन्छ। कृषि विकास बैंकहरू यसका दृष्टान्त हुन सक्छन्। जुन कार्यालयमा नियम–कानुनअनुसार कागजपत्र लिएर महिनौं धाउँदा पनि काम हुँदैन त्यहाँ पैसा ख्वाएर महिनाको काम दिनमा, दिनको काम घण्टामा र घण्टाको काम मिनेटमा नै सकिन्छ। यसले कार्यालयहरूमा भ्रष्टाचार हुन्छ भन्ने बुझिन्छ।
सरकारी कार्यालयमा मात्र भ्रष्टाचार हुन्छ भन्ने होइन विभिन्न एनजिओ तथा आइएनजिओहरूले पनि भ्रष्टाचार गर्छन्। सामान खरिद, बिल–भर्पाई फछ्र्यौट, कर्मचारी भर्ना, कार्यक्रम सञ्चालन दिनजस्ता क्षेत्रहरूमा यस्ता गैरसरकारी संस्थाहरूले भ्रष्टाचार गर्दछन्। कतिपय संस्थाले कर्मचारी भर्ना गर्दा तिनका प्रमुखहरूले पहिले नै मोलतोल गरेका हुन्छन्। तलबी भर्पाइमा सही गरेकोभन्दा आधामात्र तलब बुझ्छन्। पहिले नैं यस्तो शर्त गरिएको हुन्छ कि तपाईंले पाउने रकमभन्दा दोब्बरको भर्पाइमा सही गर्नुपर्छ। नियुक्ति पाउनुअघि नै शर्त मन्जुर गरेपछि धेरै दु:ख मनाउ पनि गर्नु उचित भएन। कसैले सोध्दा पनि यस्ता कर्मचारीले आफूले पाउने गरेकोभन्दा भर्पाइ गर्ने गरेको तलबलाई बताउनुपर्ने बाध्यतात्मक तालिम दिएपछि नोकरी जाने डरले कुनै कर्मचारीले मुख खोल्न मान्दैन। संस्था सञ्चालकहरूले आफ्नो दुनो सोझ्याउन पाइरहेका हुन्छन्।
प्राइभेट फ्याक्ट्रीका कर्मचारीहरू पनि भ्रष्टाचार गर्न भ्याउँदा रहेछन्। दाल मिलका कर्मचारीले दाल नैं चोरी गरेर बेच्छन्। चिनी मिलमा नक्कली उखु जाँदो रहेछ। छलेर–झुक्याएर चिनी बेचिंदो रहेछ। बिस्कुट फ्याक्ट्रीमा काम गर्नेले बिस्कुट र सिमेन्ट– छड फ्याक्ट्रीमा काम गर्ने कर्मचारीले सिमेन्ट चोर्न भ्याउँछन्। यतिमात्र होइन, पसलमा काम गर्नेहरूसमेतले आफ्नो पसलको सामान चोर्ने वा रकम निकाल्नेजस्ता भ्रष्टाचारहरू गर्न भ्याउँदा रहेछन्।
व्यापक आर्थिक चलखेल हुने ठाउँहरूमा भ्रष्टाचार हुनु स्वाभाविक हो तर शिक्षाजस्तो पवित्र मन्दिरहरूमा समेत भ्रष्टाचार हुने गर्दछ। व्यवस्थापन समितिको पदाधिकारी र हेडमास्टरको मिलोमतोमा आर्थिक भ्रष्टाचार त हुन्छ नैं, अन्य भ्रष्टाचार पनि हुने गर्दछ। शिक्षकहरू नपढाएर, विद्यार्थीको होमवर्क चेक नगरेर परीक्षाको कापी परीक्षण गर्नुभन्दा नाम वा रोलक्रम हेरेर नम्बर दिएर अर्थात् विद्यार्थीको पढाइ र मूल्याङकन दुवै पक्षमा ध्यान नदिएर भ्रष्टाचार गर्छन्। निजी स्कूल अथवा बोर्डिङ स्कूलहरूको अवस्था पनि खासै फरक छैन। शिक्षकलाई कम तलब दिएर धेरैको भरपाइमा सही गर्न लगाउँछन्। यसैगरी विद्यार्थीले राम्रो अङक ल्याएको देखाउन सम्बन्धित विषयका शिक्षकहरूलाई उक्साउँछन्। शिक्षकले पनि केही प्रश्न घोक्न लगाएर त्यसैबाट परीक्षामा प्रश्नहरू सोध्छन्, विद्यार्थीलाई धेरै नम्बर आउँछ। अभिभावक खुशी हुन्छन्। हदै भए अभिभावकले आफ्ना छोराछोरीको परीक्षाको कापी हेर्छन्, लेखाइ देखेर सन्तुष्ट हुन्छन्। पढाई हेर्ने र बुझ्ने फुर्सद हुँदैन। दुई चार पङ्क्ति अङ्ग्रेजी बोल्न सिकेकै हुन्छन्। तर सिर्जनात्मकभन्दा घोकन्ते अर्थात् ब्रोइलर कुखुराजस्तो आफ्नो सन्तान बन्न पुगेको वा पुगिरहेकोप्रति अभिभावकहरू वास्तवमा पूर्ण अनभिज्ञ हुन्छन्।
मानवको ज्ञान–विज्ञानसँग सम्बन्धित सम्पूर्ण क्षेत्र, अङक तथा अंशमा भ्रष्टाचार पसेको हुन्छ। वास्तविकता र हार्दिकताभन्दा यान्त्रिकता बढेको छ। कामभन्दा कागजी कुरो पुर्याउनपट्टि सबैको ध्यान खिंचिएको छ। काम गर्नुभन्दा गरेको भान पार्न वा भ्रम पार्न वा देखाउन खोज्न चाहने प्रवृत्ति बढिरहेको वर्तमानमा भ्रष्टाचारको जरो धार्मिक क्षेत्रसम्म पनि पुगेको छ। धर्मको ‘रामनामी’ ओढेर कथित धार्मिक व्यक्ति वा संस्थाले ठग्ने गरेका समाचारहरू त प्रकाशमा आएकै छन्। नेपाली हिन्दूका आराध्यदेव पशुपतिनाथको मन्दिर
(काठमाडौं) मा पनि भ्रष्टाचार व्यापक हुने गरेको समाचारहरू पनि आइरहन्छन्। यसबाट यो सिद्ध हुन्छ कि मानिसको मानसिकता नै भ्रष्ट भए पशुपतिनाथले पनि भ्रष्टाचारलाई रोक्न सक्ने सामथ्र्य राख्दा रहेनछन्।
आफ्नो कर्ममा पियनहरू चोरी गर्छन्। बर्दी लगाएर कसैको घर, व्यक्ति लगायतका कार्य गर्ने निजी सुरक्षाकर्मीहरूसमेत कर्तव्यच्युत बन्दछन्। तर माथिल्लो दर्जाको शिक्षा लिएका वा ठूलो ओहदा सम्हालेका कुनै कर्मचारीबाट हुने भ्रष्टाचार र तल्लो दर्जाका कर्मचारीले गर्ने भ्रष्टाचारलाई तुलना गर्नुहुँदैन किनभने जब कुनै कार्यालयको माथिल्लो कर्मचारी स्वच्छ हुन्छ तब मातहतका कर्मचारी भ्रष्टाचार गर्न आफैं डराउँछन्। भ्रष्टाचारको जालो माथिबाट तलतिर बढ्दै–बाक्लिंदै गएको हुन्छ। अब प्रश्न यहीनेर उठ्छ कि शिक्षितहरू भ्रष्ट हुन्छन् ? शिक्षाले मानिसलाई भ्रष्ट बनाउँछ ? जो जति धेरै शिक्षित ऊ त्यत्ति नै बढी भ्रष्ट हुन्छ ? जो जति माथिल्लो दर्जामा छन् त्यो भ्रष्टाचारका निम्ति उत्तिकै जिम्मेवार हुन्छ।
गाउँघरमा बस्ने नपढेका, अक्षर नचिनेका, छलकपट नजानेका अत्यन्त सर्वसाधारण नागरिकहरूसित सहरका शिक्षित, धेरै प्रमाणपत्र बटुलेका, सधैं पत्रपत्रिका पढिरहने, उच्च पदमा विराजमान, सधैं पढेलेखेका मानिहरूसित बोलचाल गरिरहनेहरूको इमानदारिता वा भ्रष्टताको तुलना गर्न सकिन्छ र ? निस्सन्देह भ्रष्टाचारको संस्कार गाउँमा भन्दा सहरमा बढी छ, अशिक्षित–अपठितमा भन्दा शिक्षित–विद्वान्हरूमा बढी छ। शिक्षाले ल्याउनै नपर्ने, ल्याउनै नहुने, ल्याउनै नसक्ने यस्तो विकृति किन अनिवार्यरूपमा ल्याइरहेको छ ? यसप्रति शिक्षितहरूको ध्यान जान सकेको छैन तर अशिक्षितहरू यसप्रति संवेदनशील भएको पाइन्छ। कतिपय अवस्थामा सामान्य मजदुरहरूले प्रश्न उठाएको पनि पाइन्छ कि शिक्षित बनेपछि मानिस भ्रष्ट हुन्छ। अर्थात् शिक्षाले भ्रष्टाचार जन्माउँछ, भ्रष्ट बनाउँछ। वास्तवमा यो व्यङ्ग्य मात्र होइन, आरोप मात्र होइन भन्ने कुरा साबित गर्ने जिम्मेवारी पनि शिक्षितहरूकै हो। यस उत्तरदायित्व, जिम्मेवारी वा कर्तव्यलाई शिक्षितजनले संवेदनशील भएर लिनुपर्ने त हुँदै हो। शिक्षा क्षेत्रमा कार्यरत सम्पूर्ण शिक्षित समुदायले अझ गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ।