रामशरण पुडासैनी/हेटौंडा
मकवानपुर जिल्लाको विकट डाँडाखर्क गाविसस्थित एक विद्यालयको विद्यार्थी प्राथमिक तह पार नगर्दै पढाइ छाड्ने गरेका छन्।
विद्यालयको भौतिक संरचना गतिलो नहुँदा विद्यार्थीले बीचमैं पढाइ छाड्ने गरेका हुन्। भौतिक अवस्था दयनीय भएकोले विद्यालयमा पठनपाठन गराउन समेत समस्या हुने गरेको शिक्षकले बताएका छन्। डाँडाखर्कको भूमेश्वरी प्रावि भौतिक संरचना दयनीय भएकाले समस्याग्रस्त भएको बताइएको छ। जुन विद्यालय मकवानपुर जिल्लाको विकट डाँडाखर्क गाविस–७ सानो डाँडाखर्कमा रहेको छ। २०५९ सालमा स्थापना भएरपनि विद्यालयमा हालसम्म तीन कक्षाभन्दा माथिको पढाइ सुरु हुन सकेको छैन।
कक्षा १ मा ३१ जना, कक्षा २ मा २४ जना र कक्षा ३ मा २५ जना विद्यार्थी अध्ययनरत छन्। धोबीखोला, पाँचपोखरी र सानु डाँडाखर्क क्षेत्रका बालबालिका यस विद्यालयमा अध्ययनका लागि आउने गरेको शिक्षक बाबुराम घलानले बताए। शिक्षक दुईजना छन्, उनीहरू गाविस र विद्यार्थी सङ्ख्याका आधारमा जिल्ला शिक्षा कार्यालयमार्फत् आउने रकमबाट न्यूनतम पारिश्रमिकमा अध्यापन गराइरहेका छन्।
विद्यालयको भौतिक संरचना अपुग छ। जम्मा दुई कोठा भएको विद्यालय भवन छ, त्यो पनि जीर्ण अवस्थामा छ। त्यसैले कक्षा १ र २ का विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर पढाउने गरेको शिक्षक घलान बताउँछन्। ट्वाइलेटको व्यवस्था छैन, विद्यालय नजिकै खानेपानीको व्यवस्था पनि छैन, र कार्यालय कोटा पनि नभएको अर्की शिक्षक सविना कार्कीले बताइन्।
कक्षा तीनसम्मको पढाइ पूरा गरेपछि माथिल्लो तहको शिक्षाका लागि १ घण्टाको उकालोओरालो पार गर्दै वडा नम्बर ९ मा रहेको श्री कमलदेवी माध्यमिक विद्यालय छ्याङ्दुङ पुग्नुपर्छ– यस कारण यहाँका धेरै विद्यार्थीहरूले ३ कक्षापछि पढाइ छाड्ने गरेका छन्, शिक्षक घलानले बताए।