$type=ticker$count=12$cols=4$cate=0

लोकतन्त्र, काङ्ग्रेस र रुबेल–पारस प्रकरण

SHARE:

–दामोदर पौडेल
    आदरणीय दाज्यू प्राध्यापक एवं वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले एउटा प्रसङगमा भन्नुभयो कि अमेरिकामा प्रेमराजा महत काम गर्नुहुँदो रहेछ। उहाँको अहिले आफ्नै व्यवसाय छ। उहाँ काम गर्ने ठाउँमा आएर एकजना भारतीय र अमेरिकी मित्रहरू बसेछन्। उनीहरूले प्रेमराजाजीको परिचय मागेछन्। उहाँले आफू नेपाली भएको परिचय दिनुभएछ। भारतीयले उहाँकै अगाडि नेपाल भनेको भारत अधीनस्थजस्तै राज्य हो। यसको सबै रेखदेख भारतले गर्दछ र नेपालीहरू भारतमा नै आश्रित हुन्छन् भनेछन्। यस्तै कुरा सुनेर प्रेमराजाको रिस बसभन्दा बाहिर पुगेछ। उनले त्यस भारतीयलाई बेस्सरी कुटेछन्। भारतीयले उनीमाथि मुद्दा दिएछ। उनले नेपाल र नेपालीको अपमान गरेकोले सहन नसकेर कुटेको जवाफ दिएछन्। त्यो त जडित क्यामराले पनि बतायो र अमेरिकी साथी एवं साक्षीले पनि सत्य भन्यो नै। कुटपिट गरेकोमा प्रेमराजा महतलाई सजाय गर्न र क्षतिपूर्ति लिन मुद्दा दिएको भारतीयलाई नै भनिएछ कि कसैलाई पनि अरूको राष्ट्रियता होच्याउने अधिकार छैन। प्रेमराजा महतले राष्ट्रियताको विरोध गरेको सहन नसकेकोलाई अदालतले स्वाभाविक ठहर्‍याएछ र सफाइ दिएछ।
    अहिले सौराहाको पारस–रुबेल झगडाले राम्रै प्रचार पाएको छ। पारस पूर्व युवराज र विभिन्न हत्यामा लागेका उद्दण्ड मानिस थिए। रुबेल गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाका छोरी–ज्वाईं हुन्। उनको इतिहासबारे त्यति थाहा छैन। केही बाहिर आएका तथ्यहरूका अनुसार सुजाताको कारण समेतले नेपाल वायुसेवा निगम धराशायी भएको हो। धमिजा काण्ड यसको लागि प्रख्यात नै छ। सुजाता रुबेलले शान्ति सेनामा बन्दोबस्ती सामान किन्दा पचास करोडको कारोबारमा ठूलो रकम खाएर देशकै बदनाम गरेको सुनिएको छ। रुबेलले उपप्रधानमन्त्री सुजाताको मण्डिखाटार भवनबाट टेलिफोनको कल डाइभर्ट गरेर करोडौं रुपियाँ भ्रष्टाचार गरेको र देशलाई घाटा लगाएको जानकारी आइरहेको छ। त्यस्तै मेसिन रिडेबल पासपोर्ट बनाउने कार्यमा पनि रुबेलको चलखेल रहेको सञ्चारमा आइरहेको छ। रुबेल सुजाताका ज्वाईं हुन् वा होलान् तर देशका ज्वाईं होइनन् र भए पनि गैरकानुनी कार्य गर्ने छुट कसैलाई हुँदैन।
    रुबेलको सम्बन्धमा सौराहामा घटेको घटना सम्बन्धमा सञ्चारमा आएका कुरा यस्ता छन् कि रुबेलको टेबल र पारसको टेबल एउटै थिएन। रुबेल पारसको टेबलमा आए र उनीहरू बीच कुरा हुँदाहुँदै झगडा भयो। पारसले हवाई फायर गरे। पारसले यसो गर्नुको कारण नेपाल र नेपाली तथा उनलाई रुबेलले होच्याएकोले हो भन्ने आएको छ। चितवन जिल्लामा पारसमाथि मुद्दा चलाइँदा बन्दुक चलाएको कुरा उठाइएको छैन। उनले सार्वजनिक अपराध गरेको भनिएको छ। यहाँ नमिल्ने विषय के देखिएको छ भने पारसको टेबलमा खाना खाइरहेको समयमा आउने र निहु खोज्ने अधिकार रुबेललाई छ कि छैन ? अरूको टेबलमा आएर डिस्टर्ब गर्ने अधिकार रुबेललाई छ कि छैन ? जाली किसिमले सुजाता मेडम र रुबेल दुवैले आफूहरूलाई डाक्टर भएको देखाएर एनजिओ चलाएको पनि जानकारी आएको छ। नेपाली नागरिक पारसलाई अरूले आफ्नो टेबलमा आएर गरेको व्यवहारको प्रतिकार गर्दा प्रहरीले पोखराबाट चितवन लगेर मुद्दा चलाउने र बयान लिने कार्य गरेको छ। रुबेल सरकारी ज्वाईं भएको जस्तो गरेर मण्डिखाटार आएर प्रहरीले बयान लियो। उनलाई चितवन अदालतमा जान परेन। रुबेल मुद्दा चलेको ठाउँमा जान नपर्ने र पारसलाई भने मुद्दा चलाउने र जिल्ला प्रशासन कार्यालय नै जान पर्ने यो समानतामा आधारित लोकतान्त्रिक मान्यता होइन।
    सुजाताले रुबेल आफ्नो ज्वाईं भए पनि छोराजस्तै भएको बताएकी छन्। उनको ज्वाईं छोरा जस्तै भएकोमा विवाद होइन। विवाद भनेको रुबेलले गल्ती गर्न हुने कि नहुने ? रुबेलको कारण भएको झगडाको दोषी पारस हुने, यो न्यायसङगत हुन्छ ? देशमा ठूलो क्रान्ति गरेका गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम घडीमा पुत्रीमोहमा फसेकोमा धेरैलाई चित्त दुखाए। इमान्दारीका प्रतीक काङ्ग्रेस सभापति सुशील कोइरालाले समेत नचाहँदा नचाहँदै सुजातालाई जबर्जस्ती उपप्रधानमन्त्री बनाए भन्ने सुनिएकै हो। तर काङ्ग्रेसहरूले गिरिजापुत्री भएकोले उनको इतिहास र योगदान केही नभएको मतलब नै नराखेर काङ्ग्रेसको केन्द्रीय कार्यसमितिमा चुनावमा जिताए।
    त्यो विषय आफ्नो ठाउँमा छ। सुजाता मेडमले पारस र रुबेलको झगडा भएको सुन्नासाथ पारसलाई कडा कार्यवाही गर्ने जिकिर लिइन्। अहिले रुबेलविरुद्ध पनि मुद्दा चलेको सुनिए पछि बिनाप्रमाण आफ्नो ज्वाईंलाई आरोप लगाउन नपाइने बताएकी छन्। उनले पारसलाई कार्यवाही हुनुपर्दछ भन्दा प्रमाण नचाहिने हो ? सुजाता २०४७ सालपछिको नयाँ राजसंस्थाकी प्रतिनिधि हुन् ?
    काङ्ग्रेसीहरूले गल्ती गरेका छन्। विवादित मानिसलाई चुनावमा विजयी गराएर काङ्ग्रेस र लोकतन्त्रको साख गिराउने कार्य गरेका छन्। २०४६ सालको आन्दोलनमा सुजाताको के भूमिका थियो ? कसैले भन्न सक्दछ ? के गिरिजाकी छोरी हुनु नै योग्यता हो ? काङ्ग्रेसमा त्यागी र क्षमतावान मानिसहरू प्रशस्त छन्। उनीहरूलाई पछि पारेर विवादित व्यक्तिलाई चुनाव जिताउनुले काङ्ग्रेसको अवस्था फितलो बन्नु स्वाभाविक हो।
    तर पनि काङ्ग्रेसको लोकतन्त्रप्रति अविचलित आस्था जनताको सबैभन्दा ठूलो सम्पत्ति हो। काङ्ग्रेसले लिएको सिद्धान्त विश्वको नमुना सिद्धान्त हो। यसबाट जनताले विकास, समानता, शान्ति पाउनुपर्दछ। दलले यो कार्य गर्न सक्नुपर्दछ भन्ने मान्यता राख्दछ। यदि दलले त्यसो गर्न नसकेमा बराबरी हैसियतका अरू दलहरूलाई जनताले मत दिएर त्यो दललाई हराउन र सजाय गर्न सक्दछ भन्ने कुरा काङ्ग्रेसीहरूले बुझ्नुपर्दछ। यो लोकतान्त्रिक समाजवादी सिद्धान्त पनि हो। हुन त मानिसहरू काङ्ग्रेसले त्यो पूरा गरेको छ सोध्ने गर्दछन्। वास्तवमा काङ्ग्रेसले सकेको छैन। हुन त नेपालमा लक्ष्यअनुसार कार्य गर्न कसले सक्यो ? कम्युनिस्ट, पञ्च वा राजा कसले ? कसैले पनि सकेन। काङ्ग्रेस र उनीहरूमा एउटा भिन्नता छ। त्यो हो काङ्ग्रेस नसके सरकार छोड्न तयार रहन्छ र जनतालाई सरकारबाट हटाउने अधिकार सुरक्षित राखिदिन्छ। पञ्च, राजा, कम्युनिस्टहरू राम्रो गर्दछौं भन्दछन् वा भन्दथे तर नराम्रो गर्दथे र त्यसो गरे पनि मतको माध्यमबाट उनीहरूलाई हटाउन सकिंदैनथ्यो वा गार्‍हो हुन्थ्यो। त्यसैले काङ्ग्रेसको सिद्धान्त भनेको सफा पानी ट्यांकी हो र धारा अर्थात् नेताहरू खराब भएकोले समस्या आएको हो। कम्युनिस्ट समेतको एकदलीय विचार भनेको फोहोर पानीको ट्यांकी हो ( किनभने गल्ती गरे पनि उनीहरूको सत्ता आएपछि हटाउन सकिंदैन) कम्युनिस्ट नेताहरू धारा भएर वा फिल्टर भएर पनि राम्रो पानी दिन गार्‍हो हुन्छ।
    काङ्ग्रेसको ठूलो विशेषता भनेको यसले विरोध खप्दछ। विरोधलाई आत्मसात गर्दछ। गल्ती भएमा सजाय पाउन तयार हुन्छ।
    कम्युनिस्ट व्यवस्थामा त्यस्तो हुँदैन। नेताहरू भगवान हुन्छन्। कम्युनिस्ट उत्तर कोरियामा कम्युनिस्ट प्रमुख किमहरूको विरोध गरेमा मृत्युदण्ड हुन सक्दछ। चीनमा पनि कम्युनिस्ट पार्टीको विरोध गर्दा मारिनुपर्न सक्दछ। जेल हुन्छ। त्यसैले कम्युनिस्ट व्यवस्था जनताको व्यवस्था होइन, नेताहरूको हो र लोकतान्त्रिक व्यवस्था भनेको जनताको व्यवस्था हो। यो पक्षलाई काङ्ग्रेसले आत्मसात गरेको छ। तर सिद्धान्तमात्र राम्रो भएर हुँदैन। जनताले व्यवहारमा राहत र सुख सुविधा पाउनुपर्दछ। कम्युनिस्ट व्यवस्थामा जस्तो जनता लोकतन्त्रमा नेतासँग डराएर बस्दैन, गल्तीको विरोध गर्दछ र त्यसको फाइदा कहिलेकाहीं जनविरोधीले पनि लिन्छ।
    लोकतन्त्रको आधारमा काम गर्नेले लोकतन्त्रवादी चरित्र लिन नसकेमा घाटा जनता र कार्यकर्ताहरूलाई हुन्छ। काङ्ग्रेसजनले आफ्ना नेतालाई, उनका छोरा तथा ज्वाईंलाई समेत राजा मान्नुपर्ने र उनीहरूको विरोध गर्न नहुने हो भने लोकतन्त्रको बदनामी हुन्छ। भएको पनि छ। यसबाट दल र जनतालाई बचाउन सचेत भएर काम गर्न आवश्यक छ। लोकतन्त्रमा कानुनको आँखामा पारस र रुबेलको हैसियत एउटै हुन्छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लोकतन्त्र, काङ्ग्रेस र रुबेल–पारस प्रकरण
लोकतन्त्र, काङ्ग्रेस र रुबेल–पारस प्रकरण
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/12/blog-post_8327.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/12/blog-post_8327.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy