–विनोद गुप्ता नितान्त निजी कामले भारतको औद्योगिक नगरी बम्बई जानुपर्ने भएपछि मेरो कौतूहल एवं उत्साह बढ्न थाल्यो। यसभन्दा पूर्व सन् २००० मा गुजरातमा भुँइचालो गएको बेला म गुजरातको बिल्लीमोरा भन्ने ठाउँमा थिए। त्यहाँबाट बम्बई करिब ५ घण्टाको बाटो थियो, रेलमार्गबाट। भुँइचालोपश्चात् त्यहाँबाट फिर्ता हुन खोज्दा रेलमार्गबाट लामो समयसम्म बुकिङ उपलब्ध नभएकोले रात्रिकालीन हवाई सेवा प्रयोग गरेर बम्बईबाट दिल्ली पुगेको थिएँ। त्यस क्रममा दुईवटा घटनाहरू अझ स्मृतिमा शेष छन्। पहिलो, फ्लाइट ढिलो भएकोले इन्डियाटुडे पत्रिका खरिद गरी पढ्दा धिरुभाइ अम्बानी र अनिल अम्बानीको एउटा प्रसङग थियो। गुजरातको भुज भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो र त्यहाँ रिलायन्सको पेट्रोकेमिकल वा यार्न उद्योग पनि थियो। सम्पूर्ण भुज ध्वस्त भए पनि यो उद्योगलाई केही भएको थिएन। किनभने अनिल अम्बानीले त्यो उद्योग स्थापनाको फाइल धिरुभाइ अम्बानीको टेबुलमा लैजाँदा फाइल अध्ययन गरेर उनले सोधे हाम्रो डिजाइन कति रेक्टर स्केलको भूकम्पको जोखिम बेहोर्न सक्छ ? जवाफमा अनिलले भने ७.५। धिरुभाईले भुज ९ रेक्टर स्केलको भूकम्प जाने क्षेत्र भएकोले सबै डिजाइन ९ को हुनुपर्ने भनेपछि अनिल अम्बानीले त्यसो गर्दा प्रोजेक्ट लागत ९०० करोडबाट बढेर १५०० करोड पुग्ने बताए। तर पनि प्रोजेक्ट ९ रेक्टर स्केल प्रतिरोधक बनाउने निर्णय भयो। भुजमा भूकम्प गयो, सम्पूर्ण भुज ध्वस्त भयो तर रिलाइन्सको त्यो उद्योगमा क्षति पुगेन। यस प्रसङगले किन धिरुभाई एउटा सामान्य व्यक्तिबाट ‘लाखौंमा एक’ हुन पुगे भन्ने कुरा पुष्टि गर्दछ। दोस्रो हो, बम्बईबाट दिल्ली उडानको। बम्बईबाट दिल्लीको लागि बिहान २०–२५ र बेलुकी पनि २०–२५ फ्लाइट हुँदो रहेछ। बेलुकी दिल्लीबाट बम्बई आउने फ्लाइटलाई एक्जीक्यूटिभ फ्लाइट भनिंदो रहेछ। त्यसबेला यस्ता फ्लाइटहरूको भाडा भारु ५१०० मात्र थियो। ठूला–बडा कम्पनीका सिइओहरू बरोबर कामको लागि दिल्ली जानुपर्ने, त्यहाँ बस्दा घरबाट टाढा र तारे होटलहरूमा बस्दा खर्च पनि बढी हुने भएकोले टिकटको दर आकर्षक हुनेगरी राखिएको रहेछ। कस्तो ऋयmmभचअष्ब िक्भलकभ।
विगतको भ्रमणको १० वर्षपछि पुन: बम्बई हेर्ने, जान्ने कौतूलह बोकेर २६ नोभेम्बरका दिन काठमाडौं पुगें। २७ नोभेम्बर बिहान १२:२५ को जेट एयरवेजको फइटको लागि ३ घण्टा पूर्व नै सेक्युरिटी जाँचको लागि एयरपोर्ट पुगेपछि फ्लाइट १:२५ मा हुने थाहा पाएर दिक्दारी लाग्न थाल्यो। तर कुर्नुबाहेक विकल्प थिएन। हाम्रो अन्तर्राष्ट्रिय टर्मिनलको बनोट र सुरक्षाकर्मीको व्यवहार सहयोगी भए पनि शौचालय कहाँ छ भनेर टाढैबाट थाहा पाइने रहेछ। बोर्डिङगको लागि बोर्डिङग लाउन्जमा पस्दा अत्यन्त अव्यवस्थित, यात्रुहरू बस्ने ठाउँ नपाएर कोरिडोरमा उभिएको दृश्य कुनै बस टर्मिनलको जस्तै थियो। हेल्प डेस्क प्राय: खाली र बोर्डिङग एनाउन्समेन्ट वा डिस्प्ले अनुपयुक्त भएकोले पेसेन्जरहरू एकअर्कासँगै यहाँको बारेमा धेरै सोधपुछ गरिरहेका पाइन्थ्यो। अन्तत: बोर्डिङग भयो र जहाज १:२५ मा टेकअफ भयो। २ घण्टा २० मिनेटको उडान रमाइलो हुँदै बम्बई पुगेपछि जहाज छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल कन्जेस्टेड भएकोले ३० मिनेट होल्डमा बस्दा बम्बई विमानस्थल पनि हाम्रो विमानस्थलजस्तै साँघुरो लागेको थियो तर ओर्लेपछि ओर्लने–उड्ने बेग्लाबेग्लै रनवे भएर पनि व्यस्तताले गर्दा जहाज होल्ड हुने गरेको थाहा पाइयो। प्रत्येक १० मिनेटमा एउटा जहाज ओर्लने र उड्ने औसत रहेछ। ओर्लिसकेपछि शहरको व्यवस्था, ट्राफिक जाम, त्यसको निराकरणका लागि निर्माणाधीन मेट्रो हेर्दै होटल पुगियो। करिब १० दिनको बसाइमा अस्पताल एवं विभिन्न उद्योग र शहर घुम्ने मौका पाइयो। ट्राफिक जाम हटाउन निर्माण भएको सी लिङकको पनि अवलोकन गरियो। १० दिनको दौरान सबैभन्दा ठूलो अनुभव के भयो भने विद्युत् आपूर्ति एक मिनेटलाई पनि बन्द भएन। हामीले घुमेका सबै प्रतिष्ठानहरू प्राय: निजी थिए र पनि उत्पादकत्व कसरी बढाउने भन्ने सोच र केही नयाँ गर्ने विचारमा सबै मग्न देखिए। यस्तो देखेपछि एकाएक भारतको औद्योगिक नगरी बम्बई र नेपालको औद्योगिक नगरी वीरगंजको तुलना गर्न मन लाग्यो। कहीं केही मिल्दैन। कसरी भन्ने वीरगंजलाई औद्योगिक नगरी ? बैंकबाट रकमको कारोबार बढी भएर वा निकासी र पैठारी दूरीको हिसाबले कलकत्ताको सबैभन्दा नजिकको बिन्दु भएको आधारमा भन्न मिल्छ ?
१०–१४ घण्टाको लोडसेडिङ, औद्योगिक अशान्ति र अराजकताले व्याप्त क्षेत्र नेपालकै कुल गार्हस्थ्य उत्पादन ४–५ प्रतिशत रहेको छ। महाराष्ट्रको पत्रपत्रिकाको अध्ययन गर्दा त्यहाँको नागरिक र सरकारको सबैभन्दा ठूलो चिन्ता बिहारको कुल गार्हस्थ्य उत्पादन ११ प्रतिशत पुग्नु र महाराष्ट्रको ८–९ प्रतिशत रहनु थियो। यसको लागि कार्यदल गठन गर्ने तयारी चलिरहेको थियो। विद्युत्चालित रेल चौबीसै घण्टा चल्छ। सडकमा मोटर र टेम्पो पनि चौबीसै घण्टा चल्छन्। यहाँ बिहान १० बजे सुरु हुने कारोबार र चहलपहल बेलुकी ६–७ बज्दा नै बन्द हुन्छन् भने आर्थिक गति कसरी तीव्र हुन सक्छ ? नेपाल सरकारले २०१२ देखि रिजरभ्वायर टाइप दुईवटा विद्युत् आयोजना सुरु गर्नेछ र २०१४ सम्म लोडसेडिङ २० घण्टा पुग्नेछ। यसबाहेक सरकारले अनुमति दिएको आयोजनाहरू कहिले सुरु भएर कहिले सकिने मेसो नै छैन। त्यहाँ ग्रामीण क्षेत्रमा समेत क्रसिङहरूमा स्टप–सी–गो पहेंलो बत्ती सोलार पावरबाट बाल्ने गरिन्छ भने आदर्शनगर, घण्टाघर एवं भानुचोक गरी जम्मा तीन ठाउँमा जडान भएका ट्राफिक लाइट पोस्टहरू हामीले चलाउन सकेनौं। घण्टाघरले कहिले ठीक र कहिले बेठीक समय दिन्छ, थाहा पाउन रिलाइन्सको घडी चाहिन्छ। एउटै सुपर मार्केट त छाडौं व्यवस्थित तरकारी बजार र अस्पतालसमेत नभएको यो शहर यस्तो औद्योगिक नगरीको रूपमा देखा पर्दछ, जसको उपक्षेत्रीय (२५० शय्या) को अस्पतालमा बर्नवार्ड छैन। त्यहाँका निजी अस्पतालको त कुरा छाडौं नर्सिङग होमसमेतको एम्बुलेन्समा अक्सीजन सिलिन्डर, इसीजी रिकर्डर र प्राविधिक स्टाफको व्यवस्था हुन्छ। जसले रोगी अस्पताल पुग्नुअगावै जानकारी प्राप्त गरेर रोग अनुसार उपचारको व्यवस्था गर्न सकियोस्। यहाँ रोगीलाई भिटामिन नलेखी हुन्न। त्यहाँ जसलोकमा मेरो नजिकका नातेदारको द्यष्भि व्गष्अभ द्यथ उबकक शल्यक्रिया गर्दा कुनै औषधि नलेख्दा जिल्ल परेका थियौं। चिकित्सकलाई सोध्दा हाँस्दै भने– खानाभन्दा राम्रो औषधि हुँदैन।
पाठकवृन्द १ यस्ता थुप्रै घटनाहरू छन् जसले मलाई वीरगंजलाई औद्योगिक नगरी मान्न मन लागेन। तर के गर्नु ८–१० घण्टा बिजुली नभए पनि सिसिटीभी जडान त गरेकै छौं। व्यवस्थित तरकारी बजारसम्म नभएको शहर उपमहानगरपालिका भएकै छ। शिक्षाको कुरा गरौं हाम्रो चलन त थाहै छ सबलाई। त्यहाँ एमबीबीएस पढिरहेका एकजना विद्यार्थी परीक्षाभवन बाहिर खल्तीमा चिट राखेको आरोपमा समातिए छन्। मजिस्ट्ेरटले निष्कासित गरेछ। तर विद्यार्थीले हार मानेनन्। फास्ट ट्रयाक कोर्टमा मुद्दा हालेछन्। त्यहाँबाट न्यायाधिवक्ताको फैसला आयो– ‘ज्यान जोगाउने विद्या अध्ययनमा लागेकाहरूबाट यस्तो कार्यको कल्पना नै गर्न नसकिने भएकोले परीक्षाहल बाहिर चिट समातिएको भए पनि निष्कासन सदर’। अब वीरगंजलाई औद्योगिक नगरी भन्ने कि नभन्ने निर्णय विद्वान् पाठकहरूबाटै होस्।